श्रीलंका आक्रमण: सुरक्षा कारवाहीमा १५ जना मारिए

शनिबार, बैशाख १४, २०७६



कोलम्बो । ‘इस्टर सण्डे’को दिन श्रीलंकामा श्रृंखलाबद्ध आक्रमण भयो । तीन चर्च र तीन होटेलमा भएको आक्रमणमा २५३ मानिसको मृत्यु भएको थियो भने ५ सयभन्दा बढी घाइते भएका थिए ।

आक्रमणपछि देशकको सुरक्षा बलले राष्ट्रव्यापी ‘सर्च अप्रेसन’ चलाइरहेको छ । उक्त सुरक्षा कारबाहीका क्रममा श्रीलङ्कामा १५ जना मारिएका छन् ।  सुरक्षा अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार शुक्रबार राती भएको सुरक्षा कारबाहीमा परी मारिनेमा छ जना बालबालिका र तीन जना महिला समेत रहेका छन् ।

शंकास्पद व्यक्तिहरु लुकेर बसेको सूचनाका आधारमा सुरक्षाकर्मीहरुले घेराहालेर आक्रमण शुरु गरेपछि दोहोरो भिडन्त भएको प्रहरीले जनाएको छ ।घटनास्थलबाट प्रहरीले शनिबार विहानै शव उठाएको छ ।

श्रीलङ्काको प्रहरी र सेनाले संयुक्त रुपमा सुरु गरेको खोजी तथा कारबाही अभियान आइएस लडाकूको बढी प्रभाव रहेका भनिएका क्षेत्रमा बढी केन्द्रित गरिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

सुरक्षा कारबाहीका क्रममा अहिले सम्म सुरक्षाकर्मी तर्फ भने कुनै मानवीय क्षति नभएको प्रहरीले दाबी गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata