निलम्बित एसपी विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परिक्षण

बिहिबार, भदौ २८, २०७५



काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको छानबिन अनुसन्धान नयाँ मोडमा पुगेका छ । अनुसन्धान छानविनमा संग्लन उच्च प्रहरी अधिकारीतर्फ नै सोझिएको छ । प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी डिल्लीराज विष्टको डीएनए परीक्षणका लागि रगतको नमूना संकलन गरेको छ ।

प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले निलम्बित एसपी विष्ट, उनका छोरा किरण र कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको रगतको नमुना संकलन गरिएको जानकारी दिए।

यसरी संकलित नमुना डीएनए प्रोफाइलिङ गर्नका निम्ति प्रहरीको फरेन्सिक ल्याबमा पठाइसकिएको छ। संसद र सडक दुवैतिरबाट दोषी पत्ता लगाउन दबाब बढिरहँदा प्रहरीले जनस्तरबाट उठेका सबै आशंका मेटाउन प्रयास गर्ने तयारी गरेको छ ।

307 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank