कथा -क्वारेन्टाइन

आइतवार, जेष्ठ ३२, २०७७

- सीता ओझा- अध्यक्ष महिला अध्ययन केन्द्र



रामाशंखरले कोभिडको सङ्क्रमण सुरु भएदेखि नै कोरोना सङ्क्रमणबाट वचन टोल टोलमा सचेतनाका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरे । सामाजिक दुरी कायम राख्नुपर्छ ।  मुख र नाक छोप्न मास्क लगाउने साबुन पानीले हात धोएर मात्रै स्यानिटाइजर प्रयोग । गर्नुपर्छ भने ।

आफू पनि कहीँ नजाने अरूलाई पनि सङ्क्रमणको अवधिभर कसैकोमा नजाने साथै दीर्घ रोग भएका,बालबालिका र असक्तहरूलाई सावधानी र होसियारी पूर्वक रेखदेख गर्ने । भन्दै धेरै पटक माइकिङ र बाहिरैबाट घरदैलो गरौँ भनेर वडा अध्यक्ष र मेयर,उपमेयर समेतलाई भने ।

वडा अध्यक्षले पनि उनको सक्रियता र सजगताको प्रशंसा गर्दै वडाका गतिविधिमा प्रायः जसो सहभागी गराए । राहत लगायतका काममा पनि रामाशंकरको संयोजन र सहजीकरण राम्रो देखेपछि वडा सदस्यहरूले हरेक ठाउँको राहत वितरणमा पनि स्वयंसेवकको रूपमा सहभागी गराए ।

कोरोनाको सङ्क्रमण फैलिएको देखेर हरेक नगरपालिकाको सीमा सिल गरे र मानिसको आवतजावतलाई वडाभरि मात्रै सीमित गरे । वडाले आवतजावतमा कडाइ गरेसँगै नयाँ मान्छे भित्रिएको अवस्थामा स्लेफ क्वारेन्टाइनमा बस्नु पर्ने र कोभिड भए नभएको परीक्षण स्वयम् गरेर दुई दिनभित्र परीक्षणको कागज बुझाउनु पर्ने सूचना जारी गरेको थियो ।

रातको एघार बजेको थियो होला ।  वडाध्यक्षलाई फोन आयो र तुरुन्तै आउन अनुरोध गरियो । वडाध्यक्षले समस्याको बारेमा धेरै पटक सोधे तर एकोहोरो आउनु मात्रै भने । विषयको बारेमा नभनेपछि अध्यक्षले रामाशंखरलाई फोन गरे ….

” के भएको रहेछ ? बुझ्न र तुरुन्तै खबर गर्न अनुरोध गरे । ” तर रामाशंखरले जान नसक्ने,आफू एकासी ज्वरो आएर ढलेको सूचना दिए ।

रामाशंखरलाई ज्वरो आएको कुराले झस्केका अध्यक्ष तुरुन्तै रामाशंखरको घरतिर हिँडे । रामाशंखरको घरमा पुग्दा उनी ज्वरोले अस्त व्यस्त देखिन्थे । श्रीमती रोइरहेकी छोरो सानु के गर्ने ? के नगर्ने अन्योलमा थिए ।

यस्तो देखेर वडाध्यक्षले एम्बुलेन्स बोलाएर नजिकैको अस्पताल पुर्‍याए । ज्वरोको कुरा सुनेकोले अस्पतालले राख्नै मानेनन् । अनेकौँ वादप्रतिवाद पछि बल्लतल्ल भित्र छिराइएका रामाशंखरको छेउमा गएर सिटामोल दिने स्वास्थ्यकर्मी पनि निस्केनन् ।

यस्तो सहयोगी मान्छेलाई ज्वरो आउँदा त उपचार गर्न यस्तो कठिन हुन्छ सामान्य नागरिकलाई कोरोनाको सङ्क्रमण बढ्यो भने के गर्ने ?
भन्ने प्रश्नले चिन्तित अध्यक्षले वडामा गएर तुरुन्तै बैठक राखेर र बाहिरबाट आएका र कोरोना सङ्क्रमितहरूको लागि क्वारेन्टाइनको व्यवस्थापन गर्न स्थानको खोजी गरे ।

नजिकै रहेको सामुदायिक विद्यालयले ठाउँ उपलब्ध गराउने भयो ।फर्निचर र ओढ्ने ओछ्याउनेको पनि प्रबन्ध भयो । बिहान सबै सामान सामुदायिक विद्यालयका कोठामा राखेर अस्थायी शौचालयको प्रबन्ध गर्न लगाएर वडा अध्यक्ष खाना खान घरतिर लागे । हतारिँदै खाना खाएर वडा अध्यक्ष पुन : सामुदायिक विद्यालयतिर आउँदै थिए । बाटोमा एक हुल मान्छेले उनकै विरुद्ध नाराबाजी गरेको सुने ।

यस्तो नराम्रो के गरेको छु र भन्दै हुलतिर आएका अध्यक्षलाई समूहले आक्रमण गर्न आयो । त्यो देखेर प्रहरीले हुलबाट अध्यक्षलाई बिस्तारै बाहिराए र हुललाई तितरबितर गराए ।

कसरी यस्तो समस्या पर्‍यो ? भनेर सोच्दै प्रहरीकै सहयोगमा वडा कार्यालय पुगेका वडा अध्यक्षलाई मेयरको स्वकीयले कल गरेर ,
” तुरुन्त नगरपालिका आउनु भनेर मेयरसावले भन्नू भएको छ । ल आइहाल्नुस् त ! ” भन्दै फोन राखे , समस्याको छेउ टुप्पो नै नबुझेका वडा अध्यक्ष तुरुन्तै नगरपालिका गए । नगरपालिका पुगेको एक घण्टासम्म कुराएका मेयरले आफ्नो कार्यकक्षमा बोलाएर एकासी ,

” तिमी मलाई नै नसोधी नगरपालिका भित्र क्वारेन्टाइन बनाउने को हँ ? ”
अचम्म छ ! भन्दै एउटा चिठी हातमा थमाइ दिए । ” यो अस्ति हामीले राहतको लागि उठाएको रकमको पत्र हो मेयरसाव ! ”
भन्दै बिस्तारै खोल्दा त ६ महिनाको लागि वडाध्यक्षको कामकारबाहीमा सामेल हुन नपाउने भन्ने निलम्बनको पत्र थमाइ दिएको रहेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments