प्रदेश ५ मा आज सरकार गठन हुँदै, केन्द्रकै सरकारकै शैलीमा सपथ

बिहिबार, फाल्गुन ३, २०७४



बुटवल । प्रदेश ५ मा आज सरकार गठन हुँदैछ । मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता शंकर पोखरेलले सपथ लिएपछि तीन सदस्यीय मन्त्रिपरिषद गठन हुनेछ । बुधबार पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झाले संविधानको धारा १६८ को उपधारा २ अनुसार पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनलाई माओवादी केन्द्रका २० सांसदको समर्थन छ । प्रदेशका ८७ सांसदमध्ये एमालेका मात्र ४१ छन् ।

एकल बहुमत नभएकाले एमाले र माओवादी गठबन्धनले संयुक्त सरकार गठनका लागि आग्रह गर्दै माघ २८ गते प्रदेश प्रमुखसमक्ष पत्र दर्ता गरेका थिए । मुख्यमन्त्रीको सपथग्रहण भने आज बिहीबार प्रदेश प्रमुखको निवास रहेको सडक डिभिजन कार्यालय परिसरमा हुनेछ । केन्द्रमा शीतल निवासमा सपथ हुने भएकाले त्यही अभ्यास स्वरुप निवासमा सपथ गराउन लागेको प्रदेश प्रमुख उमाकान्त झाले नेपालपाटीलाई जानकारी दिए ।

मुख्यमन्त्रीमा नियुक्ति भएलगत्तै पोखरेलले बिहीबार नै ३ सदस्यीय मन्त्रिमण्डल गठन तयारी गरेका छन् । मन्त्रिमण्डलमा एमालेबाट नवलपरासीका बैजनाथ चौधरी र माओवादीबाट संसदीय दलका नेता कुलप्रसाद केसीको सम्भावना छ । मुख्यमन्त्री नियुक्तिसँगै प्रदेश ५ को सभामुखमा पूर्णबहादुर घर्ती निर्विरोध चयन भएका छन् । माओवादीबाट पूर्वी रुकुमको प्रदेश क बाट निर्वाचित घर्तीले बुधबार नै प्रदेश प्रमुख उमाकान्त झाबाट देश र जनताका नामबाट सपथ लिए ।

204 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank