प्रधानमन्त्रीलाई चार विद्यार्थी संगठनको ७२ घण्टे अल्टिमेटम

सोमवार, बैशाख ३, २०७५



काठमाडौं । सरकारले निर्धारण गरेको सामुदायिक विद्यालय शूल्क मापदण्ड विपरित निजी विद्यालयहरूले चर्काे मूल्य असुलेको भन्दै विद्यार्थी संगठनहरूले आन्दोलनको घोषणा गरेका छन् । अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र संघीय समाजवादी विद्यार्थी फोरमले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् ।

उनीहरूले वैशाख ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने, बैसाख ५ गते पद्मोदय मावि प्राङ्गणमा सरोकारवालाहरूको उपस्थितिमा निजी विद्यालयको चर्काे मूल्यबृद्धि र सार्वजनिक विद्यालयको स्तरोन्न्तीको विषयमा खुला सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने जनाएका छन् ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको ७२ घण्टाभित्र माग पुरा नभए थप संघर्षका कार्यक्रम घोषणा गर्ने उनीहरूको चेतावनी छ । उनीहरूले सरकारले सुरु गरेको राष्ट्रिय भर्ना अभियान र पाठ्यपुस्तक वितरण अभियानलाई प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिवद्धता  समेत जनाएका छन् ।

विज्ञप्तीको पूर्ण पाठ

student

132 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank