सुकुटे दुर्घटना: मृत्यु हुनेको संख्या १७ पुग्यो

सोमवार, कार्तिक १८, २०७६



सिन्धुपाल्चोक  । सिन्धुपाल्चोकको सुकुटेमा हिजो(आइतबार) दिउँसो भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । चौतारा साँगाचोगढी नगरपालिका–९ सुकुटेमा शैलुङ्गेश्वर यातायात बा२ख ७२४५ नम्बरको बस सुनकोसी नदीमा खस्दा १५ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

गम्भीर घाइते भइ उपचार गराइरहेका थप दुईजनाको पनि केही बेरअघि मृत्यु भएको सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन् । धुलिखेल अस्पताल र शीर मेमोरियल अस्पताल बनेपामा तेजकुमारी बस्नेत र सलिना तामाङको उपचारका क्रममा मृत्यु भइरहेको छ । योसँगै उक्त दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १७ पुगेको हो ।

मृतकमध्ये १२ जनाको सनाखत भएको छ । अहिलेसम्म पहिचान खुल्नेमा दोलखाकी २४ वर्षीया रञ्जिता केसी, दोलखाकै २७ वर्षीया किरण राउत, २० वर्षीया कविता राउत, १४ वर्षीया पिउन लामा, १३ वर्षीय निरीबल खड्का, ३३ वर्षीया निर्मला खड्का, ५१ वर्षीया रक्तकुमारी राउत, काभ्रेकी ५ वर्षीया सलिना तामाङ, सिन्धुपाल्चोककी २७ वर्षीया चमेली श्रेष्ठ, उनकी ६ वर्षीया छोरी शाहीरामी श्रेष्ठ, ३ महिने शिशु शिशन तामाङ र तेजकुमारी बस्नेत रहेका छन् ।

अन्य ५ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा ४६ जनाको उद्धार गरिएको थियो । तीमध्ये २० जना घाइते छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata