प्रेममा धोका पाएपछि युवतीले गरिन आत्महत्या

शुक्रबार, कार्तिक ३०, २०७५

- पिपला खड्का ।



काठमाडौं। प्रेममा धोका दिएको भन्दै एक युवतीले आत्म हत्या गरेकी छिन् । अछाम स्थायी घर भई कैलालीको धनगढीमा अध्यनरत पूजा खड्काले आत्म हत्या गरेकी हुन् । विएड तेस्रो बर्षमा अध्यनरत खड्काले प्रेमीको  ट्याटु  आफ्नो हातमा बनाएकी थिइन् ।

धनगढी स्थित आफ्नै घरको कोठामा उनी डोरीले झुण्डिएको अबस्थामा  फेला परेको जनाइएको छ । उनले अात्महत्या गर्नुकाे कारण प्रेममा धाेका पाएकाे हुन सक्ने आशंका गरिएकाे छ ।  शव पोष्टमार्टमका लागि सेति अञ्चल अस्पतालमा लगिएको आफन्तले जनाएका छन् ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

538 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank