थर्मल गनसहित पक्राउ परेका अग्रवाल विरुद्ध चारवटा मुद्धा चलाउन प्रहरीको सिफारीस

आइतवार, बैशाख १४, २०७७



काठमाडौं । कोरोना महामारी संकटका बेला थर्मल गनको कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवाल विरुद्ध चारवटा केशमा मुद्धा चलाउन प्रहरीले सिफारीस गरेको छ ।

गत चैत २५ गते ६७ थान थर्मल गनसहित नक्सालबाट पक्राउ परेका अग्रवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले कालोबजारी, अवैध भण्डारण तथा नाफाखोरी र कृत्रिम अभाव सिर्जना र सार्वजनिक पदको दुरुपयोग गरेका ४ वटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको हो ।

अग्रवाल विरुद्ध १५ लाख ७८ रुपैयाँ बिगो र ३ वर्ष कैद तथा सार्वजनिक पद धारण गरेको अवस्थामा अपराध भएकोमा थप डेढी सजाय मागदाबी समेत गरिएको छ ।

अग्रवाल शंकर ग्रुप, जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत हुन ।  अग्रवाल किर्गीस्थानका अवैतनिक महावाणिज्यदूत समेत हुन्। प्रहरीले उनलाई कूटनीतिक नियोगको २०९ सी सी १ नम्बरको गाडीसहित नियन्त्रणमा लिएको थियो । साथै उनी कालोबजारीमा संग्लग्न भएको पाइएपछि अवैतनिक महावाणिज्यदुत खोजिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments