नेपालमा पनि पढ्न आउँछन विद्यार्थी

बुधबार, जेष्ठ २, २०७५



काठमाडौं । प्लस टु देखी माथिका सबै कोर्षमा विदेश पढ्न जाने जाने नेपाली विद्यार्थीहरुको लर्को लाग्ने सिलसिला नौलो होइन । अहिले केही संख्या घटेपनि विदेश जाने क्रम रोकिएको छैन् । तर,नेपाली विद्यार्थी जुन कोर्ष गर्न विदेशमा जान्छन् ।

नेपालमा पनि तीनै विषय अध्ययन गर्न विदेशबाट विर्यार्थी आउने गरेका छन् । नेपालमा ए लेभल, मेडिकल साइन्स, मानविकी तथा व्यवस्थापनमा समेत सयौ विद्यार्थी नेपाल आएको सरकारी तथ्याङक छ ।

भाषा, साहित्य, धर्म अध्ययनका लागि तथा निजी मेडिकल कलेजमा विदेशी विद्यार्थी बढी आउने गरेको पाइएको छ त्रिभुवन विश्वविद्ययालयअन्तर्गको विश्वभाषा क्याम्पस त विदेशी विर्यार्थीले तिरेको शुल्कबाटै चलेको छ । विश्वभाषा क्याम्पसका प्रमुख भीमनाथ रेग्मीले ९० प्रतिशत खर्चविदेशी विद्यार्थीले धानेको बताए ।

विश्वभाषाबाहेकका अरु आंगिक क्याम्पसमा विदेशी विद्याथको संख्या कम भएपनि निजी मेडिकल कलेजमा विदेशी विद्यार्थीको संख्या धेरै पाइन्छ । विशेषगरि मेडिसिन, इन्जिनियरिङ र केमेस्ट्रि विषय पढ्न विदेशी विद्यार्थी बढी आउने गरेका छन् । मेडिसिनमा नेपालको पढाइ गुणस्तरीय र सस्तो समेत भएकाले विदेशी आउँछन ।

अहिले नेपालमा दुई दर्जन जति ए लेभल पढाइ हुने कलेज छन् । तीे कलेजको संस्था क्याम्बिरिज एजुकेटर्स एसोसिएसनका अध्यक्ष तथा चेल्सी इन्टरनेसनल कलेजका प्रिन्सिपल सुधीरकुमार झाले २५ कलेजमा अहिले एक सयभन्दा बढी विदेशी विद्यार्थीले अध्यन गरिरहेको बताए । नेपालमा ए लेभलको पढाइ अन्य देशमा भन्दा धेरै सस्तो र गुणस्तरीय समेत रहेको एसोसिएसनको दावी छ ।

नेपालमा विशेषगरि भारत बंगलादेश श्रीलंका र बेलायतबाट बढी विद्यार्थी आउने गरेका छन् । काठमाडौं विश्वविद्यालयका क्याम्पसहरुमा विदेशी विद्यार्थीको उपस्थिति बढी छ । केयुबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरुमा ६ सय विद्यार्थी क्षमता भएकामा आधाजति विदेशी विद्यार्थी रहेको काठमाण्डु विवश्वविद्यालयले जनाएको छ ।

विदेशबाट नेपालमा विद्यार्थी आउन चाहेपनि झन्झटीलो भिसा प्रक्रिया होस्टेल सुविधायुक्त नभएको तथा विदेशमा सिकेको अतिरिक्त क्रियाकलापका लागि नेपालमा उपयुक्त वातावरण नभएकोले सम्भावना भएरपनि उपस्थित कम छ । अहिले पछिल्लो पटक विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको संख्या पनि घटेको छ ।

विदेशी राजदूतावासले भिसा लगायतका प्रक्रियामा गरेको कडाई र नेपालमै शिक्षामा भएको सुधारले अघिल्ला बर्षको तुलनामा गएको आर्थिक बर्षमा यो संख्यामा ५० प्रतिशतले गिरावट आएको छ ।

193 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank