सिलिन्डर विस्फोट हुँदा २३ को मृत्यु

बिहिबार, मंसिर १९, २०७६



सुडान । सुडानको राजधानी खार्तुमस्थित् रहेको एक सेरामिक कारखानामा सिलिन्डर विस्फोट हुँदा २३ व्यक्तिको मृत्यु भएको छ । विस्फोटमा परी कम्तिमा १ सय ३० जना घाइते भएका छन ।

कारखानमा ६० जना भारतीय श्रमिक कार्यरत थिए । मृत्यु हुने अधिकांश भारतीय नागरिक भएको आशंका गरिएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले केही भारतीय श्रमिको मृत्यु भएको पुष्टिगर्दै संख्या यकिन हुन नसकेको बताएका छन् । घाइतेहरुको खार्तुमका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विस्फोटको कारण खुलेको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments