शेरधन राईले आज मुख्यमन्त्रीको कार्यभार सम्हाल्ने

बिहिबार, फाल्गुन ३, २०७४



बिराटनगर । प्रदेश नम्बर १ मा शेरधन राईले आज मुख्यमन्त्रीको कार्यभार सम्हाल्ने भएका छन् । राई १ को मुख्यमन्त्रीमा बुधवार नियुक्त भएका छन् । प्रदेश प्रमुख गोविन्दवहादुर तुम्बाहाङले राईलाई मुख्यमन्त्रीको नियुक्तिको पत्र दिए । संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम संसदमा बहुमत प्राप्त दलको नेता राईलाई प्रदेश प्रमुख गोविन्दवहादुर तुम्बाहाङले नियुक्त गरेका हुन्। एमाले संसदीय दलमा भीम आर्चायलाई २ मतान्तरले पराजित गर्दै राई दलको नेता चुनिएका थिए। राईलाई माओवादी केन्द्रको समेत समर्थन छ।

प्रदेश कार्यालयले बिहीबार ३ बजे वीरेन्द्र सभागृहमा मुख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रम राखेको छ। प्रदेश प्रमुख गोविन्दवहादुर तुम्बाहाङले राईलाई सपथ खुवाउने छन्। बिहीबार नै पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ।

135 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank