प्रदेश नम्बर ५ को नाम लुम्बिनी र राजधानी तिलौराकोट !

मङ्लबार, मंसिर १८, २०७५



कपिलबस्तु । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश नम्बर ५ को नाम लुम्बिनी र राजधानी तिलौराकोट राख्दा हुने सुझाव दिएका छन् । उनले खुला रुपमा नाम लुम्बिनी र राजधानी तिलौराकोट राख्दा ठीकै हुने सुझाव दिएका हुन् ।

कपिलवस्तुमा मंगलबार १०औं कपिलवस्तु महोत्सव उद्घाटनपछि सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले इतिहास जोडिएकोले प्रदेशको नाम लुम्बिनी राख्दा फरक नपर्ने बताए । उनले रुपन्देही, कपिलवस्तु र नवलपरासी एउटै सहर हुने भएपछि राजधानी पनि तिलौराकोट राखिएमा आपत्ति गर्नुपर्ने कुरा नरहेको बताए। तर, नाम र राजधानीमा आफ्ना् भूमिका नरहेको र दवाव पनि दिन नसक्ने उनले बताए ।

195 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank