अन्नारोभियाः एउटा अव्यक्त प्रेम !

कथा

शनिबार, साउन २१, २०७४

loading...

- नवीन अभिलाषी ।



अब अन्नारोभियाले कपाल बाटेको हेर्न मन छ मलाई । अहिले सम्म उस्ले कपाल बाटेको देखेको छैन । हमेशा उस्को कपाल आकाशको बादल जस्तो हुन्छ । फुक्का । कालो कपालमा कैलो कलर गरेको । त्यो कपाल धागोले बाध्दा उ कस्तो देखिन्छे ? मलाई खुब हास्न मन लाग्छ यो सम्झिदा ।

पहिलो पटक देख्दा उ शोफामा थिई । बसिरहेकी । मोबाईलमा आखाहरु जोतेर । मानौ सवस्र्व त्यहि मोबाईलमा हराईरहेको छ र उस्ले त्यहा खोजिरहेकी छे । त्यो बेला पनि उस्ले कपाल छोडेकी थिई । कपालले उस्को छातीमा छोईरहेको थियो । हो छात्तीमै । जो बर्जित ठाउँ हो हेर्न पनि । तर आफ्नै कपालले छोए केहि हुन्न जस्तो । हुन त आफ्नो मान्छेले छोए पनि केहि हुन्न सायद ।

मलाई चिन्नु अगाडी नै उस्ले चिनेकी थिई । मैले ल्याण्डलाईनमा फोन गर्दै गर्दा उस्ले मलाई प्रत्यक्ष चिनेकी थिई । उस्ले प्रत्यक्ष भेट गर्दा म म जस्तो थिइन् । फरक स्वरुपमा थिए । उस्ले चिन्दा म आवाजहरुले बनेको मानिस थिएँ तर अहिले म अक्षरहरुको मानिस छु । समय यति फास्ट हिड्छ कि के भन्नु ? सकिन्थ्यो भने म चाहन्थे कि समय भन्दा पहिले गएर कतै यसलाई पर्खिनु र फेरी यसकै अगाडी दौडिनु । तर आज हामी अघोषित कुनै नयाँ सम्बन्धमा छौँ । त्यो सम्बन्ध उस्लाई पनि थाहा छ । मलाई झन बढि । तर उस्ले बोल्न सकेकी छैन । र मैले पनि खोल्न सकेको छैन । भन्नाले मनका कुरा ।

म अन्नारोभियाको लागि सर थिएँ । म नवीन सर । कुनै पनि दिन लाग्थ्यो सर हुन निक्कै गाह्रो छ । मैले पनि उस्को नामको पछाडी जि लगाएर बोलेँ । त्यो समय उ खुब घमण्डी थिई । र म उस्को नजरमा । उ कम बोल्थी त्यसमा पनि म संग । हुन सक्छ म बोल्न लायक मान्छे कम थिए । म लमहीमा थिएँ । घोराही आउने गाडीहरु खोजिरहेको थिएँ । म के कारण त्यहा पुगेको थिएँ थाहा छैन । तर यो थाहा छ त्यहा एउटी केटि बोरामा कटहर बोकेर बस कुरिरहेकी थिई घोराही आउन । जस्लाई मैले चिनेको थिएँ ।

उस्ले नमस्ते भनेर हात जोडिसके पछि मैले आर्शिबाद नदिई नमस्ते फर्काए । हामी एउटै बसमा उभिएर घोराही आयौँ । घोराही आईपुग्दा नपुग्दै उस्ले उस्ले मेरो मोबाईल तानेर फोन हानी । हामीले नम्बर साट्यौँ । त्यो केटी अन्नारोभियाको साथी थिई । त्यो पनि नजिकको ।

खुब चञ्चलले । चकचके । प्याच्च बोल्ने खालकी केटी । तर राम्री ।

उस्का धेरै कुराहरु म भन्न सक्दिन । उस्को घनिष्टता यसरी बढ्यो मानौँ हावा पनि त्यति तोडल चल्दैन । दिन दुई गुणा रात चौगुणा । छिनछिनमा फोन । एसएमएस । त्यो सब के कारण थियो मैले अहिले सम्म जानेको छैन । उ हरेक बाहना बनाएर अफिसमा आउथी । कहिले हामी संगै भेट्थ्यौ साथीहरुको माझमा । त्यो भिडमा अन्नारोभिया समेत हुन्थी । त्यो समय म अन्नारोभियाका आँखाहरु हेर्थे खुब सुन्दर लाग्थे । मानौ गहिरा सागर हुन । र म मरुभुमिको कुनै मानिस जस्तो नदेखिने मानिस हुँ । जो हाम फाल्न आतुर छु ।

त्यो केटि अब रातमा पनि आउन थाली मेरो विस्तारामा । र कुरा गर्न थाली । फोनमा । मैले सोच्थे यो हतार के को लागि ? यो रफ्तार कहा सम्म पुग्नको लागि ?आखिर दुर्घटना निक्कै नजिक थियो । हामी अहिले सम्म एकअर्कालाई दुस्मन सम्झिने गरी छुट्टीयौँ । सायद् फेरी बोलचाल जीवन भर नहुन पनि सक्छ । यो कथा हो मानिसहरुको । नबोल्नको लागि, देखेर पनि नभेट्नको लागि मर्नु पर्छ भन्ने छैन । अहम्ले सबै तयार पार्छ ।

त्यसपछि मलाई बग्न दिईन अन्नारोभियाले । म बगिजाने पानी थिएँ । उस्ले रोकी । मलाई कम सानो कुरा थिईन । किनकी उ यसैमा राम्री थिई । अनुहारले मात्र हैन सुन्दर । उस्का पाईलाहरु हिडेका बाटाहरु पनि पवित्र भएजस्तो । उस्ले हेरेको जुन कहिल्यै निरास हुदैँन जस्तो । त्यसपछि हामी अनौपचारिक रुपमा नजिक भयौँ ।
उस्को नम्बर भएर मेरो फोन भएजस्तो । उ यो शहरमा भएर यति भब्य भए जस्तो ।

जव जव रात पर्छ । अनि सुरु हुन्छ एउटा भयानक आत्मियता । सुन्दरता र रोचकता । प्रेममय जादुले बोल्छे उ । घडिले जवरजस्त १० बजाउदा नबजाउदै उस्को नम्बरको आगमनको संकेत दिदै गीत गाउछ । कैले म आफै भब्य रातलाई चिरेर नम्बर डायल गर्छु । गहिरो निन्द्राबाट ब्युझिएर उस्ले मेरो फोन रिसिभ गर्छे ।
‘तपाई मेरो साथी हैन ।’

उस्ले मलाई साथी भन्दा माथी सम्झिन्छे । तर के सम्झिन्छे ? त्यो आफैलाई थाहा छैन या भन्न सक्दैन । उ मलाई खुब प्रेम गरे झै गर्छे । सायद गर्छे पनि होला । किनकी उस्को मनको कालो सुरुङ भित्र पस्न सकिदैन । उस्को अचाक्ली प्रेम म संग पनि छ । मानौ यो जिन्दगी अब उस्को लागि मात्र हो । हुन त हिजो जीवनमा आएकाहरुको लागि पनि त्यस्तै लाग्थ्यो – यो जीवन उसैको लागि हो ।

संसारमा धेरै मान्छेहरु छन । तर सबै आफ्ना हुन सक्दैनन् ।
आज उस्को जन्मदिन । भन्नु पर्ने शुभकामनाका शब्दहरु मैले म्यासेजमा लेखि पठाईसकेको थिए । त्यसको प्रतिउत्तर पनि उस्ले तुरुन्तै दिएकी थिई खुब खुशी भएर । त्यसमा म खुशी नहुनुपर्ने कारण नै के थियो र ? म पनि भैदिएँ । त्यो १२ बजे आधा रातमा सुत्न छोडेर खुशी हुनु पर्छ प्रेममा ।

घोराहीका केहि गिफ्ट पसलहरु पुगेँ । उस्लाई सुहाउने खालको उपहार खोज्नु थियो मलाई ।
एउटा पसलमा भेटेँ । त्यो थियो । म्युजिक सहितको पानी जहाज । धेरै हद सम्म मैले त्यो गिफ्ट सुट हुन्थ्यो । काठले बनाईएको । सुन्दर पानी जहाज त्यो । त्यसलाई सजाई मात्र राख्न सकिन्थ्यो । र छोए बज्थ्यो । तर पानी थिएन । पानी त समय थियो । जो देखिदैन थियो । पानी जहाज आफैमा जिन्दगी थियो । जो स्थिर देख्न सकिन्थ्यो तर त्यो नजानिदो पाराले मानौ हिडिरहेको कल्पना गर्न सकिन्थ्यो । र त्यो प्रिय अझ कर्णप्रिय धुन आफैमा जीवनको सुन्दरता थियो । त्यो संगै मैलै एउटा कृत्रिम गुफावको फूल राखेँ । त्यो गिफ्ट मैले घोराहीको सहिद गेटमा उस्लको फुल जस्ता हातहरुमा थमाई दिएको थिएँ ।

गिफ्ट उस्को हातमा थमाउदा म रित्तो थिईन । उस्को अनाहक प्रेमले म पुलकित थिएँ । हजारौँ सपनाहरुले भरिएको स्वप्निल मानिस भैसकेको थिएँ म । के म भाग्यमानी थिएँ । म भाग्यमा विस्वास त गर्दिन तर उस्लाई जीवनको यस्तो नजानिदो चोकमा भेट्न पाउनु भाग्यको करामत किन हैन ?

अन्नारोभिया । आज म देखि दुई किलोमिटरको दुरीमा बसेर मलाई अबैध प्रेम गर्ने एक अपराधी केटी हो । उस्लाई रिसाको देखेको छु । भोगेको पनि छु त्यो समय । जिद्दी केटी केहि हो केहि हैन । फोनमा धेरै पटक भनेको छु । मर्नुको कुरा । पहिले मृत्यु देखि डराउथी ऊ । तर अचेल बोल्छे । ‘म पनि संगैमर्ने हो तपाईसंग ।’ जीवन कति भयानक डरलाग्दो हुन्थ्यो होला उस्को मृत्युले । कति रित्तो र मसानघाट लाग्थ्यो होला ।
‘नवीन…’
‘नवीन….’
एक साँझ ८ नबज्दै फोन गरी र एक तमासले उस्ले मलाई बोलाई रहि । मैले त्यसको जवाफमा बोलीरहेँ । उस्को आवाजमा केहि सामान्यपन हटेर असामान्य भैसकेको थियो । उस्को जिव्रोले एउटा मिठासपन थपिने गरी शब्दहरु उच्चारण गरीरकेको थियो । त्यसमा पनि म आफुलाई नामले सम्बोधन गरेको खुब मन पर्छ । तर उस्को आवाजले मलाई झसंग बनाई सकेको थियो । मलाई डर लागिरहेको थियो । उ किन यसरी बोलिरहेकी थिई ? मलाई अचम्म समेत लाग्दै थियो । उस्ले मलाई सधै तपाई हजुर भनेर कुरा गर्थी । तर त्यो दिन उस्ले मलाई तिमी भनिरहेकी थिई । बोल्दा बोल्दै उस्ले त भनेर बोली । मलाई खुब सुन्दर लाग्यो ।

खासमा उस्ले रक्सी पिएकी थिई ।

‘लिसन टु मी नवीन, तिमी म्यारिड हो । सो ब्याड, आई एम अनलक्की गल । म निक्कै दुखि छु ।’ अन्नारोभिया मातेकि थिई । मलाई बोल्न दिईरहेकी थिईन । आफु मात्र बोल्न खोजीरहेकी थिई । अरु दिन उस्लाई सुन्न मात्र मन पथ्र्यो । सेन्टी कुराहरुलाई उस्लाई खास मन पर्दैन थियो । जोकहरु उस्लाई सुनाउनु पथ्र्यो । मैले भन्थे । ‘तपाईको त कमल गाउँलेहरु जस्ता संग विहे होस ।’ उ हाँस्थी । तर त्यो दिन खुब प्रेमले बोलीरहेकी थिई उ । ‘आई लभ यू नवीन । तिमीलाई मैले खुब माया गर्छु । तर तिमी म्यारिड हो यार । कसरी म्यानेज गर्छौ त्यो त आफैले भन ?’

म आफैमा गम्भीर तर लोफर थिएँ । तर उस्ले खाएको रक्सीले उस्को भित्री कुराहरु खुले । उस्ले अरु दिनमा भन्न नसकेका कुराहरु त्यो साँझ खोली । भनी कि उस्ले मलाई प्रेम गर्छे ।
तर दुःखको कुरा उस्ले अर्को दिन विहानै फोन गरेर मलाई सरी भनि ।
आज उ मेरो अगाडी छे ।
तुलसीपुर चौकबाट उठाएर उस्लाई रेष्टुरेन्टमा पु¥याएको थिएँ ।
फिका ग्रिन कलरको आउट जकेट । निलो जिन्स । कपाल उस्तै छोडीएको । चस्मा र मोबाईल टेबलमा राखेकी छ । पाश्र्वमा बजिरहेको छ कुनै अलोकप्रिय गित । तर बढो सुन्दर मिठो र मधुरसपुर्ण गीत । त्यसो त अन्नारोभियाको आफ्नै आवाज गीत थियो । संगीत थियो । कफी खाईसकेका थियौं । अब हाम्रो अगाडी विरयानी थियो । उस्ले मेरो प्लेटमा आफ्नो भागको केहि थपिसकेकी थिई । त्यो दिन मैले खाना खाएको थिन विहान । तर उस्लाई देखि सके पछि म अघाईसकेको थिएँ ।

मैले दुई वटा प्लेटको विरायानी एउटैमा मिलाए । अनि खाँयौँ संगै । विरायानी राखेको उस्को प्लेट उस्ले लगाएको जकेट संग मिलेको थियो । उस्ले धेरै मज्जाका कुराहरु बोलिरहेकी थिई । हामीले अब एक घण्टा विताईसकेका थियौँ । कुरा गर्दा गर्दै कति पटक म धेरै कुराहरुले ठोक्किएर म पुरै टुक्रा टुक्रा हुन्थ्ये । कति पटक पुरै प्रेमिल र कति पटक पत्थर । मानौ मलाई केहि भएकै छैन । ठिक ठाक छु ।

र उस्लाई फर्किन हतार थियो । किनकी त्यो भेट छोटो समयको लागि थियो । एकदम छोटो । तर मैले फेरी अर्को कफि अर्डर गरेँ । कफिको कप हामीले लगाएको डे«स संग मिल्थ्यो । सायद त्यो संयोग थियो ।उस्लाई उठ्न मन थिएन । बस्न मन थियो । र मलाई पनि । तर हामी उठ्यौँ । उस्लाई उस्को बाटोमा छोडेर म मेरो बाटोमा आएँ । सायद हाम्रो नियती यहि नै हो । हामी आआफ्नो बाटोमा हिड्नु पर्छ ।

त्यहि बाटोमा थिएँ म । सानो मोबाईल थर्कियो । जो भाईव्रेसनमा थियो । त्यो फोन श्रीमतीको थियो । उठाँए । आवाज मेरो छोरीको थियो । उस्ले खुब मायालु स्वरमा भन्दै थिई । ‘बाबा मलाई केक ल्याईदिनु होला ।’ मैले फोन राखेँ ।

453 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank