प्रधानमन्त्रीले बोल्न पाउनु भएन, अन्यथा टिप्पणी गर्दिेन: उपनेता नेम्वाङ

मङ्लबार, असार ३, २०७६



काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्न नपाएको सन्दर्भमा सत्तारुढ पार्टी नेकपा संसदीय दलका उपनेता सुभास चन्द्र नेम्वाङले मुख खोलेका छन ।

संसदीय प्रणालीमा प्रधानमन्त्रीले संसदमा बोल्न समय मागेको खण्डमा कुनै पनि बेला समय पाउने उनकाे दाबी रहेकाे छ। संसदले उपलब्ध गराएको समयमा प्रधानमन्त्री रोष्टममा जाँदै गर्दा प्रमुख प्रतिपक्ष दल कांग्रेसको अवरोधका कारण प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्न पाएनन ।

उनले भने, म अन्यथा टिप्पणी गर्दिन यसबारे सबैले निधार खुम्च्याएर सोचौं । आज (मंगलबार) प्रतिनिधि सभामा प्रधानमन्त्रीले पहिला बोल्ने कि प्रमुख विपक्षी दलका नेताले भन्ने सवालमा विवाद हुँदा संसद अवरुद्ध हुन पुग्यो ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसले भन्यो,प्रधानमन्त्रीले बोलेपछि प्रतिपक्षले के बोल्ने ? कांग्रेस संसदीय दलका नेता शेर बहादुर देउवाले भने, विपक्षीले पहिला बोल्छ, जवाफ दिने प्रधानमन्त्रीले हो । पहिले प्रधानमन्त्री बोले पछि मैले के बोल्ने ?

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata