स्थानीय तहको उपनिर्वाचनका लागि मनोनयन दर्ता आज

बुधबार, कार्तिक २७, २०७६



काठमाडौं । स्थानीय तहका रिक्त पदमा हुने उपनिर्वाचनका लागि आज(बुधबार) मनोनयन दर्ता हुदैछ । निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचनको कार्यतालिकाअनुसार १४ मंसिरमा रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगले जनाएअनुसार  बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । तोकिएको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गर्न सकिनेछ ।

एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाअध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । १४ मंसिरमा नै हुने प्रदेश र संघीय संसदको उपनिर्वाचनका लागि भने मनोनयन दर्ता भएर अन्तिम नामावली प्रकाशित भइसकेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata