सोलेमानीको अन्त्येष्टि सभामा भागदौड मच्चिदा ४० को मृत्यु, ४८ घाइते

मङ्लबार, पुस २२, २०७६



एजेन्सी  । इरानमा कुसाम सोलेमानीको अन्त्येष्टिका क्रममा भागदौड हुँदा कम्तिमा ४०  जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् । कर्मन सहरमा भएको अन्त्येष्टिका क्रममा लाखौं मानिस सहभागी थिए ।

भीड अनियन्त्रित  भई  भागदौड मच्चिदा घटना भएको बताइएको छ । स्थानीय मिडियाका अनुसार लाखौं मानिस सोलेमानीको अन्त्येष्टिमा सहभागी छन् ।

इरानी कुद्स फोर्सका कमाण्डर सोलेमानी गत शुक्रबार अमेरिकी आक्रमणबाट इराकमा मारिएका थिए । मंगलबार उनको अन्त्येष्टिको क्रममा सहभागी मानिस चिच्याउँदै र भाग्दै गरेको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल बनेको छ ।

भिडियोमा देखिए अनुसार कर्मन सहरको अधिकांश भाग सोलेमानीका मलामीहरुले ढाकिएको छ । सोलेमानीको शवका अघि उभिएर इरानी नेता अयोतल्याह खमेनीले आँशु चुहाएका थिए ।

यस्तै सोलेमानीकी छोरीले शोकसभालाई सम्बोधन गर्दै अमेरिकालाई चेतावनी समेत दिएकी थिइन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments