स्कुले विद्यार्थी बसेको रिसोर्टमा हिमपहिरो

सोमवार, चैत्र १४, २०७३



जापानको टोेकियो नजिक स्कुले विद्यार्थी बसेको रिसोर्ट हिमपहिरो गएको छ । पहिरोमा पुरिँदा ६ जनाको मृत्यु भएको छ । थुप्रै बेपत्ता भएका छन् । केहीको घाइते अवस्थामा उद्धार गरिएको छ ।

टोकियोको उत्तरी क्षेत्रमा रहेको रिसोर्टमा विभिन्न विद्यालयका ७० जना विद्यार्थी र शिक्षक बसिरहेका बेला हिम पहिरो गएर पुरिएको जापानी समाचार संस्था क्यूटोले जनाएको छ । रिसोर्टमा पुरिएकाहरुको खोजी कार्य तीब्र पारिएको छ । छुट्टी मनाउन पुगेका विद्यार्थी हिम पहिरोमा परेका हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata