सुदूर साहित्य प्रतिष्ठान गठन

बिहिबार, माघ २५, २०७४

बाजुरा । जिल्लामा पहिलो पटक सुदूर साहित्य प्रतिष्ठान गठन गरिएको छ । संस्कृतिको जगेर्ना र लोप हुँदै गएका देउडा, चैतलोलगायतका संस्कृतिको जगेर्ना गर्न उक्त प्रतिष्ठान गठन गरिएको यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रतिष्ठानको अध्यक्षमा हर्क खडायत उपाध्यक्षमा प्रतिमा थापा, सचिवमा कृष्ण ओली, कोषाध्यक्षमा रमित विक, सहसचिवमा पदम कठायत तथा सदस्यहरूमा अशोक जोशी, बन्धना रोकायालगायत सर्वसम्मतिले चयत गरिएको अध्यक्ष खडायतले बताए ।

साहित्यिक गतिविधि जिल्लामा भएपनि त्यसले संस्थागतरुप नलिएकाले सो संस्था स्थापना गरिएको र यसबाट साहित्यिक गतिविधिसँगै कला र संस्कृतिलाई पनि सँगै लैजाने उनले जानकारी दिए ।

सुदूर तथा मध्यपश्चिम क्षेत्रको लोक, परम्परा, लोक, गाथा, लोकभाका, पूर्वीय परम्परा, रहनसहन, बोलीचालीले समग्र देशको लोक साहित्य र संस्कृतिमाथि सुगन्ध थप्ने सचिव कृष्ण ओलीले बताए ।

304 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank