सिपाहीकी स्वास्नी

शनिबार, माघ २९, २०७३

loading...

- महेश बिक्रम शाह



लोग्नेको स्वर सुनेर कमलीलाई लोग्ने नजिकै बसेर आफ्नो लामो चुल्ठोसँग खेल्दै गुनगुनाईरहको महसुस भएको थियो । तर पछि लोग्नेले ल त “फोन राखेँ है” भनेर ठक्रक्क फोन राखेपछि मात्र उनी आफ्नो तन्दा्रबाट बिउँझेकी थिईन् ।

भुकभुके उज्यालो फैलियो टोलभरि । गह्रौँ मन बोकेर कमली ओछ्यानबाट जुरुक्क उठिन् । उनले बाटातिर खुल्ने सानो झ्यालमा कोठाभित्रको गतिविधि ढाक्ने उदेश्यले टाँगेको आफ्नो लुङ्गीको पर्दालाई उठाएर छेउतिर फर्काईन् । बाटामा मान्छेहरको गतिविधि बढिसकेको छ । पर्दा झारेर उनी पछाडि फर्किइन् । उनको ६ बर्षको छोरो रोहित र दुई बर्षकी छोरी रानू एकअर्काको अँगालोमा चेप्टिएर सुतेका छन् ।

“ए रोहित, रोहित । उठ् बाबू, दोकानमा दूध लिन जाने होईन ” कमली मस्त निद्रामा सुतेको छोराको अनुहारमा हात फेरेर उसको निद्रा बिथोल्ने प्रयास गर्छिन् । रोहित चलमलाउँछ मात्र, उसको खुट्टाको चलमलाहटले देब्रे खुट्टा सिरकको च्यातिएको छेउभित्र बल्झिन पुग्छ र सिरकको खोल धर्र च्यातिन्छ ।

“सत्यानास पारिसकिस् तैँले यो सिरक । यो हिउँदमास काट्न पनि मुस्किल छ यो सिरकले, त्यसमाथि तेरा यी अपराधी खुट्टाहरु …..।” कराउँछिन् कमली । आमाको चर्को स्वरले रोहितको निद्रा भङ्ग हुन्छ र ऊ ज¥याकजुरुक उठ्छ ।

“दूध लिन जान्नस् तँ ? अबेर भयो भने दूध नपाईएला ।” कमली छोरातिर हेर्छिन्– “तँ जान्नस् भने म दूध लिन जान्छु, तँ भाँडा माझ ।” छोराले आफ्नो भनाईप्रति कुनै प्रतिक्रिया नै नजनाई ट्वाल्ल परेर आफ्नो अनुहार मात्र नियालीरहेको देखेपछि कमलीलाई झर्को लाग्छ ।

नत्र म दूध लिन जान्नँ आमा…. । ” छोराको कुरो सुनेर कमली सतर्क भईन् । उनले छोराको कमाल मुसार्दै भनिन् – “हुन्छ बाबू, सिपाही नै बन्ने है । ल, अब दूध लिन जा ।” रोहित दस रुपियाँको नोट समातेर ढोकाबाहिर निस्क्यो । ढोकाबाट बाहिरिएको आफ्नो छोरालाई हेर्दै कमली चिन्तामग्न भईन् । यौवन छँदा लोग्नेको चिन्ताले रातदिन पिल्सिरहेकी छु म । बुढेसकालमा फेरि छोराको पिरलोले

“आमा, हाम्रो बाबा कहिले आउने ?” छोराले आकस्मिक रुपममा सोधेको प्रश्नले कमली हतप्रभ हुन्छिन्, अफ्नो हातले छोराको गाला मुसार्दै भन्छिन् “छिट्टै आउनुहुन्छ तिम्रो बाबा, हिजो मात्र फोन आएको थियो । । तिमीले पनि त बाबासँग कुरा गर्यौ नि, होईन त ।” रोहितले “हो” को संकेतस्वरुप आफ्नो शिर हल्लायो तर कमली भने हिजो आफ्नो लोग्नेसँग भएका कुराहरु सम्झँदै आफ्नो कटु यथार्थसँग साक्षत्कार गर्न थाल्छिन् । “बल्लतल्ल एक बर्ष पुग्न लाग्यो कमली, अब त म छिटै तिमीहरुलाई भेट्न फर्किन्छु होला । तर कहिले सरुवा हुने हो केही ठेगान छैन । यहाँको बसाई कठिन, चुनौतीपूर्ण र खतरायुक्त भए पनि आफ्नो लोग्ने आफ्नो देश र जनताको सुख र शान्तिका लागि लडिरहेको छ भन्ने सम्झनु । तिमीसँग लामो कुरा गर्न सक्दिनँ, एक दिनको बाटो हिँडेर तिमीलाई फोन गर्न आएको हुँ म, आज नै क्याम्परित फर्किनुपर्छ ।” लोग्नेको स्वर सुनेर कमलीलाई लोग्ने नजिकै बसेर आफ्नो लामो चुल्ठोसँग खेल्दै गुनगुनाईरहको महसुस भएको थियो । तर पछि लोग्नेले ल त “फोन राखेँ है” भनेर ठक्रक्क फोन राखेपछि मात्र उनी आफ्नो तन्दा्रबाट बिउँझेकी थिईन् । लोग्नेले फोन राखिसकेपछि मात्र उनको गला भरिएको स्वर निस्केको थियो – “राम्ररी बस्नू, आफ्नो प्रानीको ख्याल राख्नू, रोहितका बा ।” टेलिफोन दोकानको दोकानदारले अचम्म मान्दै भनेको थियो – “फोनको लाईन त काटिसक्यो, कोसँग कुरा गरेकी दिदी ?”

रोहित आफ्नी आमाको गम्भीर मुद्रालाई हेरिरहेछ । आमाले बोल्न छाडेको देखेपछि ऊ ओछ्यानमाथि नै चलमलाउँछ “आमा”

“अँ किन बाबू ? तँ किन दूध लिन नजाने ?” आफ्नी आमातिर हेर्दै रोहितले रुँला–रुँला झैँ अनुहार बनायो र शिर निहुराउँदै भन्यो – “त्यो दूध पसलेले हिजो भन्दैथ्यो कि हाम्रो बाबा बसेको ठाउँमा त लडाईँ चलिरहेको छ रे । तिम्रो बाबाको के छ हालखवर ? जिउँदै त छ ?” भन्दै थियो ।

“त्यो पसलेले जिस्क्याएको हो बाबाू तँलाई । तँ कत्तिको आँटिलो छस् भनेर तौलन खोजेको हो तँलाई । आखिर एउटा वीर सिपाीहो छोरो होस् । आफ्नो बाबुझैँ वीर र आँटिलो बन्नुपर्छ तँ । ”

यति भन्दै कमलीले धोतीको फेरले आँखाबाट निस्केको आँसुलाई छोराले नदेख्ने गरी पुछिन् । “म पनि बाबाजस्तै बन्छु है आमा । बन्दुक समातेर दुस्मनलाई मार्छु ड्वाङ…ड्वाङ…ड्वाङ….।” रोहित ओछ्यानबाट उफ्रेर भुईँमा आईपुग्छ । बायाँ हातलाई बन्दुकझैँ पड्केको आवाज निकाल्छ “ड्वाङ…ड्वाङ…ड्वाङ….।”

कमली आफ्ना कानहरु थुन्छिन् । “म पनि बाबाजस्तै सिपाही हुन्छु है आमा । ” रोहित फेरि आफ्नी आमातिर हेर्छ । तर कमली एकोहोरो आफ्नो छोराको अनुहार मात्र नियाल्छिन् केही बोल्न सक्दिनन् ।

“…नत्र म दूध लिन जान्नँ आमा…. । ” छोराको कुरो सुनेर कमली सतर्क भईन् । उनले छोराको कमाल मुसार्दै भनिन् – “हुन्छ बाबू, सिपाही नै बन्ने है । ल, अब दूध लिन जा ।” रोहित दस रुपियाँको नोट समातेर ढोकाबाहिर निस्क्यो । ढोकाबाट बाहिरिएको आफ्नो छोरालाई हेर्दै कमली चिन्तामग्न भईन् । यौवन छँदा लोग्नेको चिन्ताले रातदिन पिल्सिरहेकी छु म । बुढेसकालमा फेरि छोराको पिरलोले छियाछिया हुने भएँ त म । अहँ हुन्न, मेरो छोरो सिपाही हुन्न, कदापि हुन्न । आफ्नो यस आत्मनिर्णयले कमलीको अनुहार तनावमुक्त हुन्छ ।

त्यो दूध पसलेले मेरो छोरालाई किन त्यसो भन्यो । कमली पसलेको शब्दवाणको घोचाईबाट आतङ्कित छोराको अनुहार सम्झिँदै आफ्नो वर्तमान अवस्थाको विश्लेषण गर्न थाल्छिन् । हुन पनि केही महिनादेखि टोलवासीहरुको आफूप्रतिको व्यवहारमा परिवर्तनको गन्ध पाउँछिन् उनी । पसलमा किनमेल गर्दा वा कहीँ बाहिर जान डेराबाट निस्क्यो भने वरपर बसेका मान्छेका आँखाहरुले पछ्याउँछन् उनलाई । ती आँखाहरुमा आफूप्रति एक प्रकारको आश्चर्य, कौतुकता, जिज्ञासा र सहानुभूति भेट्छिन् उनी ।

कमीली सोच्छिन्– “तिनीहरुका आँखामा आश्चर्यको भाव देखिनुको कारण मेरो लोग्ने रणभूमिमा युद्धरत छ र म कसरी यो पीडा सहेर बाँचिरहेकी छु भन्ने हुन सक्छ । यो युद्धले मेरो जीवनमा के परिवर्तन ल्याउँछ भन्ने सोचका कारण कौतुकताको भाव उम्रेको हुन सक्छ भने मेरो जीवन जिउनुको सार्थकातभित्र तिनीहरुको जिज्ञासा सलबलाएको हुन सक्छ र सहानुभूति, आह ! कति पीडादायक छ यो सहानुभूतिको भाव । म सिपाहीकी स्वास्नी हुँ र मेरो लोग्ने लडाईँको मैदानमा छ, त्यसैले उम्रेको होला तिनीहरुका आँखामा मप्रति सहानुभूतिको भाव । तर मलाई किन सहानुभूति ! जसको लोग्ने आम जनताका लागि भोक प्यास पनि नभनी लडिरहेछ उसकी श्रीमतीलाई सहानुभूति ! सहानुभूति त तिनीहरुलाई जसका लोग्नेहरु बाँचेर पनि मरेतुल्य छन् ।” मनको भडास निकाल्छिन् कमली ।

मनमा विभिन्न तर्कनाहरु खेलाउँदै कमली सुतिरहकी छोरीलाई त्यत्तिकै छाडेर बाल्टिन उचाली धारामा पानी लिन जान्छिन् । धारामा दोस्रो तलामा डेरा गरी बस्ने भन्सारको मुखिया लोकबहादुरकी श्रीमती रमलासँग ठोकिन्छिन् उनी । एकअर्काका आँखाहरु जुध्छन् । कमीलीका रुझेका आँखाहरुमा अदृश्य पीडा लुकेको छ भने रमालाका आँखामा भने कमलीले सधैँ अन्यका आँखामा भेट्ने गरेको कौतुकता, आश्चर्य र सहानुभूति लबालब भरिएर बाहिर तर्र चुहिने तरखरमा छ । रमलाका आँखाको भाव पढेर कमलीको जीउ सिरिङ्ग हुन्छ । हरर काँडा फुल्छन् जीउमा उनको ।

“तपाईँको लोग्नको के सम्चार च नि ? त्यहाँ निकै खतरा छ भन्छन् ।”

“अँ हजुर ।” यी दुई शब्दहरको उच्चारणपश्चात् कमलीको गला अवरुद्ध हुन्छ । उनका आँखाका नानीमा भोक–प्यासले निन्याउरो अनुहार लाएर गाउँ जङ्गल चहारिरहेको लोग्नेको अनुहार मात्र फनफनी नाच्न थाल्छ । आँखाबाट आँसुका टलपल थोपाहरु अब झर्लान् तव झर्लान जस्तो हुन्छ ।

उहाँ फर्किन अब थोरै दिन मात्र बाँकी छ । कमली आफूलाई सामान्य देखाउने प्रयास गर्छिन् । अरुका अगाडि असहाय र पीडितका रुपमा प्रस्तुत हुन मन पर्दैन उनलाई ।

“ए, राम्रै भो । नत्र त त्यहाँ बिजोगै छ भन्छन् । तपाईँले जे भने पनि त्यो ठाउँ त खतरायुक्त नै हो ।” मुखिनीको दोस्रो संवादले यही भावार्थ झल्काउँछ ।

रमलाको एकोहोरो प्रलाप मन पर्दैन कमलीलाई ।

“हामीलाई मात्र त्यस्तो लाग्ने हो, फौजीका लागि त सामान्य हुन यी कुराहरु, अरु पनि यस्तै भन्छन् । कमली रमिलाको भनाईको प्रतिवाद गर्न खोज्छिन् । ”

“राम्ररी बस्नुहोला, भोलि त हामी यो डेरा छाडेर आफ्नै घरमा सर्दै छौँ ।” यति भन्दै मुखिनी पानीको घैँटो समोतर आफ्नो बाटो लागिन् ।

कमलीको मनमा अनेक तर्कहरु खेल्न थाल्छन् । आफ्नी स्वास्नीलाई बेसहारा छाडेर, आफ्ना बच्चाहरुलाई अलपत्र पारेर मेरो लोग्नेले मात्र किन यो देश र जनताका लागि भनेर लड्नुपरिरहेको होला ? यो रमलाको श्रीमान् किन लड्न नजाने ? यो देश उसको पनि हो र उसले पनि सरकारको नुन खाएको छ । हाम्रा लोग्नेहरु दुवै जागिरे, रमलाको पोल्टाभरि हाँसोका खित्काहरु तर मेरो अँजुलीभरि आँसुका हिक्काहरु किन ? किन ? कमली आफैँ प्रश्न गर्छिन आप्नो मनसँग तर गहकिलो र चित्तबुझ्दो जवाफ पाउन सक्दिनन् ।

धारावाबाट पानी लिएर फर्कदासम्म रोहित उठिसकेको थियो । ऊ रोईरहेकी बहिनीलाई काखमा राखेर फुल्याईरहेको थियो । आफ्नी आमालाई देख्नेबित्तिकै रोहितले भन्यो “आज पनि त्यो दूध पसले तिम्रो बाबुको के छ हालखवर ? भनी भन्दै थियो ।”

“के जवाफ दियौ त ?”

“मैले भनेँ मोरो बाबा त केही महिनामा नै फर्किनुहुन्छ, त्यसपछि म बाबाको बन्दुक समातेर जानेछु र शत्रुसँग लड्नेछु…ड्वाङ…ड्वाङ…ड्वाङ….।”

सुन्तलीका विचारले दिग्भ्रमित पार्छ कमलीको भावनालाई । कसैलाई लोग्ने कहिले फर्केला भन्ने चिन्ता छ, कसैलाई भने लोग्ने नफर्किदिए हुन्थ्यो भन्ने आशा छ । मान्छेका कति धेरै भिन्न भिन्न आकाङ्क्षाहरु ।

छोराको साहिसिलो र गर्विलो जवाफले कमलीको अनुहारमा दृढ विश्वासको आभा तैरियो र उनले मनमनै सोचिन् “यस्तो छोराको बाबुले त्यो लडाईँ जितेर नै आउनेछन् । कसैले हराउन सक्दैन उनलाई । त्यसपछि के भन्यो त्यो पसलेले ?” कमलीको मनमा उत्सुकता जाग्छ ।

“केही भनेन, मेरो अनुहारमा ट्वाल्ल परेर हेरिरह्यो मात्र ।” रोहिको आत्मविश्वासपूर्ण स्वर घन्क्यो कमलीका कानमा । “स्याबास छोरा । अब त्यसले कहिल्यै पनि तँलाई हेप्न सक्नेछैन । ” कमलीको स्वरमा दृढता झल्किन्छ ।

कमली दूध उमाल्नका लागि स्टोभमा आगो बाल्ने जोहो गर्न थालिन् । उनले कोठाका सम्भावित ठाउँहरुमा सलाई खोजिन् तर पाउन सकिनन् ।

“म एकैछिन सलाई किनेर ल्याउँछु है बा ।” यति भन्दै कमली सलाई किन्न पसलतिर लागिन् । डेराबाट बाहिर निस्कनेबित्तिकै उनले कर्के आँखाहरुले आफ्नो वरिपरि नियालियन् । छिटपुट मान्छेहरु थिए तर तिनीहरु आफ्नो कममा व्यस्त थिए । ढुक्क भईन् कमली ।

“सन्चै हुनुहुन्छ ?”

पछाडिबाट आएको आवाजले झस्किन् कमली । उनले पछाडि फर्केर हेरिन् । सुन्तली बिस्तारै हिड्दै उनीतिर नै आईरहेकी थिई ।

ठीकै छ । दबेको स्वर निस्कन्छ कमीको गलाबाट । “अँ, एउटा कुरा सोध्न मन लागेको थियो, तपाईँको श्रीमानको के छ नि खवर ? उहाँ खटिएर गएको ठाउँमा त रातदिन गोली, बारुद र बमको आवाज मात्र सुनिन्छ भन्छन् नि । ” सुन्तलीको सोधाईमा जिज्ञासा, कौतूहल र व्याकुलता छिपेको छ ।

“छैन त्यस्तो केही । उहाँ त ठीक छ भन्नुहन्थ्यो । ” कमलीले टाउको झुकाएर जवाफ दिईन् ।

“होईन, त्यसो नभन्नोस् । खतरा छ रे त्यो ठाउँ । कुन बेला आक्रमण हुने हो र कुन बेला मारिने हो भन्ने केही थाहा हुन्न रे । बरु सरुवा चाहिने भए भन्नुस्, मेरो एक जना मन्त्रीज्यू हुनुहुन्छ । उहाँलाई भनेर सरुवा मिलाईदिउँला । मेरो श्रीमान्लाई अरब पठाउने पनि उहाँ नै हो ।”

कमलीको अनुहार सपाट देखिन्छ, त्यहाँ भावपरिवर्तनका कुनै चिन्हहरु दृष्टिगोचर हुँदैन ।

सुन्तलीका आँखमा हेर्दै उनी भन्छिन् “होईन, अब उहाँलाई त्यहाँ बस्नुपर्ने थोरै महिना मात्र बाँकी छ । मेरो लोग्ने लडाईँको मौदानबाट फिर्ता आए पनि अर्की हामीजस्तै स्त्रीको लोग्ने त्यहाँ जानुपर्छ भन्ने कुरा भुल्नु हुन्न हामीहरुले ।”

कमलीको अनुहारमा उच्च मनोबलयुक्त आभा देखा पर्छ । “त्यो त हो, तर, आ ! अर्काको लोग्नेको केको चिन्ता नि तपाईँलाई ? आफ्नो लोग्ने र आफ्नो परिवारको मात्र भलो सोच्नु् र दुनियाँको चिन्ता मानेर हातमा केही लाग्नेवाला छैन ।”

सुन्तलीका कुराले कमलीलाई हतप्रभ बनाउँछ । “मेरो लोग्ने अरब गएको दुई बर्ष भो, अझ पाँच बर्ष बस्नुस् भनेकी छु मैले । यो देशमा बसेर के नै लछारपाटो लाग्छ र । टन्न पैसा कमाएर गमक्क परी बस्ने हो ।”

सुन्तलीका विचारले दिग्भ्रमित पार्छ कमलीको भावनालाई । कसैलाई लोग्ने कहिले फर्केला भन्ने चिन्ता छ, कसैलाई भने लोग्ने नफर्किदिए हुन्थ्यो भन्ने आशा छ । मान्छेका कति धेरै भिन्न भिन्न आकाङ्क्षाहरु । मेरो लोग्नेको ठाउँमा सुन्तलीको लोग्ने भएको भए के ऊ त्यति बेला पनि अहिले सोचेझैँ सोच्थी होला त । दिग्भ्रमित कमली झन् किङ्कर्तब्यविमूढ बन्छिन् ।

कमलीलाई कुन बेला पसलमा पुगेँ, कुन बेला सलाई किनेँ र कति खेर घरमा फर्केँ भन्ने ध्याउन्न रहेन । रोहितले जब आमा, बहिनीलाई भोक लाग्यो जस्तो छ, अघिदेखि रोएकीरोयै छ भनेर जनाउ दिन्छ तब मात्र कमली आफू घर पुगिसकेको थाहा पाउँछिन् । बाटामा अरु एक दुई जनाले पनि उनलाई बोलाएझैँ लाग्छ तर उनले त्यसमा ध्यान दिन सकिनन् । उनको मनमस्ष्किमा सुन्तलीको सुनका गहनाले लादिएको रुप नाचिरहेको थियो । लोग्ने आफूबाट टाढा भए पनि कसरी खुसीपूर्वक आफूलाई राख्न सकेकी छ सुन्तलीले । म किन सुन्तलीझैँ हुन सकिनँ ? उनको मनमा यस्तै तर्कनाहरु झुलीरहन्छन् ।

स्टोभमाथि दूध उमाल्ने भाँडो बसालेर उनी भाँडा माझ्न थालिन् । प्रत्यक्षतः उनी भाँडा माझिरहेकी भए पनि उनका आँखाहहरु पटक पटक झ्यालबाहिर चियाउन पुग्छन् । “आज लिखुरे आएन ? ” उनको मनले साउती गर्न थालेको छ ।

“आजको समाचार रोल्पामा बम बिस्फोटन, थुप्रै मान्छे हताहत । पत्रीका किन्नुस् फटाफट…..।” भाँडा माझिरहेकी कमलीका हातहरु टक्क रोकिन्छन् । उनी दोड्दै झ्याल नजिकै जान्छिन् । उनको कोठाको ठीक अगाडि चिया पसल छ । चिया पसलमा सँधै बिहान चिया खानेहरुको भीड लाग्ने गर्छ । त्यो मान्छेको जमातमा सबै जना हुन्छन् – जागिरे, बेरोजगार, किसान, मजदुर , माग्ने, स्कुल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु, शिक्षकहरु र अवकाशप्राप्त जागिरेहरु ।

तिनीहरुको प्राय ः रुटिन रहने गरेको छ लिखुरेले ल्याएका पत्रिकाहरु कुनै किनेर पढ्नु, कुनै नकिनेर नै आँखापन गर्नु र तत्पश्चात् छापिएको समाचारका सम्बन्धमा लामो बहस गर्नु । प्रायः कुनै पनि बहसको टुङ्गो नलाग्दै त्यो भीड ततरबितर हुने गर्छ । आज पनि लिखुरेले पत्रिका ल्याईपुर्यएको छ । आजको समाचार सनसनीपूण छ, तसर्थ सबै जना पत्रीकामाथि ओईरिएका छन् महमाथि कमिलाहरु खनिएझैँ ।

कमली झ्यालभित्रबाट बाहिरको सम्पूर्ण गतिविधि नियालीरहेकी छन् । यस अवधिमा उनको श्वासप्रश्वास बढेको छ भने मुटुको धड्कनको गति झन् तीब्रतर हुँदो छ ।

“विद्रोहीहरुले फेरि रोल्पामा सुरक्षा फौजको खडामाथि आक्रमण गरेछन् । विद्रोही र सिपाहीहरु दुवैतर्फ हताहत भए रे । कति हराईरहेका पनि छन् रे ।” एक जना चस्माधारी जो टाउको झुकाएर पत्रिका पढिरहेको थियो उसले उक्त खवर सबैमा सम्प्रेषण गर्यो । “हो हामीले भनैकै थियौँ कुन दिन फेरि आक्रमण हुन्छ भनेर ।”

एउटा अधबैँसे व्यक्तिले आफ्नो पूर्वानुमानको पुष्टि भएकोमा नाक फुलायो । “रोल्पामा मात्र होईन, देशका अन्य भागहरुमा पनि भिडन्त र बम विस्फोटहरु भएछन् । एक ठाउँमा घरका सबै सदस्यहरुको एकै चिहान भएछ भने अर्को ठाउँमा चार जना सिपाहीहरुलाई बन्धक बनाएर लगेछन् ” विद्रोहीहरुले पत्रिका पढिरहेको व्यक्तिले थप समाचार ठूलठूलो स्वरमा सुनायो सबैलाई । “खत्तम भो यो देश । बरबाद हुन थाल्यौँ अब हामीहरु । यहाँ अब बिस्तारै गृहयुद्ध सुरु हुन्छ र हाम्रो देश बोस्निया बन्न बेर छैन ।” एउटा अवकाशप्राप्त बूढो व्यक्तिले निधार खुम्च्याउँदै चिन्ता जाहेर गर्यो । “तपाईँलाई किन यस्तो चिन्ता बाजे ? तपाई आपफ्ँ लड्न जानुपर्ने होईन क्यारे । आपफूलाईलाई भने कोही मरुन, कोही बाँचून्, केही मतलब छैन । एक महिनापछि अमेरिका जाँदै छु । यहाँ यस्तै भईरह्यो र स्थिति सुध्रेन भने त्यहीँ सेटल गर्नुपर्ला । ” एउटा युवा व्यक्ति आफ्ना हातहरु जिन्स प्यान्टको पछाडिको खल्तीमा घुसाउँदै कुल्र्यो ।

“ठीक छ, भाई त पैसावाल मान्छे अमेरीका जाने तर जहाँ यो लडाई भईरहेछ त्यहाँका गरीब र शोषित जनताहरु कहाँ जाने हँ ? केही सोच्नुभएको छ यस सम्बन्धमा ?” एउटा बेरोजगारजस्तो देखिने व्यक्तिले युवकको विचारप्रति असहमति प्रकट गर्यो । “आज यी अवोध, निर्दोष र शान्तिप्रिय जनताहरु हतियार बोक्ेनहरुसँग डराएका छन् । हतियार बोक्नेहरुले सोचेका छन् यो देशको वर्तमान तथा भविष्यका शासकहरु तिनीहरुमात्र हुन् । तर भोलि जनताहरु स्वयम् हतियार बोक्नेहरुबाट डराउन छोडे भने त्य समय झन् कति भयावह र बीभत्स होला ?” एउटा पढेलेखेको झैँ देखिने अधबैँसे व्यक्तिले चिन्तातुर भावमा आफ्नो भावना पोख्यो । निजको भावनाको समर्थन गर्दै नजिकैको कुर्सीमा बसेर चिया पिईरहेको अर्को व्यक्ति चिया पिउन छोडेर चर्को स्वरमा बम्क्यो “नेपाली नेपालीबीचको यो हत्या र आतङ्कको लिससिला कहिले बन्द हुने हो ? कहिले ? यो सत्ताको लडाईँमा निर्दोष र निमुखा नेपालीहरुको रगतले हाम्रो हिमनदीहरु कहिलेसम्म रङ्गिने हुन् ? उफ । यो मेरो देश सुन्दर शान्त । विशाल । कहाँ गयो यो उपमा ?”

उता भने कमलीलाई चिया ग्राहकहरुको बहस बोझिलो र क्लिष्ट हुँदै गएको महसुस हुन्छ । उनी तिनीहरुका चिन्ताले ग्रसित तर उपल्लो स्तरका कुराहरु बुझ्न छाडिछन् । एकछिनको कुरा गराईबाट उनी यो समाचारग्रहण गर्न सक्षम हुन्छिन् कि घट्ना रोल्पामा घटित भएको छ र त्यो लडाईँमा मान्छेहरु पनि मारिएका छन् । उनको सम्पूर्ण शरीरमा त्रासदीको कम्पन छाउँछ । उनको मुटु जोडजोडले धड्किन थाल्छ । ऊ यो घट्ना जाजरकोटमा घटित भएको भए जहाँ मेरो लोग्ने छ, जहाँ हाम्रो सम्पूर्ण आशा, भरोसा र जीवनको धुकधुकी छ ? कमलीको मन हलुङ्गो भएको छ, यस कारण कि जाजरकोटमा यो घट्ना घटित भएको छैन । तर उनको कमलो हृदयमा यो चेतनाको स्फुरण हुन्छ –“घटना जाजरकोटमा नभई अन्यत्र घटेको भए पनि नेपालमा नै भएको छ र त्यो लडाईमा आफ्नो जीवन गुमाउनेहरुका पनि मजस्तै महिला होलान्, तिनका पनि मेरा झैँ बालबच्चाहरु होलान् । त्यो कमली पनि पलप्रतिपल मझैँ आतङ्कको प्रतिछायामा धुकचुक सास फेरिरहेकी थिई होला । उसका बालबच्चाहरु पनि मेरा रोहित र रानूझैँ आफ्नो बााबो बाटो हेरेर बसिरहेका थिए होलान् । अहिले तिनीहरुको आशा र विश्वासमा कति ठूलो बजपात भएको होला ? यति खेर यो पीडादायक क्षणमा कसरी आफ्नो मुटुलाई सम्हालेको होलान् तिनीहरुले ?” कमलीका आँखाबाट बरबरी आफ्नी आमालाई आफ्ना साना हातहरुको अँगोलोमा बेर्न आईपुग्छ ।

“हाम्रो बाबालाई के भो आमा ?” अबोध रोहितको शुष्का स्वरमा निस्केको बुज्रुक प्रश्नले कमलीको मुटुमा भक्कानो छु्ट्छ ।

“तिम्रो बाबालाई केही भएको छैन मेरो बाबू, तर तिमीजस्तै अरु रोहित भने टुहुरा भएका छन् आज … । ” यति भन्दै कमली झ्याल बन्द गर्छिन् मानौँ उनी अब आतङ्कका ती समाचारहरुबाट भाग्न चाहिन्छिन् ।

रोहितको अनुरोधमा धेरै दिनपछि कमलीले खीर पकाईन् । रोहितले कपाकप दुई बटुका खीर रित्यायो । तर कमलीले खीरमा डुबाएका आफ्नो हातमा औँलाहरुले खीर टिपेर मुखमा हाल्न सकिनन् । उनले खीरका सेता सिताहरुमा रातभर नसुतेको, भोको र निन्याउरो अनुहार लगाएको आफ्नो लोग्नेको आकृति देखिन् । “तिमी भोको रहेर म कसरी यो खीर मुखमा हाल्न सक्छु, रोहितका बा । ” कमलीले फरि भक्काको छोडिन् ।

दिउँसो कमलीका आमा बाबु छोराीको हालखवर थाहा पाउने अभिप्रायले डेरामा टुप्लुक्क आईपुग्छन् । आफ्नो मन व्यथाको मरुमा छटपटाएर पिल्सिरहेका बेला आमा बाबुको आगमनले अचानक शीतल जलको झरी बर्सेझैँ लाग्छ कमलीलाई ।

“छोरी, आफ्नो मनलाई थाम्न नसकेर हामी तँकहाँ आएका हौँ ।” कमलीका बाले गला खकार्दै आफू अपर्झट आउनुको स्थिति खुलस्त पार्ने प्रयास गरे ।

कमली केही पनि बोलिनन्, मात्र छोरीलाई काखमा च्यापेर शून्यमा टोलाईरहिन् । “ज्वाईँको हालखवर के छ नि छोरी ? हिजो राति मात्र रोल्पामा घटना घटेको छ । थुप्रै मान्छेहरु मरे भन्छन् । यो बुढेसकालमा हामी बूढाबूढी त ज्वाईँ र छोरीको चिन्तैचिन्ताले मर्ने भयौँ, छोरी ।” आमाको पीडा छचल्एिर बाहिर पोखिन्छ । कमली भने मनभित्रको अथाह व्यथालाई मनभित्र नै दबाउने असफल प्रयास गर्छिन् । आफ्नो वेदनाको पोको खोलेर आफ्ना मातापितको चहर्याएको घाउमा नुनचुक छर्केर घाउँलघाउलाई अझ पीडादायक र असहनीय बनाउन चाहिनन् उनले ।

“करिब तीन महिनापछि हिजो मात्र फोन आएको थियो । म राम्रै छु, अब फर्किने बेला पनि भयो भन्दै हुनुहुन्थ्यो । दिनहरु राम्रा छैनन् । कहिले कहाँ के हुने हो कुनै भरोसा छैन । ज्वाईँलाई केही भयो भने (भगवानको कृपाले केही नहोस्) तेरो के हाल होला, छोरी । यी दूधमुखे बालबच्चाको अवस्था के होला भन्ने तर्कनाहरु मनमा उठिरहन्छन् । जति सम्झाउन खोजे पनि सम्झिँदैन यो मन ।” कमलीका बा आफ्नो चिन्ता र वेदना प्रस्तुत गर्छन् छोरीका अगाडि । आफ्नो बाबा व्यथित शब्दहरुले कमलीको हृदय छियाछिया हुन्छ ।“ त्यसो नभन्नोस् बाबा । उहाँ आपफ्ना लागि नभई आफ्नो देशका लागि लडिरहनुभएको छ ।” कमलीको स्वर गम्भीर बन्छ र अनुहारमा आत्मविश्वासको रङ्ग पोतिन्छ । “के हाम्रा ज्वाईँ मात्र यो देशका नागरिक हुन् र छोरी ? के हाम्रा ज्वाईँ मात्र त्यस्ता व्यक्ति हुन् जसले सरकारको नुन खाएका छन् ? देश र जनताको भलाईका लागि लड्नुपर्ने नै भए सबैले लड्नुपर्छ, नत्र यो देशको शान्ति र सुरक्षाका लागि तिमीले मात्र रातदिन किन आँसु चुहाउनुपर्ने ? ”
कमलीका बाबाको स्वर चर्को र कठोर हुँै जान्छ । उनको अनुहार रक्तिम भएको छ र शरीरमा उत्तेजनाको लहर छ ।

“म एउटा सिपहीकी स्वास्नी हुँ, बाबा । यस कारण मेरो धर्म भन्छ कि …। ”

“सिपाहीकी स्वास्नी हुनुको नियति यो होईन कि तिमीले आफ्नो लोग्नेको पीरमा आफ्नो यौवनका यी सुन्दर क्षणहरु आँसुमा डुबाएर बिताउनुपरोस् । मेरो ज्वाईँले युद्ध लडेर के बढी पाएको छ जुन यस देशका अन्य राष्ट्रसेवकहरुले युद्ध नलडेकोमा कम पाएका छन् । तिम्रो यो साउने झरी बनेको आँसुको व्यथा, वेदना र पीडा तिमीबाहेक कसैले अनुभूत गर्न सक्देन, छोरी । मलाई डर लाग्छ कि हामीहरु दिनप्रतिदिन संवेदनाहीन बन्दै गईरहका छौँ । यो एक भयङ्कर त्रासदीको अशुभ लक्षण हो मेरी छोरी ।” कमलीका बाबाका आँखाबाट पनि दुई थोपा आँसु चुहिँदै गालामा झर्छ ।

“हजुरका गहिरा कुराहरु मेरो सानो दिमागमा घुस्न सकेनन् बाबा । मलाइ यत्ति थाहा छ, मेरा श्रीमान् देश र जनताका लागि लड्ने एक वीर सिपाही हुनहुन्छ । उहाँको बीरताप्रति मलाइ गर्व छ बाबा ।”

कमलीको मानसपटलमा राईफल बोकेर कुद्दै गरेको लोग्नेको तस्बिर टल्किन्छ । उनी आत्मगर्वले भावविभोर बन्छिन् । “एउटा नेपालीले अर्को नेपालीलाई मारेर के वीरता र पौरख गर्यो भनूँ छोरी ? यो दिग्भ्रमित समयको एक गलत व्याख्या मात्र हो ।” कमलीका बाबा शून्यमा टोलाउँदै गुनगुनाउँछन् । अन्ततः उनलाई लाग्छ, छोरीका अगाडि आफ्नो मनको पीर निकालेर समस्याको निकारण हुने होईन । उनी पुनः यथार्थवादी बन्छन् र आफ्नी छोरीलाई हिम्मत र आँट काम राख्दै वर्तमान परिस्थितिमा बाँच्नका लागि हौसला राख्ने प्रेरणा दिन्छन् । तर कमलीलाई अनुभूत हुन्छ, आमा बाबुको आगमनले उनको हृदयमा दमित भएर रहेका पीडाका चराहरु पङ्ख फटफटाउँदै बाहिर निस्केका छन् । उनलाई आजकाल, यी अर्ती, उपदेश, सुझाव, सान्त्वनाहरु पनि जीवनको रुटिनझैँ लाग्न थालेका छन् । हरेक दिन हरेक मान्छेबाट व्यक्त विचारको श्रवणले उनी आजित भईसकेकी छन् । यीि सुझाव र विचारहरुले उनको पीडालाई कम गर्नुको सट्टा झन् बल्झाउँदै लगेको प्रतीत हुन्छ ।

अपरान्हतिर छोरीलाई ढाडस दिँदै कमलीका बा आमा आफ्नो घरतिर लागे । आफ्ना बा आमाले दैलो नाघिसकेपछि कमलीले आफ्ना दुई बच्चालाई काखमा च्यापेर बलिन्द्र धारा आँसु झारिन् ।

दिउँसो फेरी दुई चार जना नातेदारहरु आए कमलीलाई भेट्न । तिनीहरुले पनि कमलीको व्यथामा थप व्यथा थप्दै भने– समय खतरनाक छ, रोहितका बुवालाई आफ्नो जीवनको ख्याल गर्नु भन्नू ।

तिमीले हौसला राख्नू । केही हुँदैन, चिन्ता नलिनू, केही परे हामी छौँ, हामीलाई खवर गर्नू…. आदि –आदि । कमलीले सधैँझैँ आज पनि शिर झुकाएर तिनका प्रलापहरु सुनिन् र तिनीहरु प्रस्थान गसिकेपछि फेरी फौजी बर्दीमा सजिएको आफ्नो लोग्नेको तस्बिरलाई ओठले चुम्दै गहलाई भिजाईन् । साँझपख एक जनाले रोहितका माता पिताले गाउँबाट पठाएको चिठी कमलीका हातमा राखिदिँदै भन्यो – “छोराको चिन्ताले बूढाबूढी साह्रै गल्नुभएको छ । के कस्तो समाचार छ, चिठीमा लेख्नुहोला । म पर्सि गाउँ फर्किदै छु ।” कमलीले सासू ससुराको चिठी पढिन् । चिठीमा कतै पनि खुसी, हाँसो र रहर भेटिनन् उनले । चिठीमा साु ससुराको आँसु, व्यथा, वेदना, आतङ्कको त्रास र भय, पीडा, चीत्कार अक्षरमा परिवर्तित भएर उनलाई प्रतिप्रश्न गरिरहेका थिए – “हाम्रो छोराको खवर के छ बुहारी ? रोहितका बा, म त्यति अशक्त र लाचार छैन जो युद्धभूमिमा लडिरहेको आफ्नो लोग्नेको वीरतालाई भुलेर रातदिन आँसु चुहाऊँ । तर यी आफ्ना भन्ने मान्छेहरु नै मेरो आत्मविश्वासलाई पलप्रतिपल छिन्नभिन्न पारिदिन्छन् । किन रोहितका बा ? ” पहाडमुनि डुबेको सूर्यलार्य हेर्दै कमलीले करुण चीत्कार गरिन् ।

लिखुरले बिहानै पत्रिकाको चाङ ल्याईपु¥याएको छ चिया पसलमा । आज पनि सधैँझैँ भीड उर्लेको छ । लिखुरे जोडले कराईरहेको छ –“बिद्रोहीद्वारा जाजरकोटमा सिपाहीको अखडमाथि हमला, अब देशमा के होला ? दुवैतर्फ हताहत, पत्रिका किनेट पढ्नुस फटाफट ।”

“ओहो आज राति जाजरकोटमा भीषण यद्धु भएछ ।”

“हो, थुप्रै हताहत भएछन् ।”

“हाम्रो टोलमा डेरा गरी बस्ने सिपही पनि त त्यहीँ खटिएको छ नि । थाहा छ तिमीलाई ?”

“त्यही के रोहितको बा ।”

“ए, हो र । के उनी पनि सहित भएछन् ?”

“नाम हेर्दै छु म ….. ।”

“नाईँ ।” कमली जोडले चिच्याउँदै उठ्छिन् । उनी पसिनाले निथ्रुक्क भिजेकी छन् । फोक्सो र मुटुको गति असामान्य छ । उनले चारैतिर हेरिन्, कोठामा जिरो वाटको बत्ती बलिरहेको छ । दुई बच्चाहरु दुई किनारमा आमातिर कोल्टे परी सुतेका छन् ।। उनी जुरुक्क उठ्छिन् र झ्याल नजिक गएर पर्दा उठाएर बारितिर हेर्छिन् । बाहिरको परिवेश अन्धकारमा डुबेको छ । त्यहाँ न त लिखुरे नै देखिन्छ, न त चिया पसल, न त्यहाँ सँधै उर्लने गरेको भीड नै देखिन्छ । यो सपना साँच्चै नै बिपना भएको भए ? कमली सिपाहीको बर्दीमा मुस्कुराईरहेको लोग्नेको तस्बिरलाई काखीमा च्यापरेर भक्कानो छोड्दै रुन्छिन् । आमाको करुण क्रन्दनले बच्चाहरुको निद्रालाई खलबल्याईदिन्छ । बच्चाहरु पनि कोकोहोलो गर्दै उठ्छन् । यस चिच्याहटमा रोहितको काँपेको स्वर गुन्जिन्छ– “हाम्रो बाबालाई के भयो आमा ? ”

(यो कथा महेश बिक्रम शाहको कथा संग्रह सिपाहीकाी स्वास्नीबाट साभार गरिएको हो ।)

1358 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

bajaj dashain offer
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv