सुदूर साहित्य प्रतिष्ठानकाे नयाँ नेतृत्व चयन

गजल संग्रह तितामिठा पलहरुको समीक्षा

आइतवार, चैत्र १०, २०७५



बाजुरा ।  सुदूर साहित्य प्रतिष्ठानले नयाँ नेतृत्व चयन गरेको छ । प्रतिष्ठानको मार्तडीमा आयोजिक प्रथम साधारण सभाबाट  अधिबक्ता तथा युवा लेखक हर्क खडायत अध्यक्ष रहने गरी ९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । तदर्थ समितिमा २ जना सदस्य थप गरेर समिति गठन गरेको निर्वाचन समिति संयोजक पुरबहादुर रावतले बताएका छन् ।

समितिमा उपाध्यक्ष बन्दना रोकाया, सचिव कृष्ण ओली, कोषाध्यक्ष सुनिता बाजुरेली, सहसचिव पदम कठायत छन् भने सदस्य रमित विक, वीरबहादुर विष्ट, रोशनी रोकाया र रिता शाही छन् । तदर्थ समितिमा रहेका मध्ये सुनिता बाजुरेली, वीरबहादुर विष्ट र रिता शाही नयाँ अनुहार हुन् । नेतृत्व सर्वसम्मत चयन गरिएको हो ।

साधारण सभाको सुदूर पश्मिच प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले दिप प्रज्वलन गरि उद्घाटन गरेका हुन् । कला, सँस्कृति समाजको सम्पति भएकोले त्यसको जगेर्नाका लागि सुदूर साहित्य प्रतिष्ठानले महत्वपूर्ण योगदान पुर्याउन शाहले विश्वास व्यक्त गरेका छन् ।
सुदूर पश्चिममा अरु भन्दा फरक र बिशेष महत्व राख्ने सँस्कृति, र कला साहित्य रहेकोले त्यसको संरक्षण प्रवद्र्धनमा सबैको सहकार्य र सहयोग आवश्यक रहेको शाहको भनाई छ । देउडा गीत, स्थानीय कला सँंस्कृति प्रति निकै रुचि राख्ने मन्त्री शाहले प्रतिष्ठानका जुनसुकै अभियानमा प्रदेश सरकार र व्यक्तिगत रुपमा पनि सहयोग रहने वचन दिएका छन् ।

संस्कृतिको संरक्षण, कलाको प्रवद्र्धन र सष्टाको पहिचान हाम्रो अभियान” भन्ने उद्देश्य सहीत स्थापना भएको प्रतिष्ठानले जिल्लामा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । साधारण सभाबाट निर्वाचित समितिले समाजको सकारात्मक विकास र सम्पदाको दस्तावेजीकरणका लागि काम गर्ने अध्यक्ष हर्कबहादुर खडायतले बताएका छन् ।

अधिवक्ता पुरबहादुर रावत संयोजक, बसन्त विक र संगीता तिमिल्सेना सदस्य रहेको निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई अविर टिका लगाएर जिम्मेवारीको औपचारिक घोषणा गरेको थियो ।

प्रतिष्ठानले बैशाखदेखि व्यान्तारो नामक मासिक पत्रिका प्रकाशन गर्ने भएको छ । भने मार्तडीमा साहित्यक सम्मेलन र फालासैनमा देउडा महोत्सव गर्ने तयारी गरिरहेको छ । कार्यक्रम बडिमालिका नगरपालिकाको सभा हलमा आयोजना गरिएको थियो ।

गजल संग्रहको समीक्षा

सुदूर साहित्य प्रतिष्ठानको साधारण सभाको अवसरमा महिला गजलकार रिता शाही ऋतुको गजल संग्रह तितामिठा पलहरुको समीक्षा गरिएको छ । जीवनका भोगाई, आदर्श जीवन, प्रेमीला वार्तालापलाई समेटेर तयार पारिएको गजल संग्रहको जिल्लामा उपलब्ध सर्जकहरुले समीक्षा गरेका हुन् ।

काठमाडौंमा विमोचन गरिएको संग्रहको समीक्षा आफ्नै जन्मभूमिमा गर्न पाउँदा खुसी लागेको शाहीको भनाई छ । ५५ वटा गजल समावेश गरिएको संग्रहमा नारी वादी गजल, देश विकास र प्रेमीला क्षणहरुलाई समेटिएको छ ।

शाही बाजुराको हकमा कृति नै प्रकाशित गर्ने पहिलो महिला हुन् । शाहीका गजलको समीक्षा मालिका नमुना माविका प्रार्चाय एवं साहित्यकार शुभराज पाध्याय, बाजुरा क्याम्पसका उपप्रध्यापक रुपक रौलेले गरेका हुन् ।

कृष्ण ओलीले सञ्चालन गरेको कार्यक्रममा पदम कठायतले स्वागत मन्तव्य राखेका हुन् । सुदूर साहित्य प्रतिष्ठानको साधारण सभासँगै तितामिठा पल गजल संग्रहको समीक्षा तथा अनौठो परीक्षा नामक म्यूजिक भिडियोको विमोचन एकै समारोहमा गरिएको हो ।

तदर्श समिति अध्यक्ष हर्क खडायतको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश मन्त्री प्रकाश शाह रहेका थिए भने जिल्ला समन्वय समिति उपप्रमुख सुनिता सुनार, देउडा गायत एवं कानुन व्यवसायी पुरबहादुर रावत लगायतले शुभकामना मन्तव्य राखेका हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata