अन्तरिक्षयानकोे दोस्रो परिक्रमा शुरु,अप्रिल ४ मा सुर्यको नजिक पुग्ने

बुधबार, माघ १६, २०७५



एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान पार्कर सोलार प्रोबले सूर्यको कक्षमा आफ्नो यात्राको पहिलो परिक्रमा पुरा गरेको छ ।

नासाले जनाए अनुसार प्रस्तावित २४ परिक्रमाको दोस्रो यात्रा शुरु गरेको छ । १२ अगष्ट २०१८ मा प्रक्षेपित कार आकारको अन्तरिक्षयान यस दौरान सुर्यको ३८ लाख मिल टाढाको यात्रा तय गर्दैछ ।

आगामी अप्रिल ४ मा यो यान सूर्यको सबै भन्दा नजिक पुग्ने छ । आफ्नो अभियानमा अन्तरिक्षयानले २४ परिक्रमा पूरा गर्ने क्रममा वैज्ञानिकहरुको निम्ती आवश्यक सुचना नासालाई उपलब्ध गराउने छ ।

जोन होपकिन्स युनिर्भसिटीको अप्लाईड फिजिक्स लेब्रोटरी परियोजना प्रवन्धक एन्ड्री ड्राइसम्यानले जनाए अनुसार, अन्तरिक्षयानको पहिलो परिक्रमा सानदार रहेको थियो ।

सबै कुरा योजना अनुसार ठिक ठाक चलिरहेको अन्तरिक्षयानको कार्य प्रणाली र परिचालनले धेरै कुरा सोचे अनुसार नै भइरहेको छ । सौर्य पर्यावरणको बारेमा नयाँ जानकारी पठाइरहेको यस यानले पृथ्वीमा पठाइएको १७ गेगाबाइट आंकडा डाउनलोड गरिएको नासाले जनाएको छ ।

सबै आंकडा अप्रिल सम्म प्राप्त हुने छन् । अन्तरिक्षयानमा जडान ४ वटा उपकरणबाट वैज्ञानिकहरुले सूर्य सँग जोडिएको भौतिक प्रश्नहरुको जवाफ प्राप्त हुने छ ।

अन्तरिक्षमा सौर्य पदार्थ र कणहरु अत्यन्त तिब्र गतिमा कसरी फैलियो ? सूर्यको कोरोनाको सतह किन अत्यधिक तातो हुन्छ ? वैज्ञानिक यिनै सवालको जवाफ पत्ता लगाउन लागि परेका छन् ।

दोस्रो परिक्रमा रहेको यान १५ लाख मिल टाढा पुग्दा वैज्ञानिकका धेरै सवालको हल हुने जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata