‘एेना’ भित्रको एउटा कथाः पापीघाट

कथा

शनिबार, बैशाख २३, २०७४

loading...

- रामलाल जोशी



लीला मभन्दा सात वर्ष जेठी थिई। मेरो उमेर थियो, १० वर्ष। लीलाको उमेर १७ वर्ष। लीला शुकवीर अङ्कलकी कान्छी छोरी। गाउँले नाताले मेरी दिदी। म दिदीकै नाताले लीलाको पिछा गर्थेँ। मभन्दा सात वर्ष जेठी लीलाले मलाई बालक कालमा काखमा खेलाइहोली। पिठ्यूँमा बोकी होली। हातको अौँला समातेर बाटोमा डोर्‍याइहोली। माटोमा सँगै खेल्यौं होला। पानीमा सँगै भिज्यौँ होला। खै, के–के लीला गरेर म बुझ्ने अवस्थामा पुगेँ। आफूलाई याद हुने अवस्थामा पुग्दा लीलासँगै, लीलाकै छायाँमा हुर्केको पाएँ।

गाउँमा भर्खर स्कुल खुल्दा लीलाको पढ्ने उमेर ढल्किसकेको थियो। सायद बैँसका पखेटा लागिसकेका थिए। म भर्खर स्कुल जान थालेको थिएँ। १० वर्षमा मैले कखरा सुरू गरेँ। लीला र मेरो अर्कै सानिध्य बढ्यो, गोठाले जीवनमा। ऊ कहिलेदेखि गोठाला जान सुरू गरेकी हो, मलाई थाहा छैन। म पनि उसकै पछिपछि कहिलेदेखि गोठाला जान थालेँ, याद छैन। जे भए पनि मलाई लीलासँग गोठाला जान जत्तिको अर्को आनन्द कुनै थिएन।

पिसाब फेरि सकेपछि ऊ सन्तुष्ट भईजस्तो लाग्यो। आफ्नो कम्मरमुनिको घाँगर तल नसारेरै ऊ उठी। मलाई उसका सेता तीघ्रा हेरिरहूँजस्तो लाग्यो। उसले हाँस्दै आफ्नो सेतो पटुकीले मलाई एक फन्को बेरी। आफू पनि त्यसमै बेरिई र भनी– करन, आँखा चिम्म गर् त।
नाइ, जङ्गलमा डर लाग्छ।
म छु नि लाटा, तेरी दी १

लीला दिदी अलि ठूली हुनाले बाख्राहरू उसैका जिम्मा लगाएर आमा मलाई उसैसँग गोठाला पठाउनुहुन्थ्यो। कम्मरमा सेतो पटुकी बाँधेर गोठाला जाँदा लीलाले चामल भिजाएर गुडको डल्लो त्यसैमा राखी पटुकीमै बाँधेकी हुन्थी। गाई, बाख्रा मेलामा छोडी रुखको छहारीमा गट्टा खेलिसकेर अथवा जङ्गलको झाडीमा लुकामारी खेलेर थाकेपछि ठूलो चुच्चे ढुङ्गामा बसेर ऊ गुड र चामल एउटैमा मुछ्थी अनि एक फाँको मेरो मुखमा हाल्दिन्थी।

अर्को आफ्नो मुखमा। स्कुल जानुभन्दा अघिको प्रायः दैनिकी यही थियो मेरो। स्कुल जान थालेपछि पनि छुट्टीको प्रतीक्षा गर्थेँ। पढ्न जानुभन्दा हजार गुना आनन्द मेरा लागि लीलासँग गोठालो जानुमा हुन्थ्यो।

म एघार वर्ष पुगिसकेपछि भएका घटना र लीलाले गरेका क्रियाकलापहरूले मेरो स्मृतिपटललाई अहिले पनि खलबल्याइरहन्छन्। लीला १७ वर्ष पार गरेकी ग्रामीण बाला। पुष्ट छाती, गोरो अनुहार, काला केश, लच्किँदो नितम्ब। ऊ ग्रामीण सुन्दरी नै थिई। उसका हरेक अङ्गमा बैँसको लाली चढिसकेको थियो। बैँसका पखेटाले उसको मनलाई नजाने कहाँ उडाएर लग्थे होलान् तथापि त्यस बेलाको गोठाले जीवनमा मलाई नै उसले आफ्नो प्रेमी मानेकी थिई। मैले भने उसको जवानीको यौनिक भाव र वासनामयी प्रेम बुझ्न सकिनँ। बुझ्ने उमेर पनि थिएन।

एक दिन गाईवस्तुहरू मेलामा छोडेर भैँसीको सिङ आकारका आँख्लाहरू टिप्दै भैँसिङेको गुफाजस्तो झाडीभित्र पुग्यौँ दुवै जना। सूर्यका किरणसमेत नपर्ने झाडी–कुञ्ज डर लाग्दो थियो। लीलाले आफ्नो कम्मरबाट सेतो पटुकी खोली र लहराको काँपमा झन्ड्याई। मेक्सीजस्तो घाँगर सर्लक्क माथि उचाली। मेरै सामुन्ने गुलाबी अनुहार लगाएर टुक्रुक्क बसी अनि ‘सिइ ईईर्।।’ पिसाब फेर्न थाली। मैले हेरिराखेँ। उसको पिसाब ओरालो भुइँमा सानो खोलाजस्तै हतारमा बगेर गयो। म आज सोच्दै छु, उसले होइन, उसको पिसाबले मसँग लाज मानेर त्यति चाँडो बगेर गयो होला।

पिसाब फेरि सकेपछि ऊ सन्तुष्ट भईजस्तो लाग्यो। आफ्नो कम्मरमुनिको घाँगर तल नसारेरै ऊ उठी। मलाई उसका सेता तीघ्रा हेरिरहूँजस्तो लाग्यो। उसले हाँस्दै आफ्नो सेतो पटुकीले मलाई एक फन्को बेरी। आफू पनि त्यसमै बेरिई र भनी–

करन, आँखा चिम्म गर् त।
नाइ, जङ्गलमा डर लाग्छ।
म छु नि लाटा, तेरी दी !
उसका मुखबाट पूरा वाक्य फुटेन। च्वाप्प गालामा म्वाइँ खाई।
भनी– करन, मेरो गालामा माया गर् न १
के माया ?
थुतुनो यता ले न ।
नाँइ, म भैँसिङेले तेरो मुखमा घोचिदिन्छु।
ल, म आँखा चिम्म गर्छु अनि म्वाइँ खा है ?
लीला दिदी १ म चन्द्रेलाई तेरो गालामा म्वाइँ खाइदे भनूँ ?
चुप् कर्ने, तेरो ब्वारी छैन ?
लीलाले मलाई अँगालो हालेकी थिई। भनी,
करन भाइ, एक छिन सुतौँ है ?
मलाई अचम्म लाग्यो, त्यति माया गर्ने लीला दिदी आज किन यस्तो गर्दै छे रु म उसको बाहुपाशमा थिएँ।
पारि जङ्गलमा सुरिलो आवाजमा गीत गुञ्जियो,
दायाँ खुट्टा ठेस लागिजाऊ, परदेश जान्तक,
साईका घाँटी म लागिजाउँ, ज्युनारी खान्तक !
साँझपख घर फर्किँदा लीलाको शरीर पसिनाले निथ्रुक्क भिजेको थियो।

सायद, साउन लागिसकेको थियो क्यारे। गाउँको तल बगरे खोला उर्लिँदै थियो। खोला तरेरै गाईबाख्रा चराउन जानुपथ्र्यो। लीलाले आफ्ना गाईगोरू पारि लखेटेर खोलाको वारि किनारमा मलाई पर्खेकी थिई। नीलो चोली, रातो घाँगर र उही सेतो पटुकीमा लीला अप्सरा नै देखिएकी थिई। साउन लागे पनि खोला त्यति बढेको थिएन। सधैँ सजिलै पार गथ्र्यौँ तर आज खोला तर्दा लीला दिदीले फेरि उही हरकत दोहोर्‍याई। आफ्नो घाँगर दुवै हातले माथि सारी। यति माथि सारी कि कम्मरमुनिको कुनै पनि भाग देखिन बाँकी रहेन। अचम्म लाग्यो, आजकाल लीला दिदी किन जानीजानीकन निर्वस्त्र हुन खोज्छे !

पारि पुगेपछि ऊ खितिति‘ हाँसी, बल्ल घाँगर तल झारी। खोलाको पल्लो बगरमा साना–साना पानीका खाल्डाहरू थिए। एउटा सङ्लो पानी भएको खाल्डोमा ऊ घोप्टो परेर सतर्कताका साथ हात पानीमा यताउति गर्न थाली। मैले हेरिरहेँ। एक छिनपछि पानी छप्ल्याङछप्ल्याङ गर्दै माझी औँलाजत्रै माछो मुट्ठीमा ल्याई। फुत्केला भन्ने डरले जतनसँग अर्को हातको चोर औँला र बूढी औँलाले त्यसको पुच्छर समातेर देखाउँदै भनी,
करन, तेरो ब्वारी यत्रै छ ? ”, अनि हाँसी खितिति‘ !
म रातोपिरो भएँ। ऊ मेरो पिसाब फेर्नेलाई ‘ब्वारी’ भन्दी रहिछे।
भनेँ– धत् !
ऊ झन् जोरले हाँस्न थाली।
म उँधो मुन्टो गरेर त्यही खोपिल्टोमा अर्को माछा हेर्न थालेँ।
उठ् कर्ने, गाईबाख्रा डाँडामा पुगिसके।

माझी औँलाजत्रो माछो मुट्ठीमा च्यापेर लीला दिदी अघि लागी। म उसको पछि–पछि। एकै सासमा हामी डाँडामा पुग्यौँ। डाँडाको पल्लोपट्टि अलि गहिरोमा सुरम्य स्थान थियो। खेतजस्तै गह्रा–गह्रा भएको। गाउँलेहरू त्यस ठाउँलाई ‘बाजथैल’ भन्थे। सधैँ बाँझो रहने बाजथैलमा यसपालि गगने भुलले मकै लगाएको थियो। बाँदर, दुम्सी र मलपासाले मकै नाश पारिदिन्थे। तिनैबाट खेतीपाती बचाउनु ठूलो समस्या हुन्थ्यो। गगने काका बाजथैलको सिरानमा कुणो ९टहरो० बनाएर आफैँ मकैखेती कुर्थे। खाना त्यहीँ बनाउँथे। धुवाँ भइरहोस् भनेर आगो बालिएको हुन्थ्यो। केही दिनपछि मकै पोलेर खाने असाध्यै मजाको समय आउँदै थियो।
लीलाले भनी,
करन ! जा, बाजथैलबाट आगो ल्याएर आ।
किन दिदी, आगोले के गर्ने ?
जा न जा, लिएर आ न।
अहँ, म जान्नँ।
जा न भाइ, म तँलाई ऐले गुड–चामल दिउँला नि !

उही ठूलो ढुङ्गामा बसेर लीला दिदीको हातबाट गुड–चामल खान मलाई असाध्यै मन पथ्र्यो। म एक सासमा बाजथैल पुगेर मालुका पातमा आगोका फिल्काहरू लिएर आएँ।

एकै छिनमा उसले आगो बाली। मैले अचम्म मानेर सोधेँ– लीला दिदी के गर्ने आगोले ? गुड–चामल पकाउने हो ?
आगो फुक्तै भनी, ‘तेरो ब्वारी पोलेर खाने के।’

यति भनी र खितित‘ हाँस्न थाली। म पुनः लजाएँ। उसले लाज मानिनँ। मैले उसको लामो चुल्ठो समातेर पिठ्युँमा मुड्कीले प्वाक्क हानेँ। फेरि खितिति‘ हाँसेर भनी ‘ल्या, तेरो ब्वारी पोलेर खाउँ।’

दनदनी आगो बल्यो। उसले मुठ्ठीमा च्यापेर ल्याएको माझी औँलाजत्रो माछो आगोमा हाली। बडो ध्यानपूर्वक छेस्काले माछोलाई मजासँग पोली। आगोका फिल्का ल्याएको मालुका पातमै दुई भाग लगाई। फेरि खितिति‘ हाँसेर भनी, लौ खा, तेरो पोलेको ब्वारी, खूब मीठो हुन्छ।

मुखमै बिलाएर जाने पोलेको माछो मीठो मानेर खाई। मैले पनि अचारको पित्को जत्रो पोलेको माछा खाएँ।
अहो ! म के कसम खाउँ। त्यस्तो स्वाद मैले आजसम्म चाखेकै छैन। लीला दिदीले माछो पोलेर खुवाएको होइन। कहिल्यै नबिर्सिने गरी आफ्नो मायाको स्वाद चखाएकी हो। बल्ल आज यो कुरा मलाई अनुभूति भइरहेछ।

गाउँमा दशैँको रौनक सुरू भइसकेको थियो। सोह्रश्राद्ध सिद्धिएर नौरथा लागिसकेको थियो। मकै टिपेर हरेक घरमा खातका खात सुलीमा टाँगिएको दृश्य अनुपम लाग्दथ्यो। काँकडी झुलमा काँक्राहरू पहेँलिसकेका थिए। झुलेका धानका बालाहरूले पूरै खेतलाई पहेँलीपुर बनाइरहेका थिए। बगरेखोलाको पानी सङ्लो र सफा भएर बग्न लागिसकेको थियो। रातहरूले शरद्को स्वच्छ यामलाई उदात्त बनाइरहेका थिए। केटाकेटी र युवा–तन्नेरीहरूले दिउँसो पिङको चहइ–चहइ र रातको गाना–बजानाद्वारा गाउँको वातावरणलाई उल्लासमय बनाइरहेका थिए।

अनि लीला ?

यस्ता उल्लासमय दिनहरूमा पनि लीलाको मन आफ्नो पखेटामाथि मलाई बसाएर खुला वायुमण्डलमा स्वच्छन्द चराझैँ उड्थ्यो होला।

एक दिन, नौरथाको चौथो दिन थियो क्यारे। लीला दिदीले मलाई बगरे खोलातिर लिएर गई। उसका हातमा एउटा पोको थियो। सायद त्यो कपडाको पोको थियो। बगरे खोलामा पुगेपछि अलि तल उँधोपट्टि दुइटा ठूला ढुङ्गाको बीचबाट छहराजस्तो बनेर पानी बग्ने ठाउँ थियो। त्यहाँ पुगेर कपडाको पोको एउटा ढुङ्गामा राखी। मलाई ‘तँ ढुङ्गामै बस’ भनी। आफू चोलीका तुनाहरू फुकाल्न थाली।
त्यस दिन उसले सधैँको जसो घाँगर लगाएकी थिइन। मखमली चोलो, छिटको गुन्यु लाएकी थिई। सेतो पटुका उसरी नै बेरेकी थिई। म अवाक् बनेर हेरिरहेँ। उसले चोलो, पटुका र गुन्यु खोलेर पानीमा फाली। उसको शरीरमा कम्मरमुनि पेटीकोट थियो। माथि केही थिएन। दुई ढुङ्गाको बीचमा छहराजस्तो ठाउँमा गएर ऊ निहुरेर नुहाउन थाली। आज उसले अरु दिनको जस्तो पेटीकोट माथि उचालिन। तर निहुरेर नुहाउँदा कहिल्यै नदेखेको अनुपम र आनन्ददायी दृश्य मैले पहिलोपल्ट देखेँ– उसका युगल स्तनहरू चारा टिप्न उद्यत ढुकुरजस्ता देखिए। ती असाध्यै सेता र दूधजस्ता थिए। उसमा कुनै लज्जा र सङ्कोचको भाव थिएन। मैले बगरे खोलाका सम्पूर्ण दृश्यलाई छोडेर आफ्ना आँखा उसका युगल स्तनमा केन्द्रित गरेको थिएँ। मेरो हेराइ निर्निमेष थियो।

उफ् ! लीला दिदी मेरो अगाडि किन आजाद हुन खोज्दै छे ? मैले बुझ्न सकिनँ। सायद मेरो सामथ्र्यले भ्याएन। उसले आफ्ना दुवै स्तनलाई शरीरका अरु अङ्गजस्तै दुवै हातले मज्जाले मिची। यसो गर्दा न उसमा लज्जाका रेखाहरू देखिए, न त अरु दिनजस्तै खितिति हाँसी। गम्भीर भावमा स्नान गरिसकेपछि ढुङ्गामै उक्लेर लुगा फेरी। सुनौला केशबाट पानीका थोपाहरू ढुङ्गामा चुहाउँदै उसले भनी–
करन, मेरो कुरा मान्छस् ?
के ?”
मान्छस् कि, मान्दैनस् रु
भन् न लिली।, म उसका छातीतिर चारा टिप्न उद्यत अघिकै युगल पक्षी खोज्दै थिएँ।
मसँग भागेर जान्छस् ?
काँ ?”
पापीघाट !

लीला दिदीले भनेको सबै ठाउँमा म गएको थिएँ। बाजथैल, बगरे खोला, चुच्चे ढुङ्गा, पीपलडाँडा सबै ठाउँमा। तर ‘पापीघाट’ उसको मुखबाट पहिलोचोटि सुनेँ।

काँ हो, लीलादी पापीघाट ?
यो खोला बगेर पापीघाटमा त मिसिन्छ नि।
धारे खोलाभन्दा तल ?
धारेखोला पनि पापीघाटमै मिसिन्छ। यताबाट सेती, उताबाट कर्नाली मिसिएपछि अझ उँधो पापीघाट आउँछ अरे, हामी त्यैँ जाऊँ है ?
किन ?
तँ ठूलो भएपछि हामी त्यैँ बे गरौँला। त्यैँ सँगै बसौँला। जाऊँ है ?

उसले मेरो जवाफ पर्खिरही। मैले आधी घन्टासम्म केही बोल्न सकिनँ। उसले मलाई उसैगरी म्वाइँ खाएर पहिलोपल्ट रोएको देखेँ।
उफ् ! एक निर्दोष बालकप्रति लीलाको कति निर्दोष प्रेम ! कति गहिरो आत्मीयता ! कति गहिरो अपनत्व !

घरमा आएर दिउँसोतिर आमालाई सोधेँ– आमा, ‘पापीघाट’ काँ पर्छ ?

आमाले अचम्म मानेर प्रतिप्रश्न गर्नुभयो– किन चाइयो, तँलाई ‘पापीघाट’?

मैले जिद्दी गरेपछि आमाले भन्नुभयो,
पापीघाट, त्याँ तल उँधो मधेस जाने बाटोमा पर्छ। सेती र कर्नाली ‘त्रिवेणी’ मा मिसिएपछि भयङ्कर ठूलो घाट मदेशतिर बग्छ। ठूलीगाडभन्दा अझ उँधो गएपछि पापीघाट आउँछ। त्यो त पापीहरू जाने ठाउँ हो। पापीघाटको पारिपट्टि बगरमा, सालघारीका बीचमा यताबाट पाप गरेर गएका मान्छेहरूको बस्ती छ। याँ पाप गरेका मान्छेहरू पापीघाट तरेर मात्रै त्याँ जान्छन्।

कस्तो पाप गरेको मान्छे आमा ?, मेरो जिज्ञासा थियो।
‘अर्कासँग बात लागेका, तल्जात–मूलजात गरेका, अर्काको गर्भ बोकेका, हाडनाता करणी गरेका र गाउँबाट निकाला भएका सप्पै पापी त्यैँ जान्छन्, पापीघाटमा।’

आफ्नै मनसँग प्रश्न गरेँ– लीला दिदीले के पाप गरेकी छे र रु मसँग भागेर पापीघाट जाऊँ भन्छे। जात नमिल्ने आफूभन्दा सात वर्ष कान्छो र नाबालक बाहुन केटालाई केटीले भगाउनु सायद पाप मानिथ्यो कि ? के त्यही डरले मलाई भागेर पापीघाट जाऊँ भनेकी हो ? त्यो प्रश्नको उत्तर अहिलेसम्म भेटाएको छैन मैले।

दुई महिनापछि लीला दिदीको विवाह भयो। मलाई गलामा लगाएर लीला दिदी धरधरी रोएको त्यो दिन असाध्यै नरमाइलो लाग्यो।

छ वर्ष बम्बै बसेर आएको छक्कबहादुरले लीलाको सिउँदो सिन्दूरले भरिदियो। छक्कबहादुर दाइ खाइलाग्दो युवक थियो। गोरो हट्टाकट्टा, हिन्दी सिनेमाको हिरोजस्तै। भर्खरै इन्डियाबाट आएको। पारिडाँडासम्म गीत घन्काउने टेपरेकर्डर काँधमा बोकेर हिँड्थ्यो। कपाल उँभो फर्काएर कोथ्र्यो। जेबमा सधैँ काइँयो राखेको हुन्थ्यो। हातमा सुनौलो घडी, आँखामा चस्मा र औँलामा चारवटा औँठी लगाएको हुन्थ्यो। छक्कबहादुरको रूप, रङ्ग र रवाफ देखेर आइमाई र बुढाबुढी छक्क पर्थे। केटाकेटीहरू छक्कबहादुरजस्तै हुन पाए हुन्थ्यो भनेर कल्पन्थे। म पनि छक्कबहादुरको जस्तै जेबमा सानो काइँयो बोकेर ठाडो कपाल कोर्न थालेको थिएँ।

मलाई कुतूहलता जाग्न थालेको थियो। अब लीला दिदीले छक्कबहादुरका अगाडि घाँगर माथि सारेर पिसाब फेर्ली कि नफेर्ली ? मलाई देखाएझैँ सेता तिघ्रा देखाउली कि नदेखाउली ? क्रौन्च पन्छीले शिकार झम्टिन तयार भएजस्ता आफ्ना युगल स्तन उँधो पारेर देखाउली कि नदेखाउली रु यो जिज्ञासा मेरो मनमा यति तीब्र भयो कि तत्काल मलाई लीला दिदीसँग बगरे खोलामा उसले नुहाएको हेर्न जाने मन भयो। अब लीला दिदीले छक्कबहादुरको गालामा म्वाइँ खान्छे होला। मलाई सारै नरमाइलो लाग्यो।

विवाह गरेको तीन महिनामा छक्कबहादुर दाइ पुन बम्बै फर्कियो। लीला दिदी र मेरो गोठाले जीवन जारी थियो। उसको व्यवहारमा कुनै परिवर्तन आएको थिएन। घाँगरको सट्टा अब ऊ गुन्यु र चोलो लाउने गर्थी। मलाई देखाएरै पिसाब फेर्नु, खोला तर्दा कम्मरमुनिको पूरै भाग देखाउनु, चुच्चे ढुङ्गामा गुड–चामल खुवाउनुजस्ता लीला दिदीका व्यवहारमा कुनै परिवर्तन आएन।

समय कति चाँडै भागेछ। १५ वर्ष पुगेको पनि थाहै भएन। पढ्नकै लागि आमाले मलाई मधेस पठाउने हुनुभयो। मधेस जाने कुराले मेरो मनस्थिति खल्बलियो। मेरो स्वर्णिम गोठाले जीवनको अन्त्य हुनै लाग्यो त ? लीला दिदीको सानिध्य, गुड–चामल खुवाएको हातको स्पर्श, अमुक प्रेम, यी सबै यतिसम्मकै लागि मात्र थिए त रु बाजथैलमा आगोमा माछा पोलेर खाएको प्रेम, भैँसिङेको झाडीभित्रको लीलादीको न्यायो म्वाइँ, बगरे खोलाको दृश्यमोहबाट के अब म टाढिने भएँ त ?

यिनै अनुत्तरित प्रश्नले उब्जाएका संशय भावले मेरो मनमा छटपटी भइरह्यो। झोला भिरेर जाने बेलामा लीला दिदीको अनुहार अश्रुमय थियो। आँसु पुछ्दै डाँडाको फेदीमा आएर उसले भनी,
चाँडै पढेर फर्कनू ल, तँ र म पापीघाट जाउँला है ?”, मैले लीलादीको आँसु पुछ्दै भनेँ – छिट्टै आउँछु।
छुट्टिने बेलामा लीलादीले उसैगरी गालामा म्वाइँ खाई, जसरी बगरे खोलामा खाएकी थिई।
मैले मनभरि भक्कानो फुटाएर माछीगाड तरेको थिएँ।

मधेस गएर मलवारमा पढ्न थालेँ। नयाँ ठाउँ। नयाँ परिवेश। नौलो बाटो। मलाई अघि बढ्न निकै कठिन भयो। मसँग त्यहाँ लीला दिदी थिइन। चुच्चे ढुङ्गा थिएन। बगरे खोला थिएन र बाजथैल पनि थिएन। जहाँ लीला दिदी र म माझी औँलाजत्रै माछा पोलेर आधा–आधा खान्थ्यौँ, त्यो संसार अब त्यहाँ थिएन।

बराबर घरको याद आइरहन्थ्यो। अझ लीला दिदीको सम्झना र सौँराईले त मलाई पागलै बनाएको थियो। एक वर्ष जसोतसो गुजारेर म पहाड फर्किने दिनको व्यग्र प्रतीक्षा गर्न थालेँ। परीक्षाको तेस्रो प्रश्नपत्र सकेर फर्किँदा बाटोमा अचानक चन्द्रे भेटियो। भन्यो–
भर्खर पहाडबाट पुग्दै छु। खाना खाएको छैन। हिँड रौतेला तमरो कोठा काँ हो ?

ऊ मलाई रौतेलो भन्थ्यो। कोठा नपुग्दै उसले अप्रत्यासित खबर सुनायो –
लीला मैयाँका ठाकुर त स्वर्गवास भएछन्।
हँ ? के भनिस् ??
हो रौतेला, उनको स्वर्गे भएको एक मैना भैसक्यो ?
हँ, कसरी ?
ख्वै रौतेला, सुनेका कुरा हुन्। कोई भिरङ्गी लागेर मर्‍यो भन्छन्। कोई एसिड कि के‘ लागेर मर्‍यो भन्छन्। कोई चाइँ सेटकी छोरी कि जोइसँग लागेको देखेर सेटले मार्‍यो भन्छन्। मुुक्कुर कुरा चाइँ के हो ? था छैन।

उसको कुरा सुनेर मलाई आकाशबाट खस्दै छु कि जस्तो लाग्यो। खुट्टा धरमराए। मैले लीला दिदीको अनुहार सम्झेँ। कठैबरा ! लीला दिदी, म आउनुभन्दा तीन दिनअघि उसले मलाई छक्कबहादुरले पठाएको चिठी पढेर सुनाउन लाएकी थिई। चिठी पढ्दै जाँदा अन्तमा गीतमा लेखेको थियो,
असौज सरादे पुनी, भात खाइजाएई नन्नी
बम्मैका सेठकी छोरी, घर नजा भन्नी।
गीत पढेको सुनेर लीला उदास भएकी थिई। कठैबरा ! उसको अनुहार ऐले कस्तो भयो होला। मैले कल्पना गर्न सकिनँ।

भनेँ– चन्द्रे दाइ, म पनि तँसँगै पहाड जान्छु। तँ कैले फर्किन्छस् भन् त ?

अरे, रौतेला, म त बम्बै जाऊँ, भनेर आया हुँ, अब काँ घर फर्किने ? हजुर पनि पढाइमा लाग्या मान्छे। नजाइबक्स्योस् पहाड। समय सुविकाल राम्रो छैन, नजाइबक्योस्।

एक मैनापछि वर्षायाम सुरू भयो। खोलानाला बढेर तर्न नसकिने भए। लीला दिदीको अनुहार सम्झिदैँ मुटुमा भक्कानो फुटाएर वर्षाका दिनहरू काटेँ। तीन महिनाको पट्यारलाग्दो समय काटेपछि शरद्को आगमनले मौसम स्वच्छ, सफा र निर्मल भयो। स्कुलको छुट्टी हुन सायद दुई दिन बाँकी नै थियो। झोला काँधमा भिरेर लागेँ म, उकालो पहाडको बाटो। तीन दिन हिँडेपछि नौरथाको चौथो दिन घरमा पुग्न अबेर भैसकेको थियो।

लीला दिदीको मुख कसरी हेर्ने ? मलाई यही छटपटी र बेचैनी थियो। अबेर राति जानुभन्दा भोलि बिहान भेट्नु नै उचित ठानेँ। कठै ! लीला दिदी कस्तो पहिरनमा होली ? दिल दिमागमा यही कुरा खेलिरह्यो। आँगनमा पुग्नै लाग्दा गाउँका सारा मान्छे देवीथानमा जम्मा भएको देखेँ। झिसमिसे अँध्यारोमा सबैका मुखबाट मुर्मुरिएका आवाज मात्रै सुनेँ। कोही हाँस्दैनन्। कोही ठट्टा गर्दैनन्। ठूल्ठुला स्वरहरूले गाली गर्दै तलतिरबाट चार–पाँच जना आएको देखेँ।

कोही भन्दै थिए–यो गाउँकोे इज्जत नभएजस्तो भो, तरबारले छेक्नुपर्छ ती पापिष्टहरूको गर्धन !
कोही भन्दै थिए– ढिला नगरौँ। रातारात जाँदा ठूलीगाड नतर्दै वारि नै भेट्छौँ। एक–एक गर्दै बगाउनुपर्छ ठूलीगाडमा।

अर्को आवाज सुनियो –रातिको कुरा ठीक हुँदैन। भोलि बिहानै पारि गाउँका ठकुरीहरूको हुलै लगेर पापीघाटमा आगो लाउनुपर्छ।

मैले कुराको भेउ पाउन सकिनँ। ईश्वरा आन्टी, खगीसरा दिदी, पद्मिनी भाउजू र बिनाहरू बाटोको छेउमा उभिएरै कुरा गरिरहेका थिए। सोधेँ– के भयो आन्टी ?

के हुनु बा, दुःखार्नी लीलाको कर्म भन्ने कि भाग्य भन्ने ?
हैन, के भयो लीला दिदीलाई ?, म अधैर्य बनेँ।
के भनूँ भाइ ? पापीघाटका पापिष्टहरूले लीलालाई जबरजस्ती लगे।
हँ, जबर्जस्ती ? कसरी लगे ?
छ जना भूतजस्ता पापीघाटका खतुकीहरू आएका थे रे। दिउँसो मसानीडाँडामा लीलालाई भेटेर ‘तिम्रो लोग्ने छैन, कसरी जिन्दगी काट्छ्यौ ? हिँड मसँग पोइल’ भनेर एक बन्तोलाले भनेछ। रिसले लीलाले आँसीले टाउकोमा हिर्काइ अरे। रगतका धारा लागेछन् अनि सँगै आएका अरु ६ जनाले हातखुट्टा पटुकीले बाँधेर डोलीमा हालेर लगे अरे।’

‘हात हालेर अर्काकी जोई लिने चलन त खत्तम हो दिदी, हैन ?’, बिना आक्रोश पोख्दै थी।
‘जोई मात्र हो र ? कन्ने केटी पनि तानेर लैजान्छन्, पिचासहरू,’ ईश्वरा आन्टीले रोष प्रकट गरेकी थिइन्।

उफ् ! मैले कस्तो नियतिको सामाना गर्नुपर्‍यो। लीला दिदी मेरो सबभन्दा कोमल भावनासँग किन जोडिएर आई होली। मलाई पटक–पटक दुःखी बनाउन ऊ मेरो मुटुमा किन बसी होली।

भोलि बिहान बगरे खोलामा लीला दिदीसँग नुहाउन जाने मेरो सपना चकनाचुर भयो। लीला दिदीले आफू सत्र वर्षकी हुँदा मलाई देखाएको व्यवहार दोहोर्‍याउने पालो अब मेरो थियो, किन्तु सम्पूर्ण सपनाहरू समयले चकनाचुर पारिदियो। म अधैर्य भइसकेको थिएँ। लीला दिदीको पिछा गर्नुबाहेक मैले आफूलाई शान्त पार्ने कुनै विकल्प देखिनँ। दुई वर्षपछि घर फर्केको थिएँ। आमाले टाउको मुसार्नुभयो। आफ्नो दुई वर्षे वियोगको दुखान्त कथा–व्यथा आमालाई सुनाउन सकिनँ। मुटुमा भक्कानो नै फुटेर आयो। त्यो रात मलाई एक वर्षजत्तिकै लामो लाग्यो।

भोलिपल्ट शिवराज काका, शुकवीर काका, डम्मरे दाइ, गगने भुल र १०–१२ जना ठकुरीका तन्नेरीहरूसहित पापीघाटतिर हान्नियौँ। सत्र घन्टा लाग्ने बाटो आठ घन्टामा पार गर्‍यौँ। बाटोमा कोही भेटिएनन्। दिउँसो १ बजे पापीघाट पुग्यौँ। दुई जना मगरलाई असी रुप्पे दिएर नाउबाट पारि तर्‍यौँ। पापीघाटको बगरमा पुगेका मात्रै के थियौँ, आकाश खसेजस्तै लाग्यो।

पापीघाटको बस्तीमा लोग्ने मान्छे कोही थिएन। राति नै भागाभाग भैसकेछ। केवल स्वास्नी मान्छेको मात्रै भीड थियो। सयौँ आइमाईहरूको अनुहारमा एक–एक गरी लीलालाई खोजेँ। भेट्टाइनँ। सबै आइमाईहरू मौन थिए। शोकमग्न। कसैले पनि केही बोलेनन्। सबैका अनुहार मलिन र उदास थिए। आइमाईहरूको भीड छिचोलेर जब अघि बढ्न खोज्यौँ, मेरा खुट्टा धरमराए। सासको गति रोकियो। पापीघाटका हजार ढुङ्गाहरूले मुटु थिचेझैँ भयो। आँखा तिरमिराए। विश्वास गर्न गाह्रो भयो। पत्याउन मुस्किल भयो। ठम्याउन कठिन भयो।

यो कुरा म कसरी भनूँ– लीला लास बनेर भिडको बीचमा उत्तानो सुतेकी थिई।

उफ् ? सेतीको बगरमा, पापीघाटको छालमा, मेरी लीलादीलाई उत्तानो पारेर सुताइएको थियो। मेरा लागि त्यो क्षण असह्य बन्यो। कहिल्यै नआउनुपर्ने त्यो क्षण कसरी मेरा अगाडि नमेटिने यथार्थ बनेर आयो। अघि कखरा पढ्दा ‘सिलपाटी’मा लेखेर मेटेजस्तो त्यो क्षण मेरो स्मृतिपटलबाट मेटिइदिए हुन्थ्यो।

मैले सुनेँ– हिजो राति नै लीलाले पापीघाटमा हाम फाली। मुस्किलले गाउँका युवाहरूले घाटभित्रबाट लास बाहिर निकाले।

आफूलाई जबरजस्ती तानेर ल्याएको पीडा खेप्न नसकी लीलादीले पापीघाटमा हामफालेकी रै’छे।

पापिष्ट दुष्टहरूको शिर गिँडिदिने उत्तेजना एकाएक शिथिल भयो। सबैका आँखामा आँसुका धारा बग्न थाले। मेरी लीलादीको लासलाई मैले उही बाल्यमयी स्नेहका साथ अन्तिमपटक स्पर्श गरेँ। पापीघाटको छालमा, सेतीको बगरमा लीलाको कोमल शरीर, लामो केश, ठूला आँखा, गोरो अनुहार क्षणभरमै खरानी बनेर बालुवामा परिणत भयो। धुवाँ बनेर आकाशमा विलीन भयो।

उफ् ! चुच्चे ढुङ्गामा बसेर गुड–चामल खुवाएको, बाथजथैलमा माछो पोलेर खाएको, भैँसिङेको झाडीमा म्वाइँ खाएको, बगरे खोलामा नुहाउँदै भागेर पापीघाट जान अनुरोध गरेको, यी सबै–सबै लीलाका अनमोल लीलाहरू थिए। अब केवल सम्झना बनेर मलाई अधुरो र अपूर्ण बनाएर गए। उफ् ! धन्य जिन्दगी, धन्य ईश्वरको लीला !

समयले कसरी मलाई क्षणभरमै अत्यन्त निर्बल, निरुपाय र निरीह बनाइदियो। लीलाको पवित्र लासको खरानीमा माझी औँला चोपेर निधारमा लगाएँ। घाट तरिसकेपछि रूँदै वारिबाट एकपटक आफैँलाई ठिटलाग्दो दृष्टिले हेरेँ– मेरी लीलालाई निलेको पापीघाट आफ्नो नीलो लीला देखाउँदै बगिरहेको थियो।

साहित्यसंसार डट कमबमट

363 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom