प्रदेश २ : प्रत्येक सांसदलाई १०/१० लाख

बुधबार, बैशाख १२, २०७५



काठमाडौं  । प्रदेश २ काे सरकारले चालू आर्थिक वर्षको बजेट प्रस्तु्त गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री(अर्थ मन्त्री) विजयकुमार यादवले चालू आवको लागि १ अर्ब २ करोड ५७ लाखको बजेट प्रस्तुत गरेका छन् ।

प्रदेश सभामा मंगलबार प्रस्तुत गरिएको बजेटमा संसद विकास कोष अन्र्तरगत प्रत्येक सांसदलाई १०/१० लाख रुपैयाँको दरले उपलब्ध गराउने उल्लेख गरिएको छ । ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान’का लागि ८० लाख बजेट छुट्याइएको छ ।

त्यस्तै कृषि क्षेत्रमा ९ करोड र मुख्यमन्त्री राहत कोषको लागि २ करोड बजेट बिनियोजन गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री यादवले बजेट प्रस्तुत गरेपछि प्रदेश सभामा त्यसबारेमा छलफल भइरहेको छ । अन्नपूर्णपोष्टबाट

92 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank