पक्राउ गर्न गृहमन्त्रालयको निर्देशनपछि चिनी उधोगी सम्पर्कमा,कृषकको पैसा दिने प्रतिबद्धता

बुधबार, पुस १६, २०७६



काठमाडौं । उखु किसानहरूले चिनी उद्योगीहरूले उखुको मूल्य नतिरेको भन्दै काठमाडौँ आएर सडक आन्दोलन गरिरहेका छन् । उनीहरूले उखुको मूल्य नपाएसम्म आन्दोलन नछोड्ने चेतावनी दिँदै सडक प्रदर्शन गरेका छन् ।

गृह मन्त्रालयले उखु किसानको मूल्य नतिर्ने उद्योगी व्यवसायीलाई पक्राउ गरी मूल्य असुल गर्न निर्देशन दिएसँगै उद्योगीहरू सम्पर्कमा आएका छन् ।उनीहरूले तत्काल रकम भुक्तानी गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । रिलायन्स, बाग्मती, महालक्ष्मी र श्रीराम सुगर मिलका मालिकले मङ्गलवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई भेटेर प्रतिबद्धता जनाएका हुन् ।

उखु मिलबाट भुक्तानी नपाएपछि पीडित किसान ११ दिनदेखि राजधानीमा आन्दोलनरत छन् । गृहले प्रहरी मुख्यालयलाई ‘अत्यन्त गोप्य’ पत्र पठाउँदै चिनी उद्योग सञ्चालक राकेशकुमार अग्रवालसहित आधा दर्जन उद्योगीलाई पक्राउ गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखालाई बुझाउन निर्देशन दिएको थियो । ‘प्रतिबद्धता अनुसार उद्योगीहरूलाई १० दिनको समय दिइएको उधोगमन्त्री लेखराज भट्टले जनाएका छन् । उध्m समयमा रकम नतिरे व्यापारी विरुद्ध कानुनी रूपमा अघि बढ्ने जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments