हराउँदै गरेको मानवता

लघु कथा

शनिबार, चैत्र २४, २०७४

- रम्भा पौडेल



“हेर नानी !
दोश्रो विश्वयुद्घमा लडेर हामीले नेपालको नाम संसारलाई चिनायौं । नेपाल आफै विश्व युद्घमा सामेल नभए पनि हामीले बेलायतको तर्फबाट लड्यौ । बेलायतको बफादार सिपाही भएर नेपालीले आफ्नो बहादुरी देखाए । यो युद्घमा दुई लाख पचास हजार नेपाली सिपाहीले भाग लिएका थिए ।”
जीवनका पचासी बसन्तपार गरिसकेका रनवीर बाजेले चुरोटको लामो सर्काे तान्दै धुवाँलाई माथितिर उडाउँदै भन्दै गए ।
“हाम्रो बहादुरी देखेर विश्व थर्कमान भयो । तिमीलाई थाहा होला, नेपाली सिपाहीका बारेमा भनिएको यो कथन, æi can send my army to fight any troops of the world, but my heart shivers when i hear the name of Gorkhali soldiers.Æ (“म आफ्नो सेनालाई संसारको जुनसकै पल्टनसंग भिडाउन सक्छु तर गोर्खाली सैनिकको नाम सुन्नेबित्तिकै मेरो मुटु थर्र काम्छ ) ।

“यही हाम्रो बहादुरीको फाइदा नेपालका राणा प्रधानमन्त्रिले उठाए । बेलाायती फौजमा काम गर्ने हरेक नेपालीको टाउको गन्तीको हिसाबले राणा प्रधानमन्त्रीले कमिशन पाउँथे ।

कति नेपालीले यो लडाएमा ज्यान नै गुमाए भने कयौं घाइते भए । युद्धमा घाइते भएर देश फर्केका र ज्यान गुमाएकाहरुलाई बेलायती सरकारले क्षतिपूर्ति दियो ।

नेपाली सैनिकहरुको बहादुरी देखेर बेलायती सरकारले “गोर्खा पल्टन” कायम ग¥यो । यसरी नेपालीहरु बेलायती सेनाको औपचरिक अंग समेत बने । अहिले बेलायती सेनामा काम गर्ने नेपालीहरुले सेवा सकिएपछि पेन्सन खाने भएका छन् र त्यसैको फाइदा अहिले सम्म नेपालीले पाइरहेका छन । यी हेर नानी मेरो यो दरवार जस्तो घर । यो पनि मैले त्यहीँको कमाइले बनाएको हुँ ।”

सैनिकहरुको पोसाकसंग मिल्दोजुल्दो हरियो रंग लगाइएको त्यो भब्य घर हेर्नेबित्तिकै कुनै सैनिकको होला भन्ने अनुमान गर्न सकिन्थ्यो । घर वरिपरि सुन्दर बगैचा थियो । त्यसमा फुलेका रंगीचगी फूल अनि त्यो सफा र सुन्दर वातावरणले जोकोहीलाई पनि लोभ्याउँथ्यो । एउटा सभ्य र भब्यसस्कृतिको पहिचान पनि गराउँथ्यो ।

उनले भन्दै गए — “मैेले यही पेशाको कमाइले छोराछोरीलाई राम्रो स्कुलमा पढाएं । आज उनीहरु विश्वको जुनसुकै ठाउमा गएपनि काम गर्नसक्ने योग्य नागरिक बनाएको छु । सबै आ–आफ्ना पेशामा छन । अब त म बुढो भैसकें ।” आफ्नो हातमा रहेको चुरोटलाई देखाउदै उनले भने— “यो चुरोटजस्तै मेरो जीवन पनि छोटिदैछ ।”

तीनै बाजेलाई एक वर्ष पछि मैले वीरअस्पतालको काउन्टरमा फेरी भेटदा उनको रुप फेरिइसकेको थियो ।

वीरअस्पतालको टिकट काउन्टरमा भेटिएका बाजेका आँखाका छाला झुन्डिएका थिए । लौरो टेकेर थरथर काम्दै उनी काउन्टरतिर हात बढाउँदै थिए । त्यो देखेर मैले “ए बाजे तपाई एक्लै आउनु भएको हो ?” भनी सोधें । म पनि आफैलाई पेटको कोखा दुखेर जचाउन गएकी थिएँ ।
उनले भने– “हो, म एक्लै आएको ।”
“तपाईका छोरा छोरी कोही आएका छैनन् ?”
उनले लामो सास तान्दै भने– “कोही आएका छैनन् नानी, म एक्लै आएको छु ।”
“किन एक्लै त ?”
उनले निन्याउरो मुख लगाउँदै भने – “अहिलेका छोराछोरीलाई कहाँ फुर्सद छ र ? सबै आ–आफ्नै काममा ब्यस्त छन् । म बुढालाई हेर्ने फुर्सद कसलाई छ र ? कोही विदेशमा छन् । बुढीले छाडेर गइसकी । जागिरमा जानेलाई मैले नै दुख दिन चाहिन नानी । त्यसैले म एक्लै आएको । मैले उनको शरीर शिरदेखि पाउ सम्म नियाल्दै हेरे । उनका हातहरु हल्लिरहेका थिए, शरीर थर्थरी कामीरहेको थियो । यो देखेपछि म भित्रको मानवता जागेर आयो । हैन मैले यिनलाई सहयोग गर्नै पर्छ । अनि मैले विरामी बस्न बनाइएका बेन्चतिर देखाउदै भने– “ए बा, तपाई यता बस्नुस । टिकट मैले काटिदिन्छु ।”

उनी बिस्तारै बेन्चमा बसे र मलाई मायालु आँखाले हेरे । मानौं म भित्र उनले आफ्नी विदेशीएकी छोरीको छायाँ देखिरहेका थिए । मैले जतिपटक उनलाई हेर्थें उनले पनि मैतिर एकोहोरो हेरिरहेका हुन्थे ।
उपारचार गराईसकेपछि उनलाई एक्लै छाडिदिन मनले मानेन ।

म फेरी उनकै पछि लागेर घर सम्म पुरयाउने सोच बनाउँदै आफंैसंग प्रश्न गर्न थालें । हामी नेपालीहरु आफ्ना सन्तानका लागि मरिमेटछौ । पढाउछौ, हुर्काउछौ । आफूलाई मेटेर पनि उनीहरुकै लागि सबै चिज सर्मिर्पत गर्छाै । किनकि हाम्रो रगतमा स्वार्थ छैन । जे गर्छौं सन्तानकै लागि गर्छाैं । सन्तानको सुखमा नै हाम्रो सुख लुकेको छ । तर आज यी बुढाबालाई हेरेर मेरो मनले लक्ष्मीप्रसाद देवकोटको कवितालई दोहोर्याउदै थियो ।

भन्छन सवै सुख ,सुख त्यो कहां छ ?
आफू मिटाई अरुलाई दिनु जहाँ छ ।

यो कविताको सार कहां छ अहिले ? आफ्नै सन्तानले पनि मायालाई पैसासंग साट्दा रहेछन् । नभए किन यसरी यी बुढा बालाई एक्लै छाड्थे र ? सन्तती हरेक बा आमाको लागि सहारा बन्नुपर्छ । यो नेपाली संस्कृती पनि हो । हाम्रो संस्कृती अभैm मेटिएको छैन । मैले सोचेँ म यी बाजेलाई यीनकै घरसम्म पु¥याउछु र एक्लै छाडेकोमा मेरै छोरछोरीलाई जस्तै यिनका सन्तानलाई हप्काउछु । किनकि म नेपाली हु । नेपाली बा आमाले दुख पाएको म देख्न सक्दिन । आफूलाई जन्माउनेहरुप्रतिको दायित्व हरेकले पुरा गर्नै पर्छ । नभए त भोलि यो गति सबैले भोग्नै पर्दछ । सरकार गैरजिम्मेवार छ । युवा पिढीलाई विदेश जाने अनुमति खुरुखुरु दिदैछ । देशमा जनशक्तिको अभाव बनाउँदैछ । गाउँघरमा बुढाबुढीहरु वेसहारा बन्दैछन् । राज्यले यस्ता बुढाबुढीको कुनै बन्दोबस्त गरेको छैन ।
मैले भने– “बा, जाउँ अब ।”
उनले भने– “कता जाने नानी ?”
“तपाइको घर ।”
उनले खुसी भाव दर्शाउदै अनुहार उज्यालो बनाए । हामी रत्नपार्कबाट काँडाघारी उनको घरतर्फ लाग्यौं । उही सैनिक पोसाकको रंगसंग मिल्दो त्यो भब्य घर, जहां ती बाको मिहिनेत र शान–सौकतका दृश्य मात्र बाँकी थिए । रनबीर बाको सुखदुख र बिसाउने चौतारी भत्किएको थियो । न त त्यहां मैले भनेजस्तै हप्काउने छोराछोरी नै थिए । सुनसान बंगलामा बालाई छोडेर म बिदा भएँ । बाका गहिरा आखाले फेरि पनि आफ्नै छोरी खोजीरहेका देखिन्थे । उस्तै गहिरा मायालु आखाले मलाई हेरिरहेका थिए । दूई बजि सकेछ । झसंग हुँदै फेरि वीर अस्पताल जानकालागि रत्नपार्क जाने गाडी चढेँ । म पर पुगुन्जेल रनबीर बाले हात हल्लाइरहेका थिए ।

1577 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank