किर्ते मुद्धामा फरार सुदूरपश्चिम प्रदेशका पर्यटनमन्त्रीले दिए राजीनामा

आइतवार, कार्तिक २४, २०७६



कैलाली । पौने १६ करोड हिनामिना  अभियोग लागेका सुदूरपश्चिम प्रदेशका पर्यटन , बन तथा वातावरण राज्यमंत्री प्रकाश रावलद्वारा पदबाट राजीनमा दिएका छन ।

विद्यालयको जग्गा किर्तेमा कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर भएपछि फरार रहदै आएका आइतबार मन्त्री रावलले पदबाट राजीनामा दिएका हुन । कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याम्पसको १५ करोड ६७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर किनबेचमा ठगी मुद्धा दर्ता भएको भएकाे थियाे । मुद्धा दर्ता भएसँगै उनी फरार रहेका थिए ।  पार्टी र प्रदेश सभामा किर्ते मुद्दा दायर भएपछि पक्राउ गर्ने दवाव सिर्जना भएपछि उनले राजिनामा दिएका हुन् ।

रावलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन । रावलसहित ३६ जनाविरुद्ध झन्डै पौने १६ करोड रुपैयाँ ठगी तथा कागज कीर्ते गरेको भन्दै मुद्दा दायर भएको थियो ।

rajina

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata