श्रीलंकाका राष्ट्रपति सिरिसेनाले मागे प्रहरी प्रमुख र रक्षा सचिवको राजीनामा

बिहिबार, बैशाख १२, २०७६



काठमाडौं । गत आइतबार श्रीलंकाका चर्च र होटलहरुमा भएका श्रृंखलावद्ध बम विष्फोट हुँदा ३ सयभन्दा बढीको मृत्यु भएको थियो । प्रहरी प्रमुख र रक्षा सचिवले बम आक्रमण हुँदैछ भन्ने पूर्वसूचना पाएका थिए । तर सरकारलाई जानकारी दिएनन् ।

तत्पश्चात  राष्ट्रपति सिरिसेनाले कठोर कदम चाल्दै प्रहरी प्रमुख र रक्षा सचिवको राजिनामा माग गरेका छन् । बम आक्रमण हुँदैछ भन्ने पूर्वसूचना पाएर पनि सरकारलाई जानकारी नदिइएको आरोपमा श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले रक्षा सचिव हेमासिरि फर्नान्डो र प्रहरी प्रमुख पुजिथ जयसुन्दरालाई राजिनामा दिन  माग गरेका हुन् ।

बम आक्रमणपछि अनुसन्धानकर्ताहरुले १० दिन अगाडि नै गुप्तचरहरुले बम आक्रमणको योजना बनेको पूर्व सूचना दिएको थाहा भएको थियो । समाचार एजेन्सी रोयटर्सले स्रोतलाई उद्धृत गर्दै लेखेको समाचार आरोपिद्वयले राजीनामा दिए-नदिएको भने खुलेको छैन ।

गत मंगलबार राष्ट्रिय शोक मनाउने क्रममा सम्बोधन गर्दै राष्ट्रपति सिरिसेनाले यस्तो जघन्य अपराधमा जो जिम्मेदार भए पनि उसलाई सजायँ दिने घोषणा गरेका थिए ।यो आक्रमणपछि देशको सुरक्षा व्यवस्था र गुप्तचर निकाय विफल भएको टिप्पणी गर्दै उनले सुरक्षा निकायका प्रमुख परिवर्तन गर्ने बताएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank