पीडा खपेर ऊ बाच्न बाध्य छ मेरो जीवनजस्तै

शनिबार, पुस २, २०७३

loading...

- शर्मिला खड्का (दाहाल)



“तपाई“को कविता मलाई असाध्यै मन प¥यो । बधाई छ । यस्तो सुन्दर कविताको लागि ।”
“तपाई“को परिचय ”
“म स्पन्दना ।”
“ओहो † कति सुन्दर नाम घर कहा“ ?”
“झापा, चारआली ।”
“मेरो मोबाइल नं. कहा“बाट पाउनुभयो ?”
“कविता छापिएको पत्रिकामा मेरो दाजु काम गर्नुहुन्छ । उहा“बाट ।”
“ओहो † त्यसो हो भने तपाई“ कविताको व्रmेजी हो ।
“हो भन्नुप¥यो, तर आफूलाई लेख्न आउ“दैन ।”
“प्रयास गर्दा भइहाल्छ नि ।”
“सिकाईदिने हो ।”
“कसरी ? एसएमएसमा सम्भव छ ?”
”भैगो त ।”
मेरो कविता ‘अधुरो जीवन’ राष्ट्रिय पत्रिकामा छापिएको दिन । वास्तवमा कलाका फ्यानहरू पनि आ–आफ्नैखाले हुन्छन् । अझ टिनएजरलाई लाग्ने कलाको नशा नै अर्के हुन्छ । उनीहरू यति भावुक भएर लाग्छन् कि घर परिवार, समाज, समय केही कुराको हेक्का राख्दैनन् ।

sarmila

शर्मिला खड्का (दाहाल)

यस्ता कलाको नशामा डुब्नेहरूमा किन हो युवकभन्दा युवतीहरू नै बढी देखिन्छन् । गायकका फ्यान हुने, कलाकारका फ्यान हुने, कविका फ्यान हुने, चित्रकारका फ्यान हुन,े खेलाडीका फ्यान हुने प्राय जसो युवतीहरू नै हुने गर्दछन्  युवतीहरू यस्ता क्रेजमा धेरै अगाडि हुन्छन् । यस्तै मेरो कविताको प्रशंसकको लाइनमा निस्फिक्री र निर्धक्कका साथ आएर ऊ उभिएकी छे ।
ऊ–अर्थात स्पन्दना ।
फेरि उसको नम्बरबाट एसएमएस आउन थाल्दछ ।
“भेट दिने हो ।”
“कहिले ? कहा“ ?”
“म काठमाडा“ै आउ“दैछु ।”
“मेरो घर पोखरा हो ।”
“के भो त काठमाडौं“ आए भइहाल्छ नि ।”
“मलाई गाहे छ ।”
“एउटा फ्यानको ह्ृदय बुझनसक्नुहुन्न ?”
“तपाई“को भावनाको सम्मान गर्न सक्छु । सार्थकता दिन सक्दिन“ ।
“भैगो कविहरू निठुरी हु“दा रहेछन् ।”
“तिमीले सोचेजस्तो होइन ।” म तपाई“बाट तिमी भन्न पुग्छु ।
“त्यसो हो भने भेट दिए भइहाल्यो त ।”
“म प्रयत्न गर्नेछु ।”
एसएमएसको जवाफ दिएपछि म झ्यालबाट बाहिर टोहलाउ“छु । माछापुच्छ«्रे हिमाल मलाई हेरेर मुसुक्क हा“सेजस्तो लाग्छ । ऊ प्रसन्न छ । सायद ऊ कविता हो र उसले प्रशंसकको लामो लिस्टमा एउटा नया“ नाम थपिएको विजय उत्सवमा हर्षोल्लासित मुस्कान छरिरहेछ ।
केही दिनपछि उही नम्बरबाट एसएमएस आउ“छ ।
“मलाई हेर्ने केटा आएको छ ।”
“खुसीको कुरा हो, बिहे गर्देै छौ ?”
“अह“ गर्दिन“, तर सबजना कर गरिरहेछन् ।”
“किन नगरेकी त ।”
“तपाइर्“लाई भेटेपछि गर्छु ।”
“मलाई किन ?”
“तपाइर्“स“ग सल्लाह लिन चाहन्छु ।”
“म को हो र ?”
“सबैथोक हो ।”
“कसरी ?”
“यति धेरै एसएमएस गरिसक“े ।”
“एसएमएस गर्देैमा आफ्नो हुन्छ ।”
“किन हु“दैन एसएमएसमा आत्मा राखेर पठाएकी छु ।”
“अचम्मकी रहेछौ ।”
“कविको सङ्गगतले ।”
“ठीकै छ भेटमा सल्लाह दिनेछु ।”
“म तपा“ईलाई मन पराउन थालिसकें“ ।”
“तर मैले छैन ।”
“आफैंलाई ढाट्तै हुनुहुन्छ ।”
“कसरी सम्झाऊ“ ।”
“बोलीबाट सम्झाउन सक्नुहुन्छ ।”
त्यसपछि मैले उसलाई फोन गरें“ । फोनमा निकैबेर उस“ग मेरो गफ भयो । यसरी कसैलाई देख्दै नदेखी भेट्दै नभेटी मन पराइन्छ र ? मैले उसलाई निकैबेर सम्झाए । ऊ केही आश्वस्त भई ।

त्यसपछि उसले मलाई बारम्बार फोन गर्न थाली । एउटा प्रशंसकको भावनाले म पग्लन थाले“ । मेरो सिर्जनालाई यति नजिकबाट स्पर्श गरिदिएर प्रशंसाको चुली भरिदिएको हुनाले म पनि उसका भावुक कुराबाट पग्लन थालिसकेको थिए“ । आफ्नो प्रशसकस“गफोनमा दुईचार कुरा मीठो बोल्दैमा के बित्छ र ? भन्ने सोच्तै आफ्नो एकांकीपन मेटाउन उस“ग भावना साट्न थाले“ । म पनि उसको बोलीको व्रmेजी हुनथाले“ ।

कहिलेकाही लाग्थ्यो, बोल्दाबाल्दै त्यो भौतिक स्वरुपअगाडि प्रकट भइदिए हुन्थ्यो जस्तो लाग्दथ्यो । उसलाई देखेको छैन चिनेको छैन तर पनि हामी बीच सुमधुर आत्मीय सम्बन्ध गा“सिएको थियो । हामी भावना विचार र लक्ष्यहरू साट्न थाल्यौ“ । बोल्दाबोल्दै कहिलेकाही“ उसलाई गाह्रो हुन्थ्यो । किनभने उसका वरिपरि समाज छन् र समाजका थुप्रै“ आ“खाहरूले उसलाई जिज्ञासा र प्रश्नका अस्त्रहरूले घाइते बनाएका हुनसक्थे । त्यसैले बोल्दा नचाह“दा नचाह“दै पनि फोन राख्नुपर्ने हुन्थ्यो ।

एसएमएस., फोन हु“दै हाम्रो आत्मीय सम्बन्ध उक्लदै पत्राचारमा पुगिसकेको थियो । एक दिन उसको पत्र आयो ।
‘कुनै मान्छे किन राम्रो लाग्छ ? मलाई थाहा छैन । जब उसको भावना र विचारमा पौड“दै जा“दा आफूलाई आनन्द आउ“छ अनि मन पर्दै जा“दो रहेछ । सधै उसको समीपको चाहना बढ्न थाल्दछ । ढुकढुकी बढ्छ अनि मुटु दुख्न थाल्दो रहेछ । तिर्सना जाग्दो रहेछ । त्यो छटपटी कहा“ हुन्छ ? थाहा छैन । सायद हाम्रो अप्रत्यक्ष भेट नभएको भए पनि हुने । यसरी मुटु दुख्ने त थिएन । तर त्यो दुखाइमा एउटा असीम आनन्द लुकेको हुन्छ ।

त्यो आनन्दमा मोहकता हुन्छ । त्यो मोहकताले स्पर्शको चाहना गर्न थाल्दछ । शारीरिक आकर्षणको चाहना त्यसबखत हुन थाल्दछ जब मायाका सम्पूर्ण भूमिका पूर्ण हुन पुग्दछन् । त्यो आकषर्ण आफै“मा एउटा अद्भुत चमत्कार हो । सधैं साथ रहू“ अनि सधैं हराइरहु“ उसको मायामा जस्तो लाग्दछ । एउटा विश्वासको दरिलो आधार हुनपुग्दछ ।

त्यो आकर्षणमा विश्वास हुन्छ , दृढ सङ्कल्प हुन्छ अनि मोहकता हुन्छ । संसार सायद यही आकर्षणले बनेको छ । नत्रभने यो ब्रह्माण्ड विलीन भई सक्थ्यो शून्यमा । अनि शून्यबाहेक कुनै अ¨ सिर्जना हुन सक्दैनथ्यो ।
भौतारिरहन्छ यो मन काकाकुलजस्तो केही शान्ति मिल्दैन । जताततै उही सम्झना र तिर्सनाका झलकहरू छन् । एक नजरको तिर्सनामा छट्पटिन्छ यो मन । जताततै अशान्ति र असन्तुिष्ट छरिएका छन् । आफै“भित्र कुण्ठित हुन्छ यो मन । जब व्याकुलता बढ्दै जान्छ अनि शीतलताको खोजिमा यो मन भौ“तारिदै शब्दमा छरिन पुग्दछ ।

देख्दै नदेखी, भेट्दै नभेटी पनि कोही मानिस यति मन पर्न सक्छ ? मलाई अचम्म लाग्छ । कहिलेकाही“ सपना हो कि जस्तो लाग्दछ । तपाइर्“का सुन्दर कवितास“गै तपा“ईको जीवनकी कविता हुन मन लाग्छ । मलाई सधै“ जीवनभर कोरिरहनोस । शब्दशब्दमा छरिरहन दिनोस् , भावहरूमा बा“चिरहन दिनोस्– भन्न मन लाग्दछ ।
उनका भावकुतापूर्ण पत्र पढेर म संवेदीत हुन्छु । वास्तवमा हाम्रो सम्बन्ध आत्मीयरूपले एकात्मक भइसकेको थियो । तर मेरो जीवनले अन्धकारस“ग युद्ध लडिरहेको थियो । मेरो जीवन शरदको चिसोझैं चिसो थियो । कहिले नतातिने गरि । मेरो जीवनले उसलाई कहिले उज्यालो दिन सक्दैनथ्यो ।

मेरा विवशता र बाध्यताले मेरा भावनाहरूलाई कैद बनाएका थिए । म उनलाई अन्धकारमा राख्न चाहन्नथे“ । म उनलाई भेटेर मेरो जीवनको सम्पूर्ण विगत र आगतको सचित्र व्याख्या गर्न चाहन्थे“ । त्यसैेले मैले उनलाई भेट्ने निर्णय गरे“ ।
मनमा कौतूहल, शरीरमा रोमाञ्चकता र हृदयमा उमङ्ग लिएर निश्चित ठा“उमा उ मलाई भेट्न आई ।

वास्तवमा नाम जस्तै सुन्दर थिई –स्पन्दना । धेरैसमय अघिदेखिको कल्पनामात्र सीमित रहेको उसको भौतिकस्वरुप मेरो अगाडि थियो । उमेरले मेरोभन्दा झन्डै आधा सानो पाए“ ।

उसले लजाउ“दै भनी – “म तपाई“की जीवनको कविता बन्न चाहन्छु ।”
म उसको भावानाको सम्मान गर्दै भन्न थाल्दछु – “तिमीले सोचेजस्तो र कवितामा पढेजस्तो मेरो जीवन सुन्दर छैन स्पन्दना †  पहिला तिमी मेरो जीवन पढ र बुझ अनि जीवनसम्बन्धी महत्वपूर्ण निर्णय लेऊ ।

हुन त तिमीलाई म फोनमा भन्न सक्थे“ तर तिमीले पत्याउने छैनौ भनेर मलाई थाहा छ । त्यसैले तिमीलाई प्रत्यक्षरूपमा भेटेर यो कुरा भन्न चाहेको हु“ । ल सुन –
पोखराको माछापुच्छे«मा सूर्यको पहिलो झुल्को मेरो जीवनको पहिलो झुल्को भएर झुल्केको थियो । पञ्चायती व्यवस्थामा अञ्चलाधीश भएको बाबुको एकलौटो छोरो म –राकेश । प्रत्येक राम्रा वस्तुहरू मेरो साथमा हुनुपर्दथ्यो । बजारमा आउने पहिलो र महङ्गो कपडा मेरो शरीरमा हुनुपर्दथ्यो । महङ्गो रेमन्डको चस्मा मेरो आखा“मा हुनुपर्दथ्यो ।

महङ्गो बुसनीको जुत्ता पहिले मेरो खुट्टामा हुनुपर्दथ्यो । नायक देखि गायकसम्मले लागाउने महङ्गो कपडा सबैभन्दा पहिला मैले लगाएको हुनुपर्दथ्यो । बोडिङ्ग स्कुलको पढाइ एसएलसी पास गर्न कुनै कठिनाइ थिएन । त्यसपछि क्याम्पस भने मेरो रवाफ, हैकम र फैसन प्रदर्शन गर्ने थिएटर भएको थियो । त्यस थिएटरमा म जुनसुकै नाटक मञ्चन गर्न सक्थे“ ।

सबैले प्रशंसाले ताली बजाउनै पर्दथ्यो । प्रत्येक शनिबार देवीको मन्दिर देवीहरूको दर्शन गर्न म पुग्दथे“ । मलाई नराम्री केटीहरू देखे भने रिस उठिहाल्दथ्यो । त्यसैले सधै“ सुन्दरी केटीहरूको अघिपछि हुने गर्दथे । पोखराको पर्यटकीय स्थलमा घुम्न आउने पूmलहरूको वासना सुुध्दै हि“ड्नु मेरो दिनचर्या हुन्थ्यो । जब राम्रा फुल भेटिन्थे, तिनलाई दुःख दिनु, पीडा दिनु र प्रेमजालमा फसाएर रस चुस्नु मेरो नाटकको उत्कर्ष हुन पुग्दथ्यो ।

कुनैकुनै फुललाई भने सौन्दर्यको रसास्वदान गरेर मात्र पनि छोडिदिन्थे । त्यसैपनि पोखरा नमिता, सुनीताको हत्याकाण्ड भएको ठा“उ, मेरो आचरणमा थप पौष्टिकताको काम गर्दथ्यो  त्यस हत्याकाण्डले । क्याम्पसका प्रायजसो सुन्दर फुलहरूलाई म मेरो पैसा, रूप र रवाफले आफ्नो वशमा पारिसकेको हुन्थ“े । तर एक दिन मैले नसोचको घटना घट्यो । एउटी सुन्दर फुल कसैगरी पनि मप्रति आकर्षित भएकी थिइन । उसलाई प्रेमपत्र पठाए“ । तर उसले त्यो प्रेमपत्र क्याम्पस प्रमुखलाई लागेर दिइछ । त्यो केटी निडर र स्वाभिमानी पनि भएकीले क्याम्पस प्रमुखले मलाई बोलाउन पठाए । उसलाई देखाउन मात्र भएपनि क्याम्पस प्रमुखले मलाई गाली गरेजस्तो गरे ।

यसरी केटीका अगाडि गाली खानु मेरोलागि ठूलो अपमानबोध थियो । त्यो अपमानबोध सहन नसकी त्यो केटीलाई कसरी बद्ला लिने भनेर लेकसाइडको एउटा होटलमा योजना बनाउन साथीहरू लिई भेला भए“ । योजना बनाएर फर्कदा मैले निकै पिएछु, मोटरसाइकलको स्पीड नियन्त्रण गर्न नसकी ठूलो दुर्घटना भयो । त्यस दुर्घटनामा मेरो एउटा खुट्टा कामनलाग्ने भयो । एउटा स्प्रीङ लगाएर मुस्किलले टेक्न सम्म भयो । दा“त पनि सबै हल्लिएर फुस्किए । एउटा हात पनि काम नलाग्ने भयो ।

एउटा हातचाहि“ भगवानले लेख्नका लागि जोगाई दिएछन् । म महिनौं दिनसम्म अस्पताल बस्नुप¥यो । म आफूले चु“डेर फ्याकेका फुलहरूको पीडालाई आफ्नो पीडास“ग तुलना गर्न थाले“ । वास्तवमा प्रकृतिले फुलाएका ती सुन्दर फुलहरूको आत्माले सरापेका होलान् भन्ने भान भयो मलाई आफूले गरेको कुकृत्यप्रति पश्चात्ताप लागेर आयो । आत्माग्लानिले मन क“ुडियो ।

त्यसपछि झ्यालबाट टाढाको माछापुच्छ्रे« हिमालको मनमोहक दृश्यलाई अघाउन्जेल हेर्नु र प्रकृतिको सुन्दरतामा आफूलाई हराउनु नै मेरो जिन्दगीको नियति भयो । हजारौं“ सपना बोकेको जिन्दगीलाई हिलचियरलाई बोकाएर बा“च्नुको सार्थकता खोज्न थाले“ । वर्णमालाको पहिलो अक्षर ‘क’संग म सम्झौता गर्न पुगे“ । मेरो जीवनका सपनाहरू कलम, कापी, कुची र क्यानभासमा छरिन थाले“ ।

मेरी आमा कवयत्री र चित्रकार भएकी हुनाले उनको गुण ममा पनि सरेको थियो । त्यसपछि मेरो जिन्दगीले कविको उपाधि पायो र तिमीजस्ता धेरै प्रशंसकहरूको मायामा बा“च्ने बानी पर्न थाल्यो । अब तिमी आफ्नो भविष्यको निर्णय लिन सक्दछौ । जीवन सोचेजस्तो सुन्दर हु“दैन स्पन्दना । तिम्रो यो अपरिपक्व सोचाई हो र यो एउटा क्रेज हो भोलि तिमीले धेरै कठिन सङ्घर्षमय दिन देख्न थाल्नेछौ र कहालिएर जीवनदेखि भाग्न सक्दछौ । त्यसैले अहिले समय छ । तिमी फर्क । तिमीजस्ती सुन्दरीले मेरा सुन्दर कविता भन्दा सुन्दर युवक पाउन सक्छौं । हो, तिमी मेरो कवितालाई सधैभरि ह्ृदयमा राखेर बा“च्न सक्छ्यौं ।

    मेरो कथा सुनेर ऊ स्तब्ध भई । उसलाई अप्रत्यासित करेन्टको झट्का लागेझैं भयो । ऊ निशब्द भई त्यसपछि ऊ केही नबोली त्यहा“बाट हि“डी ।

म फेरि माछापुच्छे«को सौन्दर्यमा हराउन पुग्छु । म कवितामा हराउन थाल्छु । मेरो कविता र माछापुच्छे«को सौन्दर्य पर्याय भएका छन् । जसरी म र माछापुच्छे« पर्याय भएका छौ“ । माछापुच्छे«को सौन्दर्यमा हजारौ पर्यटक मन्त्रमुग्ध हुन्छन् तर वर्षौदेखि सम्पूर्ण प्राकृतिक पीडा खपेर ऊ बाच्न बाध्य छ मेरो जीवनजस्तै ।

811 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv