विद्यार्थीलाई फोहोरी भन्दै पिट्ने गरेपछि..

शुक्रबार, चैत्र ३०, २०७४



काठमाडौं । कटहरियास्थित डुमरियाका एक सय मुसहर बालबालिका विद्यालय जान सकेका छैनन् । साथी तथा शिक्षकले पिट्ने डरका कारण उनीहरु विद्यालय जान छाडेका हुन् । एक मिलोमिटर दुरीको विद्यालयमा गत बर्ष नाम लेखाए पनि उनीहरु बढाइाट बञ्चित हुँदै आएका छन् ।

विद्यालय जाँदा फोहोरी भन्दै मुसहर बालबालिकालाई अन्य विद्यार्थी तथा शिक्षकले हेला गर्ने, पिट्ने गरेपछि पढ्न जान छाडेको अभिभावकको भनाइ छ ।

यो टेलमा ५८ घर मुसहरको बसोबास छ । टोलका सबै बालबालिका विद्यालय जाँदैनन् ।उनीहरुको भएटै भनाइ छ, विद्यालय जाँदा गाली गर्छन्, कुटाइ खानुपर्छ । (प्रदेश २ का ८ जिल्लामा झन्डै दुई लाख बालबालिका अझै विद्यालयबाहिर छन् । क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चलको तथ्यांकले १ लाख ९१ हजार बालबालिका विद्यालयबाहिर रहेको देखाएको हो ।) अन्न्पूर्णपोष्टबाट

75 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank