गोली हानी आत्महत्या

सोमवार, बैशाख २, २०७६



सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपलिका-४ स्थित डाँडागाउँमा हिजो(आइतबार) एक युवकले आत्महत्या गरेका छन् ।  भरुवा बन्दुकले आफ्नै पेटमा हानेर उनले आत्महत्या गरेका हुन् ।

अपरान्ह ५ बजे घरमा कोही नभएको समयमा असारमान राईका २० वर्षीय छोरा सुमन राईले भरुवा बन्दुकले आफ्नै पेटको नाइटो मुनि गोली हानेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

गोली लागेर गम्भीर घाइते भएका राईलाई उपचारको लागि जिल्ला अस्पताल फाप्लु लैजाने क्रममा गएराति साढे १ बजे बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएकाे छ।  सो भरुवा बन्दुक  हाल प्रहरीले नियन्त्रणमा  रहेको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank