एक रात नर्सको कोठामा

साहित्यपाटी : कथा

शनिबार, भदौ ३, २०७४

loading...

- नवीन अभिलाषी



उ एप्रोनमा अझ बढि सुन्दर लाग्छे । अझ मास्क लगाएको बेला लुकि लुकि पुलुक पुलुक गर्ने आँखाहरु झनै सुन्दर लाग्दा हुन । तर उस्को सौन्दर्य पिञ्जडामा हुन्छ सधै ।

किनकी आँखामा गाजल पर्नु हुदैन– ड्युटिको बेला । सिरु पाते ओठहरुमा लिपिस्टिक वा चिपिस्टिक केही दल्नु पनि हुदैन । अर्थात कुनै मे–कप गर्नु हुदैन । उस्लाई त्यहि सिकाईएको छ – कोर्ष पढ्दै गर्दा । अझ महत्वपुर्ण कुरा नर्स पढ्दै गरेका केटिहरुले अस्पतालमा रहदा अर्थात प््रयाक्टिसको समयमा कपाललाई समेत खुल्ला छाड्नु हुदैन । सबै केटिहरुले जस्तै उस्ले पनि कपाललाई जुरो बनाउछे । कपाल जुरो बनाउनेहरुको घाटी अग्लो मानिन्छ । त्यसमा अझ बढि सुन्दर लाग्छे – उ । किनकी मलाई अग्लो घाटी भएका केटीहरु मन पर्छ । अग्लो घाटी भएकाहरुको अनुहार टक्क मिलेको भान हुन्छ मलाई । सायद अस्पताल जानु अघि धेरै पटक हेर्छे उस्ले आफ्नो अनुहार ऐनामा । तर उ आफैलाई त्यति बेलाको अनुहार मन पर्दैन होला । किनकी विधुवाको जस्तो लाग्छ । नितान्त सेतो कपडामा ।
म भन्छु –‘तिम्रो अनुहार त रातै हुन्छ ।’

एक दिन कुनै बेहोस भएको विरामी अस्पतालमा आईपुगेछ । उपचार गरीएछ उस्को । विरामीको होस खुल्नै लाग्दा पुरा मे–कप गरेकी, कपाल छोडेकी, लाली पाउडर लगाएकी नर्समा पहिलो नजर परेछ त्यस विरामीको । त्यस पछि त त्यो विरामी फेरी ‘स्यूट’ भएछ । त्यसदिन देखि नर्स पढ्दै गरेका सबै केटिहरु ‘सिम्पल’ भएर ड्यूटिमा जानु पर्ने भएछ । यो कुरा उसैले सुनाएकी ।

विरामीलाई झनै विरामी बनाउने त्यो नर्स कति नराम्री थिई होला । मलाई सोची सोची हाँस्न मन पर्छ ।

मेरो जीवन… न छेउ छ न टुप्पो भएको । कहिलेकाही अर्काको जीवन देखेरै रमाउन मन पर्छ । आफ्नो केहि भए पो मन रमाउन लायक । साच्चै केहि छैन । शहरले अध्यारो बर्कि ओढीसकेको छ । तर कोलाहल बढि नै छ वरपर । मान्छेको चहलपहल पनि उस्तै । घोराहीको महायज्ञ स्थल साँझको समय । मान्छेहरु भजनमा नाचिरहेका छन । उस्ले अनुहार छोपेकी छ, दुई आँखा मात्र देखिने गरी । कुनै मुस्लिम मुलकी युवती जस्तै देखिएकी छ उ । उस्का आँखा मंगोलियन मुलका छन । तर परेली बढो सुन्दर लाग्छ मलाई । उस्लाई भनेको पनि छु । उ हाँसी मात्र । कुर्तामा छे उ । सधै जिन्स र टिसर्टमा देखेको उस्लाई कुर्ता सलवारमा देख्दा कस्तो नराम्री नराम्री देखिएकी ।

उस्को कपालको सुगन्ध मेरो नाकको सुरुङ भित्र पस्यो । उस्को शरीरमा हल्का कपडा थियो । त्यो कपडाले म भित्रको पुरुषोत्तम जगाईरहेको थियो । तर म एउटा पुरुष मात्र थिईन ।

भित्रै देखि प्रेम गरेको छु उस्लाई तर हैसियत उस्लाई प्रेम गर्ने त के ? उस्को घरमा काम गर्न बस्ने खालको पनि छैन मेरो । तर रहरहरु धावनमार्ग मै छन । गुड्न र उड्न चाहिरहेका छन । सपनाहरु अझै रंगमञ्चमा छन । नयाँ नयाँ दृश्यहरु प्रर्दशन गर्न लालायीत छन । मेरो र उस्को दिन भरको ब्यबस्तताबाट भागेर जिन्दगीको यो साझमा एउटा सानो याद सजाउ भन्ने लागेर उस्कालाई बोलाएको थिए । भेट हुन । उस्लाई देखेपछि धेरै धेरै थोक पोखिएको महसुस हुन्छ जिन्दगीको झोलाबाट । उ पोखिएकी कुनै पात्र हो मेरो रहरको ।

कोठामा ताल्चा झुण्डाएर आएकी छ उस्ले । त्यो ताल्चा पीङ खेल्दै छ होला यतिबेला ।
‘खाना खाएकी छैन ।’ पातलो कम्मर समाएर उ बोल्छे ।

‘आज संगै खाउनँ त होटेलमा’ तर उस्ले मानिन । म फुर्सद हतारमै र हतार फुर्सदमै बाँच्ने एउटा अर्धबेरोजगार केटो । हामी छुट्टियौ सहिदगेटबाट । हातमा रहेको सामसुङ ग्गालेक्सी हेर्दै उ तुलसीपुर चौक तिर लागि कोठा तिर । कालो रंगले उस्लाई ननिल्दा सम्म नियालीरहे मैले ।

बाटो छिचोल्न निक्कै गारो । धेरै नै गारो । जिवन जति मुलधारमा रहेपनि बाटो हिड्नै गारो हुने । बाटो र यात्राको मान्यता र औचित्य यसैमा अर्थपुर्ण हुन्छ होला । उस्को कोठा हरीयो रंगको छ । भित्तामा अडेस लाग्यो कि कमिज भरी हरियै रंग लाग्ने । एउटा खाट केहि किताबहरु छन मोटा मोटा । म दुब्लो मान्छेको लागि ति किताबहरु चुनौतीपुर्ण पहाड जस्ता लाग्छन । उ नाँच्ने कोठा हो यो । उस्का हत्केला, पाउहरुले छुने भाँडाहरु, किताबहरु र धेरै धेरै थोकहरु छन् यँहा ।

नजिकैको घरमा एउटी केटि बस्छ जस्ले निक्कै चियो चर्चो गर्छ । उस्लाई डर छ आफ्नै नैतिकताको । म पुरुष मानिएको मान्छे उस्को कोठामा यो रातको छातीमा टेक्दै आउनु हुदैन । तर मनले छुट्टीनै मानेन । कम्तीमा यो रात एउटा अविस्मरणीय होस् । समझन लायक होस् उस्ले पनि यस्तै सोची होला सायद । मैले के सोचेँ त्यो भन्न मिल्दैन । एउटा केटा मान्छेको सोच ।
‘तपाईँ खाटमा सत्नुस्, म भुईमा सुत्छु ।’ कपाल मिलाउदै भन्छे ।

उस्ले संगै सुतम् किन भनिन ? म चै उस्को घाटमा किन सुत्नुपर्ने ? सुतिन । सुत्नलागि आएको हो र म सुत्नको लागि मेरै गोठ जस्तो कोठा छ नी । त्यसैले सुतिन । सुत्न भन्दा पनि मलाई उस्को कुरा सुन्न र धेरै थोक भन्न मन थियो ।
भुतको जन्ती हिड्ने समय हो यो । ठिक १२ बजे । यति ठुलो घरमा आज उ र म बाहेक कुनै चल्ने प्राणी छैनन । तर हामी नचलेर बसेका छौ । मात्रै मुख प्यार – प्यार पारेर । भुतको कुरा ग¥यो कि कानमा औला हालेर बस्छे । डरले । केटिको मुटु पनि कत्रो हुन्छ कुन्नी ? भन्न लागेको थियो र छाम्न मन लागेको थियो – ‘खै खै तिम्रो मुटु कहाँ नेर छ ?’ तर भनिन ।

हात्तिपाईले रोग विरुद्धका औषधी एक प्याक राखेकी थिई कोठामा । जुकाका औषधीहरु पनि थिए । भर्खरै अभियान सकिएको छ ।
‘यहि औषधीको नास्ता गछौ ?’ उस्ले खित्का छोडेर हाँस्न थाली । कम्ती मिठो छैन उस्को हाँसो । रेकर्ड गरेर राख्नु पर्ने म्युजियममा ।
‘अँ कराईमा फ्राई गरेर खान्छु ।’ उस्को जवाफमा झन धेरै हाँसो थियो तर म त्यति धेरै हाँसिन । म हासो हराएको मान्छे । हरिबंश आचार्यको त चिना मात्र हराएको हो ।
औषधीसंग प्रेम भएकी मान्छे भने होईन उ । औषधीको गन्ध उस्लाई दुर्गन्ध लाग्छ । तर कमसेकम विषका कुरा गर्दीन । त्यसैले उ बाट धेरै आसा हो । मेरो जीवनलाई पनि औषधी खुवाओस । सडक पेटीबाट उठाएर मेरो जीवनलाई तातो पानी खुवाओस । रात विस्तारै छिप्पीदै छिप्पीदै हिडिरहेको छ । उस्को नाम हिड्नु संग बढि सम्बन्धीत हुन्छ ।
‘विरामीको हातमा सुई रोप्न लास्टै राम्रो लाग्छ ।’ उस्ले नयाँ बोली मेरो लागि – ‘तर कहिलेकाही नशै भेटिदैनन् र कस्तो झ्याउ लाग्छ भने ।’
‘राम्रो संग सुई रोप्न त ढंग हुनुप¥यो नी ?’ मैले भने ।
उस्ले मुख बङग्याई । उसलाई मन नपरेको उस्को आफ्नै बानी तर मलाई बहुत मन परेको उस्को मुख बंग्याउने शैली । मन पराउने र नपराउने कुरा निजि जीवनको शैलीले प्रभाब पार्छ । उ छटपटिईरहेकी छे । कहिले तल मेरो नजिक बस्छे । कहिले खाटमा बस्छे । कहिले पानी पिउछे । कहिले बाथरुम बस्छे ।
‘तिमीहरु मान्छेको शरिरलाई प्रयोगशाला बनाउछौ ।’ सुई रोप्ने सन्दर्भलाई मैले निरन्तरता दिएँ । उस्ले आँखा ठुलो बनाई ।

‘कहिलेकाही त विरामीले कम्ती वाक्क बनाउछन । रिस उठ्छ सुईमा विष भरेर लगाई दिउ जस्तो लाग्छ ।’ – प्वाक्क बोली । अघि सम्मको सपनालाई एका एक आणविक बम खसेको हिरोसिमा र नागासाकी बनाई । मैले आफ्नै नियति भनेर आफैलाई सम्झाए ।

‘जिउ भारी बुद्धि डाडापारी हुनेहरु यस्तै गर्छन ।’

ओरालो लागेको रात । समय छोटो हुदै गयो मान्छेको आयु जस्तै । केहि समय पछि म यो कोठाबाट निस्कनु पर्ने छ उज्यालो पुर्वको डाडाबाट नटेक्दै । उस्को कापीमा उस्का अक्षरहरु हेरे । झुण्याईएका कपडाहरु छन जो कपडा उ विना विर्जिब लाग्छन । अर्थात सबै सबै बस्तु उ विना निर्जिब लाग्छन । तर उस्ले छोई भने सबै सजिब भएको महसुस हुन्छ । उ मेरो नजिक थिई मोबाईलमा फोटोहरु हेर्दै गर्दा राती साडे तिन बजे तिर लाईन हिड्यो । लोडसेडिङको अनुहार लिएर हिड्यो कोठालाई एकाएक अध्यारो बनाएर । अब कोठामा हाम्रो आवाज मात्र बाकि रह्यो ।

अब चै कथाको विषय फेरीयो । उस्को कपालको सुगन्ध मेरो नाकको सुरुङ भित्र पस्यो । उस्को शरीरमा हल्का कपडा थियो । त्यो कपडाले म भित्रको पुरुषोत्तम जगाईरहेको थियो । तर म एउटा पुरुष मात्र थिईन । तर उस्को शरिरको सुगन्धले बशमा रहन दिदैन । मैले उस्लाई आफ्नो नजिक ताने । उस्को ओठको स्पर्श थाहा पाए । त्यो भन्दा बढि लेखिएन कुनै रंगहरु । उस्को र मेरो नैतिकताले दिएन । मेरो त के उस्को नैतिकताले दिएन । यो अध्यारो जिन्दगीको एउटा पाटो हो । जँहा थुप्रै रहस्यहरु हुन्छन । भन्न खोजे भन्दा पनि फरक । बोल्न खोजे भन्दा पनि फरक । बताउन खोजे भन्दा पनि फरक धेरै धेरै फरक कथा र पात्रहरु हुन्छन अध्यारो भित्र । उस्को र मेरो विचमा पनि एउटा रहस्य थियो त्यो ।

म निस्किए । उस्को कोठाबाट । उस्को स्पर्शबाट टाढिएँ । जुत्ताको टक टक आवाज छोडेर निस्किए । फेरी यस्तै रात आओस नआओस् कुनै प्रबाह भएन । मैले प्रेम गर्ने एउटी केटिको पोल्टोमा पोख्न चाहन्थे केहि सुकुमार यादहरु । जो यादहरु यस्ले बारम्बार सम्झना सकोस् । कुनै जमानामा म भएको महसुस होस । होला नहोला त्यो जे होला ।
उस्ले पढि या पढिन मैले उस्को कापीमा लुकेर लेखेका केही शब्दका थुंगाहरु । जुन थुंगाहरुमा मेरो मुटुका केहि स्पन्दनहरु थिए । भेटि या भेटिन । मेरो चिरा चिरा परेका सपनाहरुको भग्नाबशेष । ति सपनाका टुक्राहरुले उस्को जीवनमा उस्को रहरमा उस्को दैनिकीमा के फरक पार्ला । म कुनै बाटोमा भेटिएको एउटा निम्छरो मान्छेको रहरले ।।

549 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv