प्रदेश ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको सजाय माग

मङ्लबार, चैत्र १३, २०७४



हेटौँडा । प्रदेश नं ३ को आज बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरे । बैठकको अध्यक्षता सभामुख सानुकुमार श्रेष्ठले गरेका थए ।

आजको विशेष समयमा बोल्ने नौजना सांसदले भूकम्पपीडितका समस्या र प्रदेश राजधानीको स्थान र नामकरणका विषयलाई समेत उठान गरे ।

नेपाली काँग्रेसका सांसद जीवना डंगोलले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिन माग गरे । उनले भने,“बालिका बलात्कार जस्तो अमानवीय क्रियाकलाप गर्ने अपराधीलाई मृत्युदण्डको सजाय हुनुपर्छ ।”

उनले नेपालमा पछिल्लो समयमा सांस्कृतिक विचलन बढेको भन्दै चिन्तासमेत व्यक्त गरे । उनले राजधानी तोक्ने विषयलाई समेत चाँडै टुंगो लगाउन आग्रह गरे ।

राप्रपाका सांसद रीता माझीले गाई काट्न हुन्छ भनी सञ्चार माध्यममा आएको विषयमा सदनको ध्यानाकर्षण गराइन् । माझी र नेपाली काँग्रेसका सांसद बलराम पौडेलले यस विषयमा उपसभामुख राधिका तामाङबाट जवाफको माग गरेका थिए ।

125 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank