दोस्रो बैठकमा नै १६ सांसद गयल

मङ्लबार, फाल्गुन १, २०७४



काठमाडौं । प्रदेश २ को प्रथम अधिवेशनको दोस्रो बैठकमा १६ जना सांसद अनुपस्थित भएका छन् । संघीय समाजवादी फोरमका विजयकुमार यादव, माओवादीका रामचन्द्र मण्डल सहित बैठकमा १६ जना सांसद सहभागी भएनन् ।

बैठकमा १६ जान सांसद अनुपस्थित भएको संसद सचिवालयले जनाएको छ। १० मिनेटसम्म चलेको बैठक खासै महत्वपूर्ण नभएर सांसदहरु सहभागी नभएको हुसक्ने सचिवालयका कर्मचारीले बताए।

प्रदेश २ को दोस्रो दिनको बैठकको दृश्य पहिलो दिन भन्दा व्यवस्थित थियो। प्रदेशसभा परिसरमा मर्यादापालक पुरुषले दौरा, सुरुवाल, कोट र महिलाले सारी चोलो लगाएको दृश्यले सभास्थल पहिलो दिन भन्दा व्यवस्थित देखियो।

प्रथम बैठकमा सहिदको तस्बिरको विषयमा केहिबेर अबरुद्ध भएकोले सोमबारको बसेको दोस्रो बैठकमा मधेस आन्दोलनमा सहिद भएकाहरुको तस्बिर राखिएको थियो। दिउँसो १ बजे बोलाइएको बैठक १ बजेर ५५ मिनेटमा सुरु भएको थियो। १० मिनेटसम्म सञ्चलन भएको बैठकबाट कार्य व्यवस्था नियमावली पारित भएको छ। कान्तिपुरबाट

69 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank