प्रदेश शक्ति बिनाको संरचना, लौरो छ टेक्न पाइएन

बिहिबार, कार्तिक २२, २०७५



काठमाडौं । प्रहरी छ तर परिचालन गर्न पाइएन  । सिडियो पनि छन् तर प्रशासनिक योजना बनाउन सकिएन । प्रदेश सरकारले अहिले केन्द्र सरकारसँग यस्तै गुनासा गरिरहका छन् । प्रदेशको आन्तरिक सुरक्षा प्रदेश सरकारको जिम्मेवारी भए पनि उनीहरुले त्यो भूमिका प्रयोग गर्न पाएका छैनन् ।

प्रयोग गर्न नपाएपछि प्रदेश नम्बर २ सरकारले फेरि लिखित पत्र नै संघिय सरकारलाई पठाएको छ ।

संघीय सरकारले संघीयता कार्यान्वयन सम्बन्धी कानुन निर्माणमा चासो नदेखाउँदा ससाना विषयमा पनि केन्द्रकै मुख ताक्नुपर्ने अवस्था रहेका प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए । उनले प्रहरी परिचालनको अधिकार प्रदेशमा नभएकाले चाडबाडमा समस्या हुने बताए ।

दैनिक शान्ति सुरक्षा र प्रशासनिक व्यवहारको काम प्रदेश सरकारको हो । तर संघीयतामा गए पनि सुरक्षा मामिलामा प्रदेश सरकारहरुलाइ कुनै अधिकार छैन । प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख प्रदेश सरकारप्रति नभइ संघीय सरकारप्रति बफादार छन्, जसले सुरक्षा सम्बन्धी जानकारी संघीय सरकारलाइ बुझाउँछन, संघकै खटनपटनमा चल्छन् ।

प्रदेश सरकारले आफ्ना कुनै नीति नियम ल्याउँदा पनि कार्यान्वयन गर्न सक्ने स्थिति नरहेको बताउने गरेका छन् ।

संघीय सरकारले प्रहरीसम्बन्धी छाता ऐन नल्याउँदै प्रदेश दुइले प्रहरी ऐन जारी गरेको थियो । अहिले केन्द्रको आग्रहमा स्थगनमा छ ।p}

207 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank