कारोबार सुरु भएको ४० मिनेटमा नै सर्किट ब्रेक

सोमवार, मंसिर १३, २०७३



काठमाडौँ, १३ मङ्सिर । नेपाल स्टक एक्स्चेन्जले सेयर कारोबार अस्वाभाविक रुपमा घटेपछि आज पुनः सर्किट ब्रेक लगाएको छ । कारोबार सुरु भएको ४० मिनेटमा नै नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेपछि स्टकले ब्रेक लगाएको हो ।

नेप्सेका अनुसार कारोबार सुरु हुनेबित्तिकै ५२ दशमलव ७६ बिन्दुले परिसूचक घटेको हो । आइतबार दुईपटक ब्रेक लागेको नेप्से परिसूचक आज पनि कारोबार सुरु हुने बित्तिकै ब्रेक लागेको हो । सबै समूह घटेपछि कारोबार बन्द गर्नुपरेको हो । एक हजार ४६८ बिन्दुमा रहेको परिसूचक घटेर एक हजार ४१६ बिन्दुमा पुगेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata