एमाले संसदीय दलको उपनेतामा नेम्वाङ चयन

बुधबार, चैत्र २१, २०७४



काठमाडाै‌ । एमाले संसदीय दलको उपनेतामा सुवासचन्द नेमाङ चयन भएका छन् । एमाले संसदीय दलको बुधबारबसेको बैठकले पूर्वसभामुख नेम्वाङलाई दलको उपनेता चयन गरेको हो ।

बैठकमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई दलको नेता बनाउने प्रस्ताव राखेका थिए । यस्तै एमालेको आजकै बैठले एमाले प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरी चयन भएका छन् ।

भानुभक्त ढकालले प्रमुख सचेतक बन्न अश्वीकार गरेपछि अधिकारीलाई दलका नेता ओलीले प्रस्ताव गरेका हुन् ।त्यस्तै एमाले संसदीय दलको सचेतक बनेकी शान्ता चौधरी एमाले केन्द्रीय सदस्य हुन् ।

170 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank