श्रीलङ्कामा तीन दिनसम्म कर्फ्यु आदेश

शुक्रबार, चैत्र ७, २०७६



एजेन्सी । श्रीलङ्कामा शुक्रवार साँझदेखि कर्फ्यु आदेश जारी गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै श्रीलङ्का सरकारले शुकबार साँझ देखी सोमबार बिहान ६ बजे सम्मका लागि कर्फ्यु आदेश जारी गर्ने भएको हो ।

आगामी वैशाख १३ गते तय भएको संसदीय चुनाव स्थगित गरिएको भोलिपल्ट सरकारले कर्फ्यु लगाउन आदेश जारी गरेको थियो । यसअघि राष्ट्रपति गोताबाया राजपक्षले चुनाव सार्नुको पछाडि कुनै कारण नभए पनि कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिने डरले चुनाव सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो समय श्रीलङ्कामा कोरोनाबाट ६० जना सङ्क्रमित भएका थिए । सङ्क्रमित मध्य ३ जना उपचारपछि निको भएका र अहिले ५७ जना उपचाररत रहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments