प्रधानमन्त्री कार्यालयका कर्मचारी नै सरकारी सूचनाबाट वञ्चित

मङ्लबार, बैशाख २५, २०७५



काठमाडौं । नेपालको संविधानको धार २७ मा नागरिकको सूचनाको हक सम्वधि व्यवस्था छ । हरेक नागरिकले माग्ने वित्तिकै सूचना पाउनुपर्छ । तर सूचनाको हकबाट सरकारी कर्मचारीनै बन्चित हुने गरेको पाइएको छ । मन्त्रालयबाट सूचना नपाएपछि प्रधानमन्त्री कार्यालयका कर्मचारीले नै सूचना आयोग गुहारेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका कर्मचारी नै सूचनाको हकबाट वञ्चित भएका छन् भने आम नागरीको अवस्था कस्तो होला ? संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कर्मचारीले मागे अनुसार सूचना उपलव्ध नगराएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयका शाखा अधिकृत मित्रप्रसाद खतिवडा लगाएतका कर्मचारीले राष्ट्रिय सूचना आयोगमा उजुरी गरेका थिए ।

स्वच्छिक अवकासको सूचना दिन माग गर्दा सामान्य प्रसाशन मन्त्रालयले दिन आलटाल गरेपछि सूचना आयोगमा उजूरी गरेका थिए । उजूरी परेपछि वैशाख १३ मा राष्ट्रिय सूचना आयोगले सात दिनभित्र कर्मचारीले मागे अनुसार सूचना दिन मन्त्रालयलाई लिखित पत्र पठाएको थियो ।

सूचना आयोगले दिएको समयभन्दा एक दिन ढिला वैशाख २१ मा मन्त्रालयका शाखा अधिकृत कृष्णराज अर्यालले कर्मचारीले मागेअनुसारको सूचना दिन मन्त्रालयकै कर्मचारी प्रशासन शाखालाई निर्देशन दिएका हुन् । मन्त्रालयले स्वेच्छिक अवकाशको सूचना दिन आलटाल गरेपछि कर्मचारीहरूले सूचना आयोग गुहारेका थिए। यसअघि दुई पटकसम्म मन्त्रालयमा सूचना माग गरे पनि नपाएपछि कर्मचारी आयोग पुगेका थिए ।

69 पटक पढिएको

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank