सुडान नरसंहारमा ३५ प्रदर्शनकारीको मृत्यु

मङ्लबार, जेष्ठ २१, २०७६



खार्तुम । राष्ट्रपति उमर बशीरको जवरजस्ती सत्ता परिवर्तनपछि सुडानको राजधानी खार्तुममा हुँदै आइरहेको सबै भन्दा ठूलाे  प्रर्दशनमा गत सोमबार सुरक्षा निकायले गरेको नरसंहारमा ३५ प्रर्दशनकारी मारिएका छन् ।

थुप्रै प्रर्दशनकारी माथि बल प्रयोग हुँदा घाइतेहरुको संख्या एकिन हुन सकेको छैन । राजधानी खार्तुममा भएको प्रर्दशनमा सुरक्षा निकायले गरेको अत्यधिक बल प्रयोगको सम्बन्धमा संयुक्त राष्ट्रसंघले निन्दा गर्दै स्वतन्त्र जाँचको आव्हान गरेको छ ।

संयुक्त राष्ट्रसंघको महासचिव एन्टोनियो गुटेरेसले एक बयानमा भनेका छन् । खार्तुमको एक अस्पतालमा सुरक्षाकर्मीले आगो लगाएको घटना डर लाग्दो छ । गुटेरेसले सुडानी अधिकारीसँग नरसंहारको एक स्वतन्त्र जाँचको सुविधा दिन र सुनिश्चित गर्न आग्रह गरेका छन् ।

घटनामा जिम्मेवार मानिसलाई जवाफदेयी बनाउन भनेका छन् । उनले नागरिक नेतृत्ववाला प्राधिकरणलाई शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न फेरि बात चित शुरु गर्न आग्रह गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata