पूर्व सचिव कार्कीको घरमा कामदार झुण्डिएको अवस्थामा फेला, श्रीमती गम्भीर

सोमवार, माघ २७, २०७६



काठमाडौं । पूर्व सचिव अर्जुन कार्कीको घरमा रहेका कामदार मृत अवस्थामा भेटिएका छन भने उनकी श्रीमती गम्भीर अवस्थामा भेटिएकी छिन । सोमबार पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्की आफ्नै घरको भान्छा कोठामा घाइते अवस्थामा फेला परेकी हुन् ।

घरमा काम गर्ने विजय चौधरी डाइनिङ रुममा झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । श्रीमती कार्कीको टाउकोमा गम्भीर चोट रहेको छ । घर बाहिर रहेका कार्की घरमा आउँदा उक्त घटना देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी घटनास्थल पुग्दा उनको श्रीमतीको धड्कन चलिरहेकाले उनलाई उपचारका लागि स्टार अस्पताल लगिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जनाएका छन । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments