संयूक्त विद्यार्थीद्वारा शैक्षिक हड्तालको घोषणा

शुक्रबार, चैत्र १६, २०७४



काठमाडौं । अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्नुपर्ने माग गर्दै प्रमुख तीन विद्यार्थी संगठनहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेबिसंघले यही चैत १७ गतेदेखि अनिश्चितकालसम्म शैक्षिक हड्ताल घोषणा गरेका हुन् । शिक्षक सेवा आयोगले लिन लागेको अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्नुपर्ने उनीहरुको प्रमुख माग छ ।

andolan student

अस्थायी शिक्षकहरुको परीक्षा यही चैत २३ गते तोकिएको छ । सरकारले आन्दोलनरत शिक्षक र विद्यार्थीहरुसँग वार्ता गर्न समिति बनाए पनि उनीहरु पहिले परीक्षा स्थगित हुनुपर्ने अडानमा छन् । परीक्षा स्थगित गर्न माग गर्दै अस्थायी शिक्षकहरु र विद्यार्थी संगठनहरु आन्दोलनमा छन् । उनीहरु छुट्टाछुट्टै स्थानमा आमरण अनसन बसेका छन् ।

student

शुक्रबार तीनवटै विद्यार्थी संगठनले देशभरका क्याम्पस अघाडी विरोध प्रर्दशन गर्नुका साथै राजधानीका मुख्य मुख्य चोकमा एक घण्टा चक्काजाम समेत गरेका छन् । विद्यार्थी संगठनले बिहान त्रिभुवन विश्वविद्यालय किर्तिपूर, त्रिचन्द्र कलेज घण्टाघर, आरआर क्याम्पस प्रदर्शनीमार्ग लगायत क्याम्पस अगाडि सडकमा विरोध प्रदर्शन गरेका छन् । शिक्षक सेवा आयोगले लिन लागेको परिक्षा स्थगितको माग हेमराज थापा राजन लम्साल र मिलन बास्तोला आमरण अनशनमा बसीरहेका छन् ।

233 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank