सुकुमबासी बस्तीमा ‘गुन्डाराज’ कायमै

बुधबार, साउन १, २०७६



भाडाका ‘बाउन्सर’ लगाएर हरैयास्थित सुकुमबासी बस्तीमा घर भत्काउने, कुटपिट गर्ने र आगजनी गर्ने कार्य ६ दिनसम्म जारी रहेको छ।

अविरल झरीमा सुकुमबासीको बिचल्ली बनाउने गरी गुन्डागर्दी शैलीमा हरैयाका झुप्रा भत्काउने कार्यको चौतर्फी आलोचना हुँदा पनि प्रहरी–प्रशासन र सरकार मौन बसेको छ।

२०/२५ जना ‘बाउन्सर’हरू भाडामा प्रयोग गरेर बिहीबारदेखि सुकुमबासी बस्ती भत्काउन शुरु भएको स्थानीय बताउँछन्। मंगलबारसम्म एक सय झुप्रा भत्काइएका छन्। अझै ३० घर बाँकी छन्। उनीहरूले चक्कु, गैंची, हथौडा, करैंती बोकेर घर भत्काउने र कुटपिट गर्ने गरेका छन्।

मंगलबारमात्र नौ महिलालाई ‘बाउन्सर’हरूले कुटपिट गरेका छन् भने १५ झुप्रा भत्काएका छन्। आफूहरूको घर नभत्काउन भन्दै आग्रह गर्दा उल्टै घाँटी च्यापेटर कुटपिट गरेको सुनिता चौधरीले बताइन्।

उनले भनिन्, ‘हामी सुकुमबासीको घर किन भत्काउन थालेको भन्दा उल्टै चक्कु देखाउँदै कुटपिट गरे।’ बाउन्सरहरूले सुनिता र कोमल चौधरीलाई कुटपिट गरेका हुन्। ‘भाडाका बाउन्सरहरूले हामीमाथि हात हालेरै कुटपिट गरे,’ कोमलले भनिन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata