दोस्रो हारसँगै श्रीलंका एसिया कपबाट बाहिरियो

मङ्लबार, अशोज २, २०७५



दुवई । एसिया कप २०१८ मा श्रीलंकाले लगातार दोस्रो हार ब्यहोरेको छ । सुरुवाती खेलमा बंगलादेशसँग १३७ रनले हारेको श्रीलंका सोमबारको खेलमा अफगानिस्तानलाई हराउँनैपर्ने दवावमा थियो ।

टस जितेर ब्याटिङ गर्न मैदान ओर्लेको अफगानिस्तानले श्रीलंकासामु ५० ओभरमा सवै विकेट गुमाउँदै २४९ रन बनाउन सफल भयो । श्रीलंकाको निम्ति सामान्य लाग्ने २५० रनको लक्ष्य पछ्याउन मैदान ओर्लेको श्रीलंका ४१.२ ओभरमा केलव १५८ रन बनाउँदै अल आउट हुन पुग्यो ।

यसअघि अफगानिस्तानको ब्याट्सम्यानहरू रहमत शाह ७२, मोहम्मद शहजाद ३४, हसनाउल्लाह ४५ र हसमथुल्लाहले ३७ रनको योगदान दिएका थिए । प्लेयर अफ दि म्याच रहमत शाह चुनिएको उक्त म्याचको असफलतासँगै श्रीलंका एसिया कप २०१८ बाट बाहिरिएको छ ।

ग्रुप बी अन्तर्गत बंगलादेश, अफगानिस्तान, श्रीलंका र ग्रुप ए मा पाकिस्तान, भारत र हङकङले सहभागिता जनाइरहेको एसिया कपमा आज भारतले हङकङसँग खेल्नेछ ।

171 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank