सुनको खोजीमा

बुधबार, साउन २२, २०७६



सुनको खोजीमा

बालककाल बित्यो हजुर लुकामारी खेल्दै
गोठालोमा डण्डिबियो हुच्चिलौरी खेल्दै
उमेर छदै कमाइ मैले गर्नु पर्छ भन्दै
लागे म त भोट तिर सुन पाइन्छ भन्दै ।

हिम नदीका चिप्ला ढुङ्गा होस राखी तर्दै
भीरपाखा उकालीमा लामा  श्वास फेर्दै
देउरालीमा चोखो चोखो पाती चढाउदै
लागे म त भोट तिर सुन पाइन्छ भन्दै ।

चौरी गाइको दही मोही छुर्पि पनि टोक्दै
मन छुने तामाङ्गनीको गीत पनि सुन्दै
डाँडाकाँडा लालीगुराँस डाँफे नाचेको हेर्दै
लागे म त भोट तिर सुन पाइन्छ भन्दै ।

कहिले बास ओडारमा भरियाका साथै
कहिले बास भोटिनीका सुर्कु थाम्दै
कहिले बास चौतारीमा तारा गन्दै
लागे म त भोट तिर सुन पाइन्छ भन्दै ।

सिमा पारी खंवाटार प्याङ्ग फेदी हुदै
मांसहारी भालु, बदेल तिनका आँखा छल्दै
ढुन्शा काटी मूल ढोका साँझ नपर्दै
लागे म त भोट तिर सुन पाइन्छ भन्दै ।

गणेश हिमाल दर्शन पाए, तातो पानी नुहाए
च्याङ्गा राशीमा दीप जगाइ बिन्ती बिसाउने
जागिर पाए, सातु खाए थुक्पा खाइन
मरिमेटी हलो सुन खोजे सुन पाइन ।

न्याउर खाए वदेल खाए बोसो बढाए
च्याङ्गा भेडा मासु खाए दाँत  झराए
कस्तुरी नी खाए मैले याक खाइन
मरिमेटीे सुन खोजे सुन पाइन ।

लामा बोलाइ मन्त्र जपाइ सुन त पाइन
पाएको थिए हिम परी मैले ल्याइन
कपाल फुल्यो दाह्री फुल्यो लट्टा पर्यो केशमा
वर्ष सात बित्यो हजुर जोगीको नै भेषमा ।
वर्ष सात बित्यो हजुर जोगीको नै भेषमा ।।

राम प्रसाद ढकाल
चांगु नारायण न.पा. वडा नं. १
दुबाकोट, भक्तपुर ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata