स्वास्थ्य जटिल बन्दै गए पछि अनशनरत एक विद्यार्थी अस्पताल भर्ना

शुक्रबार, चैत्र १६, २०७४



काठमाडौं । माइतीघर मण्डलामा सोमबार देखी आमरण अनसनरत एक विद्यार्थीको स्वास्थ्य अवस्था जटिल बनेपछि वीर अस्पताल भर्ना गरिएको छ।

अनसनरत त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकायका विद्यार्थी मिलन बास्तोलाको स्वास्थ्य अवस्था जटिल बनेपछि चिकित्सकको सल्लाहमा उनलाई वीर अस्पताल भर्ना गरिएको समितिका संयोजक पुष्कर शर्माले जानकारी दिए।

शिक्षा ऐन नवौं संशोधनको विरोध गर्दै विद्यार्थी संघर्ष समिति, नेपालको संयोजनमा ३ विद्यार्थीहरु ४ दिन देखि आमरण अनसनमा छन्।

‘पानी समेत नपिकन अनसन बसिराख्नु भएकोले साथीहरुको स्वास्थ्य स्थिती कमजोर बन्दै गएको छ संयोजक शर्माले बताए । । अनशनरत अन्य दुई साथीहरुको पनि स्वास्थ्य अवस्था बिग्रदों छ।’ मिलनको स्वास्थ्य अवस्था जटिल बनेको उपचारमा संकलग्न चिकित्सकले बताएका छन्।

‘अस्पतालमा उपचार गराए पनि उनले अनसन भने नतोड्ने बताएकबा छन् । उनको विर अस्पतालको आकस्मिक कक्षमा उपचार भईरहेको छ ।  अनसनमा बसेका अन्य २ विद्यार्थीहरु हेमराज थापा र राजन लम्सालको स्वास्थ्य पनि क्रमिक रुपमा कमजोर बन्दै गएको बताइएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank