प्रदेश ७ को प्रदेश आर्थिक कार्यविधि विधेयक २०७४ स्वीकृत

बिहिबार, चैत्र १५, २०७४



धनगढी । प्रदेश ७ को आज बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश आर्थिक कार्यविधि विधेयक २०७४ स्विकृत गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकले आर्थिक कार्यबिधि स्वीकृत गरेको आर्थिक मामिला तथा कानुनमन्त्री एबं सरकारका प्रवक्ता प्रकाश शाहले जानकारी दिए ।

प्रदेश सभामा पेश गर्नका लागि तयार पारिएको प्रदेश आर्थिक कार्यविधि विधेयक २०७४ स्विकृत भएको प्रवक्ता शाहले जानकारी दिए ।  बैंठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको नयाँ विनियोजित विधेयक, सार्बजनिक खरिद ऐन विधेयकमा पनि सैद्धान्तिक स्वीकृत गरेको छ ।

बैठकले आर्थिक मामिला एबं योजनामन्त्री झपट बोहोराले प्रस्तुत गरेको अल्पकालिन बजेट सम्बन्धी कार्यपत्र पनि स्वीकृत गरेको प्रवक्ता शाहले बताए । प्रदेश ७ को यहि २५ गते भित्र बजेट ल्याउने तयारी गरिएको जनाइएको छ ।

त्यस्तै प्रदेश ७ का मुख्य न्यायधिवक्ताको सेवा सुविधा तोक्ने विषयमा पनि मन्त्री परिषदको बैंठकले निर्णय गरेको छ । प्रदेश ७ को मुख्य न्यायधिवक्तामा कुलानन्द उपाध्याय नियुक्त भएका छन् । उपाध्यायले बुधबार पदभार ग्रहण गरिसकेका छन् ।

90 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank