उ र मेरो दोष !

कथा

शनिबार, बैशाख १६, २०७४

loading...

- राजिव घिमिरे



भाउजु, Company चाहिन्छ भने भनौं है ।’

यो सुन्ने बित्तिकै मेरो होस ठेगानमा रहेन । रिसले कान राता भए । उठेर एक चड्कन लगाउन पनि सकिन । उ अझै म तिर हेर्दै थियो । कसरि सकेको होला भन्न । मेरो रिस बढ्दै गयो । मैले उसको त्यो कुटिल हेराई सहन सकिन । सोफा बाट जुरुक्क उठें ।

‘तपाईं आफ्नो बाटो जानुस’ यति मात्र भन्न सके ।

मेरा आँखि भौं माथि उठेका थिए । नाक का पोरा ठुला भएर, आफ्नै सास को तातो अनुभव भईरहेको थियो ।

‘भाउजुले गलत बुझ्नुभयो, मैले त्यसरि भनेको होईन। ‘ उ कुरा मिलाउन थाल्यो ।

म प्रचुर रिसले उभिईरहें । एकछिनको मौनतापछि उ आफैं ढोका तिर लाग्यो ।

‘मैले त्यो मनसायले भनेको होईन, भाउजुले बढि बुझ्नु भयो ।‘

यति भनेर उ गयो ।

म निकै बेर त्यसरी नै उभिइरहे । कुनै भाव change पनि भएन । एकोहोरो हेरि रहें ढोका तिर । एकोहोरो ।

निकैबेर पछि, अलि खुकुलो भयो । एसो हेरेको कुर्थाको शल सोफाबाट खसेको रहेछ । त्यसलाई उठाए । आफ्नै निधार छामेको, पसिना चिट चिट रहेछ । त्यहि शल ले पुछें । अनि गएर ढोका लगाए । अनि पछाडि फर्केर, त्यहि ढोकामा अढेस लागेर उभिए ।

कोठा यता उता हेरेको, सबै कुरा आफ्नै ठाउँमा थिए । टेबलमा प्रकाश र मेरो बिहेको फोटो त्यसरि नै बसेको थियो । टेबल क्लथको फुल फुलेकै थियो । प्रकाशले जितेका मेडल र मैले जोहो गरेका सजावट सोकेशमा सजिएका नै थिए । भित्ता मा सजाएकि जेसिका अल्बा हासेकै थिइन् । तर म भने, कता कता अर्कै भएकि थिए । कुनै युद्धबाट न जित न हार का साथ फर्केको योद्धा जस्ति । न गर्व आफु सित, न अथाह ग्लानि ।

मैले मन थाम्न सकिन । त्यसै रुन आयो । आखाँ सबै भिजें । गहिरो सास लिए । आँसु आफै बगि रहे । मैले पुछिन, बगिरहे । प्रकाश कहिले आउनुहुन्छ जस्तो भयो । दौडेर वहांको अंगालो मा बाधिन मन लाग्यो । मलाई त्यो पलमा श्रीमानको साथ र सुरक्षा एकदमै miss भयो । आशु बगि रहे । बगि नै रहे ।

निकै बेर चुप चाप रोए, आफै संग । उ प्रकाशको स्कुल देखिको साथी । हाम्रो बिहे पछि, काठमाण्डौ आएर, उसलाई भनेर बिशेष रुपमा खाना लाई बोलाएका थियौ । हासि, रहने । मजाकिया मान्छे । प्रकाशको साथी, म पनि उ संग comfortable भएर नै कुरा गर्थे । प्रायः जसो हाम्रो मा आई रहन्थ्यो । कहिले खालि हात त कहिले के लिएर ।

‘भाउजु, मलाई तपाईकि बहिनि छन् भने मिलाई दिनु न ।‘ उसको बिहेको कुरा सुरु गर्यो कि भनि हाल्थो । उ छिट्टै बिहे गर्ने तरखरमा थियो । प्रकाश उलाई सधै जिस्काईरहन्थ्यो । उ हाम्रो परिवारकै जस्तो भएको थियो । हुन पनि, काठमाण्डौमा आफन्त नभएकाले होला, उ नै आफन्त जस्तो थियो ।

प्रकाश १५ दिनलाई china जानु पर्ने भयो । म काठमाण्डौमा एक्लै हुने भए ।

‘चितवन जान्छौ त ?’ वहांले नसोध्नु भएको पनि होईन । माईत जान पनि मन लागेन । किन किन मलाई यहि डेरा आफ्नो लाग्छ ।

‘होस, स्कुलमा छुट्टि पनि छैन । तपाई फर्के पछि जाउँला, उता बुटवल पनि जानु छ ।‘ शायद यस्तै भनेकि थिए त्यो बेला। मेरो भनाई खुरुक्क मान्नु भएको थियो ।

प्रकाश जाने दिन उ पनि आएको थियो ।

‘यसो भाउजुलाई साह्रो गाह्रो पर्ला, कहिले काहिं आईदे है !’

‘भन्नु पर्दैन नि, यार’ मुसुक्क हासेर उसले प्रकाशलाई भनेको थियो ।

प्रकाशले पुगेर फोन गर्नु भएको थियो । वहां बिना डेरा शुन्य शुन्य लाग्यो । बरु चितवन गएकि भए पनि हुने रैछ । यति बेला फिल भयो । तर बसि हाले, आऽऽ १५ दिन त हो नि । यस्तै सोचेकि थिए ।

बुटवल तिर बाट बुवाले यति नै बेला चामल पठाउनु पर्ने । बुहारि एक्लै छ भने पछि त एसो कुरा बुझ्नु नि । कस्तो हतारो परेको । बुवालाई मन मनै गालि गरे । लिन जाने मान्छे थिएन । कसलाई भन्ने ।

सजिलो उ नै थियो । उसलाई नै phone गरे । उसैले कलंकि गएर चामल ल्याईदियो । अचारका सिसि र घ्यु । आमाले आफै बनाउनु भएको । उ त्यो दिन हतार छ भन्दै चिया पनि नखाई फर्केको थियो । प्रकाशले फोन गर्दा मैले सबै कुरा बताएको थिए ।

‘शनिबार खाना खान बोलाउनु नि । साथि पनि हुन्छ, तिमीलाई ।‘ राम्रै लागेको थियो , वहाँको सल्लाह ।

‘पर्सि शनिबार, बिहानको खाना खान आउनु है, म पनि एक्लै छु।“ बिचरो कति एक्लै पकाएर खाओस भनेर मैले फोन बाट निम्तो दिएकि थिए ।

आज, सधै जसो बिहानको काम गरे । चोक बाट मासु लिएर आँए । अलि टाढाको भाई थियो, आउँछ कि भनेर फोन गरेको, exam छ भनेर नआउने भयो । यता उताका काम गर्दा गर्दै १० बजिसकेको थियो । शनिबार किन घडि छिटो चल्छ र हात ढिला, म कहिले थाहा पाउँदिन । उ आई पुगेको थियो, साढे १० नबज्दै । म चामल पखाल्दै थिए ।

‘लौ, खान भनेको त पकाउन पो बोलाउनु भएको रहेछ ।‘

उ पनि भान्सामा नै बस्यो । म हस्याङ फस्याङ गरि रहेकि थिए । उ पछाडि डाईनिंङ कुर्सीमा बसेको थियो । हाम्रो भान्सा सांघुरो छ । काम गर्न यता उता गर्दा उसलाई छोई रहन्थ्यो । झन, त्यो डाईनिङ नि पल्लो छेउमा राखेको लसुन लिन लम्कदा, उसलाई मज्जाले छोईयो, मेरो छातिले । मेरो होसै भएन । उ आफै उठ्यो । मलाई अफ्ठ्यारो लाग्यो ।

‘अनि भाउजु कि बहिनिहरु भेट्टिनन् ? म त बहिनिहरु पनि आउलान जस्तो लागेको थियो, आज ।’ उ अझै मजाक मा थियो ।

‘specification दिनु पर्यो नि, कति सम्म कालि चल्छ, कति सम्म मोटि चल्छ ?’ म भन्दै थिए ।

‘तपाई कै photocopy गरेर दिनु न spec.।’ उ सधै यसरि नै छेड हान्थ्यो ।

म आफ्नै तालमा काम गर्दै थिए,याद नै नगरि यसो पछाडि फर्केको, उसको छातिमा पो ठोक्किए । कस्तो अफ्ठयारो लाग्यो । उ कति बेला कुर्सि बाट उठिसकेको रहेछ ।

‘म पनि सघाउनु पर्यो ।‘

‘पर्दैन, म गरि हाल्छु नि ।‘

‘ल म मासु काटि दिन्छु ।‘ यति भनेर उ मासु काट्न थाल्यो ।

म अरु खत्र्याक खुत्रुक तिर लागे । खाना बसाई सकेकि थिए, राईस कुकरमा । तरकारि पहिले नै केलाई सकेकि थिए । त्यो बसांए । उसले मासु काटि सकेको रहेछ । त्यो पनि बसाए । बिच बिचमा हल्का फुल्का गफ हुदै थिए ।

मैले उसलाई एसो हेरेको

‘छिऽऽऽऽऽऽ‘ निधारमा मासु लागेको रहेछ । उसले आफै फाल्न खोज्यो, भेट्टाएन । मैले आफ्नै हातले निकालि दिए । ‘जानुस बाथरुममा मुख धुनुहोस् ।‘

उ चिसो मुख लिएर फर्कयो । मैले टोवल दिए । उसले मुख पुछ्यो ।

‘अब, राम्रो भए ?’

‘ह्यन्डसम’ हामी दुबै हास्यौ ।

मैले त्यति बेला सम्म अचार पनि बनाई सकेकि थिए ।

‘सबथोक रेडि ?’

‘रेडि’

‘धेरै भोक लाग्यो कि क्या हो?’

‘कति लाग्यो, लाग्यो नि’

फेरि हासेका थियौ ।

मैले भाँडा मोलिन । त्यसै बेसिनमा राखिदिए । हामी टिभि खोलेर बस्यौ । उहि साधारण गफ भए । कहिले म उलाई पेच हानथे कहिले उ मलाई जिस्काउथ्यो ।

‘फोटो, हेरौ न’

Time pass गर्न उसले नै माग गर्यो ।

म एल्बम लिएर आए । म बिहे का फोटो देखाउँदै गए । उ हेर्दै गयो । म मेरा माईति का मान्छे उसलाई चिनाउदै थिए । उ घरि म तिर हेर्थ्यो घरि एल्बम तिर ।

एल्बम हामी दुबैले समातेका थियौ । बेला बेला मा हात छोईन्थ्यो । शुरु शुरु मा उसले हात हटाए पनि, पछि पछि हटाउन छोडेको थियो । उ कम कम बोल्न थालेको थियो ।

अब एल्बम देखाउँदा देखाउँदै मलाई अल्छि लाग्न थालि सकेको थियो । शायद अल्छि भन्दा बढि अफ्ठ्यारो । मैले उसले हेरेको एल्वम उसलाई नै छोडेर अर्को एल्वम हात मा लिए ।

उ घरि घरि मलाई हेर्दै थियो । मलाई भने हरेक पटक उसलाई हेर्न गाह्रो लाग्दै गईरहेको थियो ।

‘चिया खाउँ न त’ उसले म तिर हेरेर भनेको थियो ।

‘कति बेला जान्छ जस्तो भई सकेको थियो । त्यहि भएर चिया थोरै मात्र पकाए ।

चिया लगेर टेवल मा राखेर बसेकि मात्र के थिए । एक टक ले म तिर हेर्यो र भन्यो

‘भाउजु, चाहिन्छ भने भनौं है ।“
साहित्यसंग्रह डट कमबाट

1193 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janamat health right side janta bank janata bank