प्रदेश २ मा तत्काललाई दौरा सुरुवाल र सारी चोलो लगाउने

मङ्लबार, फाल्गुन १, २०७४



काठमाडौं  ।  २ नम्बर प्रदेशको प्रदेश सभा बैठकका मर्यादापालकले तत्काललाई दौरा सुरुवाल र सारी चोलो नै लगाउने भएका छन् । कार्य व्यवस्था परामर्श समितिको बैठकले तत्काललाई दौरा सुरुवाल र सारी चोलो नै लगाउन दिने निर्णय गरेको हो ।

जेष्ठ सदस्य लगनलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले दीर्घकालीनरुपमा भने मर्यादापालक पुरुषका लागि सफारी सुट र महिलाका लागि सारी चोलोको व्यवस्था गर्ने निर्णय गरेको छ।

बैठकले १५ सदस्यीय नियमावली मस्यौदा समिति गठन गर्ने, सभामुख निर्वाचनका लागि १ बजे कार्यतालिका प्रकाशन गर्ने र चैत ६ गतेभित्र सम्पत्ति विवरण बुझाउने निर्णय गरेको छ। कान्तिपुरबाट

186 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank