सुदुरपश्चिम कानुन विद्यार्थी समाजद्वारा प्रभातफेरी कार्यक्रम

स्वास्थ्य र वातावरण सम्बन्धि मौलिक हक कार्यान्वयनका लागि दवाव

शनिबार, मंसिर १४, २०७६



सुदुरपश्चिम कानुन विद्यार्थी समाजले  स्वास्थ्य र वातावरण सम्बन्धि मौलिक हक कार्यान्वयनका लागि दवाव स्वरुप प्रभातफेरी कार्यक्रम गरेको छ  ।  ‘यो हो राजधानी धुँवाधुलोको खानी ,खै त स्वस्थ हावापानी?’ जस्ता नारा लेखिएको पम्प्लेट र पर्चा सहित शुरु भएको कार्यक्रम भृकुटीमण्डपबाट शुरु भएर टुडिखेल/रत्नपार्क परिक्रमा गरेर नेपाल ल क्याम्पस अगाडी कोण सभा गरेर सम्पन्न भएको हो ।

प्रभात फेरी कार्यक्रममा सहभागीहरूले नेपाल ल क्याम्पस परिसर र क्याम्पस प्राङ्गण /क्याम्पस बगैंचा सरसफाई समेत गरेको सामाजिक अभियन्ता के पि खनालले बताए । अधिवक्ता राजकुमार उप्रेती, संस्थाका उपाध्यक्ष साधना देउवा लगायतको उपस्थती रहेको उक्त कार्यक्रमको संचालन संस्थाका महासचिव जीवन साउदले गरेका थिए भने कार्यक्रम समापन अध्यक्ष गंगादत्त जोशीले गरेका थिए  ।

78828938_490532764917914_4859822161906368512_n

‘कानून पढ्ने विद्यार्थीलाई  सामाजिक इन्जिनियर भनिन्छ । चेतनसिल र सभ्य समाजको नक्सा कोर्नका लागि सकारात्मक चिन्तनको आवश्यकता पर्छ। सकारात्मक चिन्तनका लागि स्वस्थ मस्तिष्क चाहिन्छ जुन स्वच्छ वातावरण बाट मात्रै सम्भव छ । समाज सफाई गर्न आम नागरिकको सोच सफाई गर्न जरुरी छ । हाम्रो अभियान सभ्य र सुसंकृत सोच निर्माणका लागि हो ‘,  महासचिव जीवन साउदले बताए ।

78477864_2415770505345289_3040272572764651520_n

“राइट टु इन्भाईरोमेन्ट र हेल्थ हाम्रो कलेक्टिभ राइट  हुन् । एक जनाको लापरबाहीले गर्दा अर्काको अधिकार हनन हुनु हुदैन । सफा पर्यावरणको हाम्रो अधिकार कसैले हनन गर्छ भने शिक्षित नागरिकका हैसियतले आफ्नो अधिकार प्राप्तिका लागि हामीले आवाज उठाउन सक्नुपर्छ। स्वास्थ र वातावरण सम्बन्धि अधिकारका कानूनहरु प्रभावकरी तवरबाट कडाईका साथ लागू गरिनुपर्छ”, उपाध्यक्ष साधना देउवाले बताइन ।

“धेरैलाई स्वास्थ र वातावरण हाम्रा मौलिक हक हुन भन्ने जानकारी सम्म छैन । राज्यले सबैभन्दा पहिले जनताहरुलाई कानून सिकाउन सक्नुपर्छ । मौलिक हकको हनन गर्नु सामाजिक अपराध हो अनि कार्यान्वयन गर्नु राज्यको दायित्व पनि हो । हेर्दा समान्य लाग्नसक्छ तर प्रदुषण गरेर मौलिक हकको खुलेआम धज्जी उडाउनु राज्यको कमजोर सम्यन्त्रको उपज हो । कार्यान्वयन भएन भने कानूनको कुनै औचित्य रहदैन । राज्यले नजर अन्दाज गरे सुदुरपश्चिम कानून विद्यार्थी समाज रिट मार्फत अदालत सम्म पनि पुग्नेछ ।” अध्यक्ष गंगादत्त जोशीले बताए ।  उनले  सांकेतिक रुपमा गरिएको आजको दवावमुलक कार्यक्रमलाई थप रचनात्मक ढङ्गले नितिगत तहसम्म पुर्याउने प्रतिबद्धता समेत जनाए ।

78374058_778987409247368_5472458362887077888_n

कार्यक्रममा नेपाल ल क्याम्पस, नेसनल ल कलेज र चक्रवर्ती ल कलेज लगायत विभिन्न क्याम्पसका कानून अध्ययनरत विद्यार्थी र आम नागरिक सहित करिब ७०  जनाको उपस्थति रेहको थियो  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata