इन्डोनेसियामा भुकम्पपछि आएको सुनामीमा मर्नेको संख्या ८३२ नाघ्यो

आइतवार, अशोज १४, २०७५



जकार्ता । इण्डोनेसियाको सुलावेसी दिपमा शुक्रबार गएको विनाशकारी भुकम्प पछि आएको सुनामीले ताण्डब मञ्चाउँदा जीवन गुमाउनेको संख्या ८३२ नाघेको छ ।
राष्ट्रिय आपत एजेन्सीले बताए अनुसार पालु नामको शहरमा भएको मानविय क्षती अत्यन्त ठुलो रहेको छ । करिव साढे ३ लाख वासिन्दा भएको पालु शहरमा गएको करिव ५ फुट अग्लो लहरले मानव वस्ती तहसनहस पारेको छ ।

nesesa

कयौं मानिसको मृत शरिर समुन्द्री तटमा पाइएका छन् । भुकम्पपछि उठेको सामुन्द्रीक लहरको कारण उद्दार कार्य अत्यन्त कठिन भएको उद्दारमा संग्लग्न अधिकारीले जनाएका छन् । साना नानीहरु बालुवामा पुरिएका भेटीएका छन् । सुनामीका कारण त्यस क्षेत्रमा खाना र पानीकाे हाहाकार भएकाे बताइएकाे छ ।

७.५ रेक्टर स्केल मापन गरिएको उक्त भुकम्प पछि आएको सुनामीमा पालु शहरमा रहेका ६१ विदेशीहरु सकुशल रहेको जनाइएको छ । यस अघि शुक्रबार नै डोग्गालामा ६.१ रेक्टर स्केलको भुकम्प गएको थियो । प्राथमिक सुचना अनुसार एक व्यक्ति मृत्यु र १० घाइते भएको जनाएको थियो ।   इण्डोनेसियाको भौगोलिक स्थिती अनुसार भुकम्पको खतरा सधै रहिरहन्छ । डिसेम्बर २००४ मा पश्चिमी इण्डोनेसियाको सुमात्रामा ९.३ म्याग्नेच्युटको भुकम्प गएको थियो ।

e

जसको कारण हिन्द महासागर क्षेत्रमा २ लाख २० हजार मानिस मरेका थिए । जसमा १ लाख ६८ हजार इण्डोनेसियन थिए ।
स्रोत अलजजीरा

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata